© २०२३
बुटवल, ०१ मंसिर ।
मकवानपुर, हेटौँडामा औपचारिक रूपमा मानवसेवा आश्रमको कार्यालयस्थापना गरि आश्रमले मानवताको प्रवद्र्धनको अभियान निरन्तर चलाउँदै आइरहेको छ । मानवसेवा आश्रमले ‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस्सडक पेटीमा’ भन्ने मूल नाराका साथ तेस्रो ‘मेची–महाकालीराष्ट्रिय उद्वार यात्रा–२०८१’ सफलतापूर्वक सम्पन्न गरेको छ । मानवसेवा आश्रम र आनी छोइङ डोल्माफाउन्डेसनको संयुक्त आयोजनामा ३३ दिने उद्धार यात्रामा मुलुकका सात वटै प्रदेशमा सहयोगापेक्षी सडक आश्रित मानवहरूको उद्वार कार्य गरिएको छ । उद्धार यात्रामा वरिष्ठ गायिका तथा समाज सेवी आनी छोइङ डोल्मा र मानवसेवा आश्रमका संस्थापक केन्द्रीय अध्यक्ष रामजी अधिकारी लगायत ४७ जनाको
सहभागिता रहेको थियो ।
‘मेची–महाकाली राष्ट्रिय उद्वार यात्रा–२०८१’ को सम्पूर्ण खर्च आनी छोइङ डोल्मा फाउन्डेसनले योगदान गरेकी थिईन । गत असोज २६ गते अर्थात् दशैँ टीकाको दिन प्रधानमन्त्री केपी शर्मा ओलले औपचारिक उद्घाटन गरेका थिए । उद्धार कार्य गत असोज २८ गते झापाको मेची पुलबाटशुरु गरिएको थियो । यस ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानका राष्ट्रिय उद्वार टोलीलेदेशका सातै वटा प्रदेशका ४४ जिल्लामा पुगेर सहयोगापेक्षी सडकआश्रित मानवहरूको उद्वारमा सहभागी भएका थिए । ३३ दिनको उद्वार अवधिमा २३६ सहयोगापेक्षी मानवहरूको उद्वार गरिएको छ । उद्धारमा १ सय ७९ जना पुरुष र ५७ महिला मध्ये ५ जना बालिका र ४ जना बालक छन ।