ट्रेंडिंग:

>> नेपालमा उत्पादित विद्युत भारतपछि बङ्गलादेशतर्फ निर्यात सुरु >> समाजमा देखिएको अराजकता चिर्न जागरण सभा गर्दैछौं- महासचिव पोखरेल >> लायन्स तिलोत्तमा मायादेवीको १२ औ चार्टर एनिभर्सरी, छात्रवृत्ति वितरण तथा सम्मान >> उत्तर कोरियाले बनायो आत्मघाती ड्रोन, कीमले गरे अनुगमन >> काठमाडौँ महानगरको १० नम्बर वडाले शुरु गर्यो मध्यबानेश्वरबाट स्वास्थ्य सेवा >> भारतको दिल्लीमा प्रदुषण बढेपछि जीआरएपी-३ लागु >> स्कुल बसको ठक्करबाट बालिकाको मृत्यु >> एनपीएलका आठ फ्रेन्चाइजीले विश्वकपमा छनौट यू-१९ महिला टिमलाई १० लाख दिने >> रवि लामिछानेलाई रुपन्देहीबाट पोखरा लगियो >> नेपालको बिजुली बंगलादेश निर्यात सुरु >> मन्त्री पाण्डेले दिए सांसद बजगाईंविरुद्ध कांग्रेसको अनुसाशन समिति र संसदीय दलमा उजुरी >> राजमार्ग सरसफाई अभियानमा दाङ—रुपन्देही सम्पर्क समाजको हातेमालो >> सुनचाँदीको मुल्यमा सामान्य वृद्धि, तोलाको कति पुग्यो ? >> दीपक राज गिरीको चेतावनी- मलाई महानायक भने फेसबुकमा ब्लक गर्छु >> शनिबारदेखि रुपन्देही डान्स स्टारको चौथो संस्करण हुने >> रवि लामिछानेलाई आज पोखरा लगिदै >> लुम्बिनीः बौद्ध धर्मको उद्गम स्थल र विश्व सम्पदा >> कालिका मानवज्ञान माविद्वारा ९ लाख बराबरको छात्रवृत्ति वितरण >> राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश फिर्ता >> राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक बस्दै >> संघीय संसदका चार समितिको बैठक बस्दै >> रवि लामिछानेको बयानमा २३ घण्टामा ७४ प्रश्न >> सुरक्षा अपडेटसहित सामसङ ग्यालेक्सी ए१६ फाइभजी लन्च >> ‘एक पालिका एक हुलाक’ कार्यालय >> दिपल ईभी प्रति क्रेताहरूको बढ्दो आकर्षण >> नेपाली महिला क्रिकेट टिमलाई बधाई >> वैदेशिक रोजगारीको अँध्यारो–उज्यालो >> फोहोरबाट मोहोर सपनामा मात्रै, ब्यूँझिदा, ह्वास्स दुर्गन्ध >> फूलबारीमा ‘छायाँ दरबार’ >> उखु किसान पलायनमा सरकार सहयोगी >> दार्चुलामा जिप दुर्घटना, ६ जनाको मृत्यु >> देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव, तराईमा बाक्लो हुस्सु >> नेपालले आज बंगलादेशमा बिजुली निर्यात गर्दै >> समान विकासका लागि विश्वका सभ्यताको आदानप्रदान आवश्यक : इश्वर पोखरेल >> ७० वटा लिखित प्रश्नको जवाफ माग्दै सकियो लामिछानेको बयान >> तीन दिने चीन भ्रमण सकेर लुम्बिनीका मुख्यमन्त्री स्वदेश फिर्ता >> स्थानीय सरकार सवलीकरणमा नमूना संसदले भूमिका खेल्दै >> मानव सेवा आश्रमको भवन निर्माण गर्न महायज्ञ >> मायादेवी गाउँपालिकामा कपडा बैंक स्थापना >> शिक्षा मन्त्री भट्टराईबाट सानोठिमीस्थित विभिन्न कार्यालयको निरीक्षण >> नेपालले बंगलादेशलाई विद्युत बेच्ने बाटो खुल्यो, यो बर्ष शुक्रबार एकदिन मात्र बिक्री गर्ने >> काँग्रेसले कैलालीको जिल्ला समन्वय समिति प्रमुखमा चौधरीलाई उम्मेदवार बनाउने >> विश्व मधुमेह दिवसमा साइक्लोथन >> गुरुयोजना अनुसार फुलबारीको पूर्वाधार निमार्णमा जोड >> नागढुंगा–सिस्नेखोला सडक आजबाट आंशिक बन्द >> नारायणगढ–बुटवल सडक बारे प्रधानमन्त्रीको ध्यानाकर्षण, डिसेम्बर अन्त्यबाट काम शुरु हुने >> भजन शिरोमणि भक्तराज आचार्यको जीवनगाथा ‘आचार्य’ अब युट्युवमा >> न्युरोड क्षेत्रका अव्यवस्थित बिजुलीका पोल तथा तार हटाउन महानगरको सहजीकरण >> शिक्षा मन्त्री भट्टराईबाट सानोठिमीस्थित विभिन्न कार्यालयको निरीक्षण >> सुरक्षाको घेरामै रविको तेस्रोे दिनको बयान सुरु, आजै सकिने

