© २०२३
कपिलवस्तु १ मंसिर
कपिलवस्तुको तौलिहवामा सम्पन्न रक्तदानमा ३२ पिन्ट रगत संकलन भएको छ । शिखर ईन्सुरेन्स कम्पनीको २० औं बार्षिक उत्सवका अवसरमा ईन्सुरेन्सको तौलिहवा शाखाले आयोजना गरेको रक्तदान कार्यक्रममा ३२ पिन्ट रगत संकलन भएको हो ।
रक्तदानमा स्वतफुर्त रुपमा रक्तदाताले रक्तदान गरेको शिखर ईन्सुरेन्स तौलिहवा शाखाका प्रमुख अरुण कुमार मिश्रले बताए । बार्षिक उत्सवमा देशभर रहेका शाखामा बिविध कार्यक्रम आयोजना भएको उनले जानकारी दिए ।
कार्यक्रममा निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष दिनेश हमालले ८८ औं पटक र संचारकर्मि दिलिप कुमार यादवले ३८ औं पटक रक्तदान गरे । आफुले अवधि पुगे पछि निरन्तर रक्तदान गर्दै आएको कपिलवस्तु नगरपालिका वडा नम्बर २ का रक्तदाता मनबहाल बरईले बताए ।
ईन्सुरेन्सले रक्तदान आयोजना गरेर रक्तदान बारे सचेतना र रगतको अभाव पुर्तिमा सहयोग पुर्याएको कपिलवस्तु नगरपालिकाका प्रमुख सुदिप पौडेलले बताए । नेपाल रेडक्रस सोसाईटी रक्त संचार केन्द्र तौलिहवाका ल्याब टेक्निसियन अमरनाथ गुप्ता, पुनम चौधरी र बैजनाथ कसौधनको टोलीले रगत संकलन गरेको थियो ।