ट्रेंडिंग:

>> हङकङसँगको खेल वर्षाले प्रभावित हुँदा नेपाल फाइनलमा >> विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध >> बुटवलमा युनिक डेन्टलको तेस्रो शाखा >> बुटवलबाट पाल्पा तर्फ आउँदै गरेको कार सिद्धार्थ राजमार्गमा पुरियो >> निःशुल्क स्वास्थ्य शिविरमा आठसय भन्दा बढीले सेवा लिए >> शिक्षकका माग पूरा गर्न समाजवादी मोर्चाको आग्रह >> रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट >> एन्जिला चलचित्र किन हेर्ने ? >> सामाजिक सञ्जाल दर्ता नभए बन्द हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> दस्तावेजीकरणको लागि थारुहरूको अध्ययन गर्दै: थारु आयोग >> टी–२० शृङ्खलाको लिग चरणको अन्तिम खेलमा आज नेपाल हङकङसँग खेल्दै >> अरब सागरबाट जलवाष्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षा हुने >> रुपन्देही क्रिकेट एकेडेमी र नवज्योती विजयी >> घरआँगनमै निःशुल्क स्वास्थ्य सेवा, स्थानीय हर्ष  >> नेपालमा स्थायी सरकारका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आवश्यक–महामन्त्री शर्मा >> लुम्बिनी प्रदेशका ६ जिल्लामा वन व्यवस्थापन कार्यक्रमको अनुगमन >> १० तस्विरमा एमालेको जागरण सभा >> सिम्रिक फाईनलमा >> तिलोत्तमामा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसीप हुँदै >> प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता बैंशाख २१ गतेदेखि >> वैदेशिक रोजगारलाई अझै मर्यादित र व्यवस्थित बनाउन जरूरी छः श्रममन्त्री भन्डारी >> दुर्गा प्रसाई माथि अनुसन्धान गर्न १२ दिनको म्याद थप >> एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन्ः प्रधानमन्त्री ओली >> तीनकुने घटनामा न्यायिक छानविन समिति गठनको आवश्यकता छैन् : गृहमन्त्री लेखक >> बर्षाले साढे ५ करोड बराबरको ईट्टा नोक्सान >> पत्रकार महासंघ बाँकेले मानव अधिकार आयोगलाई ज्ञापनपत्र बुझायो >> दाउन्नेमा जाममा परेका गाडीहरू चल्न थाले >> पूर्वराजा ज्ञानेन्द्रलाई संसद समितिमा बोलाउन कांग्रेसको प्रस्ताव >> नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जागरण सभा २०८१ >> भक्तपुरमा बिस्काः जात्राको दोश्रो दिन, रथयात्रामा भक्तजनको घुइँचो >> दुर्गा प्रसाईंलाई पक्राउ गरी काठमाडौं ल्याइयो >> आन्दोलनमा उत्रिएका शिक्षकहरू र शिक्षा मन्त्रालयबीच आज पनि वार्ता हुने >> सुनको भाउ फेरि आकासियो, तोलामा ३,९०० रुपैयाँले उचालिँदै ऐतिहासिक कीर्तिमान >> शिशु अपरहरणको आरोपमा एक महिला नियन्त्रणमा >> तीनकुने राजावादी आन्दोलनपछि फरार दुर्गा प्रसाईं पक्राउ, भारतबाट फर्काइयो काठमाडौं >> हामीले अमेरिकाको ३६ अर्ब डलर नोक्सान गरिदियौंः हुथी >> गर्मीमा छालालाई जोगाउने यी पाँच घरेलु उपाय अपनाउनुहोस् >> आवश्यक पूर्वाधार तयार पारेपछी गौतमबुद्ध बिमानस्थल पूर्णरूपमा सञ्चालन हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> ७० लाख मूल्य बराबरको चरेससहित नेपाली पक्राउ >> रूसले समुन्द्र मुनीका इन्टरनेट काट्ने बेलायती टेलिकम कम्पनिको आशंका >> तीन किलो लागूपदार्थ सहित दुईजना पक्राउ >> बुटवलमा वडाबाट राष्ट्रिय परिचयपत्र >> शिक्षक महासंघले बुझायो २४ बुँदे सूची >> लुम्बिनीको विकासमा स्थानीय समुदायको सहभागिता >> बढ्यो रेमिट्यान्स, दुरूपयोगको चिन्ता >> भुर्तेल लयमा फर्किदा ब्रेक भयो दीपेन्द्रको राष्ट्रिय कीर्तिमान >> दुई दशकपछि बेपत्ताको ‘दाहसंस्कार’ >> मुसिकोट दरबार संरक्षणमा सेनासँगै >> बुटवलमा एमालेले जागरण सभा गर्दै, अध्यक्ष ओलीसहितका शीर्ष नेताले सम्बोधन गर्ने >> लुम्बिनी प्रदेशस्तरीय क्रिकेटको संयुक्त विजेता बने दाङ र रुपन्देही

