ट्रेंडिंग:

>> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने >> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित

गेट मात्रै बनाएर फुटबल रंगशालाको सपना

१ मंसिर २०८१, शनिबार
१ मंसिर २०८१, शनिबार

नवलपरासी, ०१ मंसिर ।
जिल्लास्थित रामग्राम फुटबल रगशाला (स्टेडियम) को प्रवेशद्वार (गेट) निर्माण भएपनि रँगशालाको निर्माण कार्य तीब्र गतिमा हुन सकेको छैन् । लुम्बिनी प्रदेश सरकारको सहयोगमा सो रंगशाला विगत पाँच बर्षदेखि निर्माण हुँदै आए पछि कछुवा गतिमा मात्र काम भइरहेको स्थानीयले बताएका हुन् ।
प्रत्येक पालिकालाई तत्कालिन लुम्बिनी प्रदेश सरकारले गौरवका योजना माग गर्दा रामग्राम नगरपालिकाले रामग्राम नगरक्षेत्र भित्र रंगशालाको आवश्यकता पहिचान गरि रंगशाला माग गरेको थियो । उतm रंगशाला हाल रामग्राम नगरपालिका वडा नं. ४ जितपुर स्थित पाल्ही बहुमुखी क्याम्पस परिसरमा निर्माणाधिन अवस्थामा छ । फुटवल रंगशालाको नाम दिईए पनि अन्य सबै खेलहरू गर्न सक्ने गरि रंगशालाको निर्माण भइरहेको छ । नगरक्षेत्रको रंगशालाको निर्माणका लागि उपयुतm स्थानको खोजी गर्दै जादा क्याम्पस परिसरमा रंगशाला निर्माणका लागि क्याम्पसले सहमति दिइएको थियो । क्याम्पसका लागि जग्गा छुट्टाई बाँकी जग्गामा रंगशाला निर्माण भइरहेको क्याम्पसका अध्यक्ष राधेश्याम पाठकले जानकारी गराए ।

रंगशाला तत्कालिन बेला सदरमुकाम परासी छाडेर वडा नं.१८ मा बनाउने कुरा नगरपालिकाले चलाउन थालेको थियो । उतm चर्चा पछि क्याम्पस अध्यक्ष पाठकले सदरमुकाम परासी भन्दा बहिर रंगशाला बनाउनु भन्दा सदरमुकाम मै बनाउनु पर्ने केही स्थानीय बुद्धिजिवि समाजसेवीहरूले आग्रह गरेको र आफूलाई पनि क्याम्पस नजिकै रंगशाला निर्माणले क्याम्पसलाई पनि सहयोगी पूर्वाधार हुन सक्ने भन्दै सहमति जनाएका थिए । रंगशालाकै कम्पाउण्डले क्याम्पसको कम्पाउण्डको काम गरेको छ, उनले भने, रंगशालाको पूर्वाधार क्याम्पसलाई पनि परिपुरक हुने र रंगशालाले स्थान पाउने हुँदा क्याम्पसले माछापालनका लागि निर्माण गरेको पोखरी समेत पुरेर निर्माण गर्ने सहमति भएको थियो । सोही बेलादेखि बजेट नियमित रूपमा आउने भएपनि निर्माण ब्यवसायीहरूको ढिलासुस्तीले पनि रंगशाला निर्माणमा ढिलाई भइरहेको उनको भनाइ थियो ।

रंगशालाको बिस्तृत परियोजना प्रतिवेदन (डिपिआर) त्यो बेला ६ करोड भएको र प्रदेश सरकारले पर्याप्त मात्रामा बजेट नपठाई दिएका कारण रंगशाला निर्माणको कामले गति लिन नसकेको रामग्राम नगरपालिका नगरप्रमुख धनपत यादवले बताए । यसका लागि नगरपालिकाले बेलामै छिटो भन्दा छिटो सम्पन्न गर्नका लागि लुम्बिनी प्रदेश सरकारसँग पहलहरू भइरहेको जानकारी गराएका थिए । कम्पाउण्ड निर्माणका कार्य सम्पन्न भइसकेको छ, उनले भने, कम्पाउण्डसँगै प्रवेशद्वार निर्माण भएको हँदा प्रवेशद्वार देखिने गरेको छ । तर रंगशाला भित्र अझै पनि थुप्रै कामहरू बाँकी नै रहेको छ । फिल्डका काम पनि बाँकी नै छ । त्यो भएर बाहिरबाट रंगशालाको गेट देखिने तर रंगशाला भित्र खेल नहुने अवस्था रहेको छ ।

रंगशालासँगै पार्कको निर्माणले क्याम्पस परिसरको सौन्दर्यता बढने विश्वास क्याम्पस अध्यक्ष पाठकको रहेको छ । लुम्बिनी प्रदेश सरकारका तत्कालिन भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीको समेत विशेष पहल रंगशाला बनाउनमा रहेको क्याम्पस अध्यक्ष पाठकको भनाइ थियो । तर अहिलेको सरकारका मन्त्रीहरूले पनि यसलाई बेलामै सम्पन्न गर्नका लागि बजेट प्राथमिकतमा राख्नुपर्ने र बेलामै रंगशालाको निर्माण सकेर खेलकुदका कार्यक्रम गर्नुपर्ने अध्यक्ष पाठकले औंल्याएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?