एफईसी सहकारीको कुल पुँजी ७८ करोड नाघ्यो

१ मंसिर २०८१, शनिबार
१ मंसिर २०८१, शनिबार

तिलोत्तमा, १ मंसिर ।

एफइसी धनकोष बचत तथा क्रृण सहकारी संस्थाको कुल पुँजी ७८ करोड ४६ लाख रुपियाँ पुगेको छ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका–९ स्थित मंगलापुरमा मुख्य कार्यालय रहेको संस्थाको शेयर पुँजी ८ करोड ६७ लाख ७० हजार रहेको छ भने बचत ६१ करोड २६ लाख ९७ हजार रहेको छ । त्यस्तै कर्जा लगानी ६५ करोड ९८ लाख रहेको छ भने जगेडा कोष ४ करोड ६३ लाख रुपियाँ रहेको छ ।

संस्थाले राहत कोषबाट मृत्यु हुने शेयर सदस्यका परिवारलाई शेयर बराबरको रकम र एक लाख रुपियाँ राहत प्रदान गर्ने गरेको छ ।

संस्थामा कुल शेयर सदस्य संख्या २३ सय भन्दा बढी रहेको सहकारीका अध्यक्ष तारानाथ कंडेलले जानकारी दिए ।

शनिबार आयोजित संस्थाको २९ औं वार्षिक साधारणसभामा बोल्ने सहकारी क्षेत्रका व्यक्तिहरुले एफइसी सहकारी सुशासन र पारदर्शीतामा अब्बल बन्दै गएको बताए । सञ्चालकहरुमा देखिएको संस्थागत सुशानको भावनाले पछिल्लो समय धेरै सहकारीहरु संकटमा पर्दा समेत एफइसी बिचलित नभइ आर्थिक रुपले सुदृढ संस्थाको रुपमा विकसित हुँदै आएको उनीहरुको भनाइ छ ।

कार्यक्रममा बोल्दै रुपन्देही बचत तथा क्रृण सहकारी संघका अध्यक्ष वसन्त ढकालले सहकारी नेतृत्वले शेयर सदस्य नचिन्ने र शेयर सदस्यले नेतृत्व नचिन्ने सहकारीहरु समस्यामा परेको उदाहरण दिंदै कठिन परिस्थितिमा एफईसी सहकारीले आफूलाई अव्वल संस्थाको रुपमा स्थापना गर्न सफल भएको बताए ।

सञ्चालक समितिको कुशल नेतृत्व र कुशल व्यवस्थापकीय टिम भएमा कुनै पनि सहकारी संस्थाहरु संकटमा नपर्ने भन्दै उनले एफईसी धनकोष त्यसको उदाहरण भएको बताए ।

सहकारीका वरिष्ठ सल्लाहकार हरिप्रसाद कंडेलले संस्थागत पारदर्शीताले नै सहकारीको भविष्य निर्धारण गर्ने भएकाले यसतर्फ लाग्न सम्पूर्ण शेयर सदस्यहरुलाई आग्रह गरे ।

वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीका अध्यक्ष तारानाथ कंडेलले सहकारीका मूल्य, मान्यता अनुसार पुँजी वृद्धि, वित्तीय सुशासन, प्रविधि प्रयोग, कारोबारको भोलुम वृद्धि, सेवा केन्द्र विस्तार, लगानीका हिसाबले प्रभावकारी देखिएको उल्लेख गर्दै सहकारीले प्रभावकारी वित्तीय सेवा दिएको दावी गरे ।

साधारणसभामा संस्थाका उपाध्यक्ष झविन्द्रप्रसाद कंडेलले कार्यक्षेत्र, सदस्य, पुँजी, कारोबारमा सहकारीले दायरा फराकिलो बनाएको बताए ।

गुलमी सेवा केन्द्रका संयोजक कमलप्रसाद श्रेष्ठले सहकारीप्रति आकर्षण बढ्दै गएको र नयाँ सदस्यहरु थपिने क्रम जारी रहेको बताए ।

संस्थाको वित्तीय अवस्थाबारे जानकारी दिंदै वरिष्ठ व्यवस्थापक मुकुन्दहरि ज्ञवालीले सञ्चालक समिति, विभिन्न उपसमिति, व्यवस्थापकीय टिम र कर्मचारी गरी ९९ जनाको पाइलटले सहकारीलाई कुशलतापुर्वक अगाडि बढाएको बताउँदै सहकारीको वित्तीय अवस्था सुद्धृढ र सवल रहेको बताए ।

सहकारीले सुशासनलाई मुख्य प्राथमिकता दिएकै कारण सदस्यहरुको भविष्य सुरक्षित रहेको भन्दै उनले डिजिटल कारोबारलाई सहकारीले प्राथमिकता दिएको र प्रविधि प्रयोग गरेर वित्तीय पारदर्शीतामा अब्बल बन्न सफल भएको बताए ।

कार्यक्रममा राममणि क्याम्पसका अध्यक्ष ध्रुवकुमार धिताल, कुन्जपार्कका अध्यक्ष लोक पुन, सम्मानितहरुको तर्फबाट भावना बन्जाडे, शेयर सदस्य सुशील घिमिरेलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

त्यस अवसरमा संस्थाका जेष्ठ सदस्य, असल कारोबारीहरु, शैक्षिक तथा खेलकुदमा उत्कृष्टता हासिल गर्नेहरुलाई सम्मान गरिएको थियो । साधारण सभाका अवसरमा सहभागीहरुलाई मेडिटेक हस्पिटल प्रालि बुटवलबाट निःशुल्क स्वास्थ्य परीक्षण समेत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%

admission