नेपालमा उत्पादित विद्युत भारतपछि बङ्गलादेशतर्फ निर्यात सुरु

३० कार्तिक २०८१, शुक्रबार
३० कार्तिक २०८१, शुक्रबार

काठमाडौँ ।

नेपालमा उत्पादित बिजुली भारतपछि बङ्गलादेशतर्फ निर्यात सुरु भएको छ ।

नेपालका ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्का, भारतका विद्युत्मन्त्री मनोहरलाल र बङ्गलादेशका विद्युत्, ऊर्जा तथा खनिज मन्त्रालयका सल्लाहकार मोहमद फोजुल कबिर खानले भर्चुअल विधिमार्फत संयुक्त रुपमा स्वीच अन गरी विद्युत् निर्यातको शुक्रबार शुभारम्भ गरेसँगै नेपालको विद्युत् व्यापार तेस्रो देशमा विस्तार भएको छ ।

नेपालमा उत्पादित विद्युत् भारतको प्रसारण संरचना हुँदै बङ्गलादेशसम्म पुगेको छ । नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइन हुँदै भारतको मुजफ्फरपुर सबस्टेसनमा विद्युत् पुग्नेछ । मुजफ्फरपुर सबस्टेसनबाट भारतको प्रसारण लाइनमार्फत भारत–बङ्गलादेशबीचको बहरामपुर (भारत)–भेरमारा (बङ्गलादेश) चार सय केभी प्रसारण लाइनमार्फत बङ्गलादेश विद्युत् पुग्नेछ ।

यसवर्ष (सन् २०२४)को वर्षायाममा विद्युत् निर्यात शुक्रबार राति १२ बजेसम्म एक दिन मात्र हुनेछ । त्यसपछि आगामी वर्ष सन् २०२५ को जुन १५ बाट बङ्गलादेशतर्फ पुनः विद्युत् निर्यात सुरु हुनेछ । नेपाल विद्युत् प्राधिकरणले वर्षायामको ६ महिना अर्थात हरेक वर्षको जुन १५– नोभेम्बर १५सम्म पाँच वर्ष ४० मेगावाट विद्युत् अमेरिकी डलरमा बङ्गलादेशलाई बिक्री गर्ने सम्झौता अनुसार आज एक दिन मात्र विद्युत निर्यात हुने भएको हो ।

भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले त्रिशूली र चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित क्रमशः १८ दशमलव ६० र २१ दशमलव ४० गरी ४० मेगावाट विद्युत् बङ्गलादेशतर्फ निर्यातका लागि बिहीबार स्वीकृति दिएको थियो ।

नेपाल–बङ्गलादेशबीच विद्युत् व्यापार डलरमा हुनेछ । प्राधिकरणले बङ्गलादेश विद्युत् बिक्री गरी प्रति युनिट ६.४० अमेरिकी सेन्ट (शुक्रबारको विदेशी मुद्रा विनियम दर अनुसार ८ रुपैयाँ ६२ पैसा) पाउने छ । नेपालले विद्युत् बिक्रीबाट पहिलो पटक डलरमा आम्दानी गर्न लागेको हो । भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँमा हुँदै आएको छ । प्राधिकरणले शुक्रबार साँढे ११ घण्टा बङ्गलादेशतर्फ ४० मेगावाट विद्युत् निर्यातबाट २८ हजार १६० डलर ९ रु ३७ लाख ९३ हजार चार सय ३३ ० पाउने छ । बङ्गलादेश निर्यात हुने विद्युत्को मूल्य प्राधिकरणले भारतको मुजफ्फरपुर बिन्दुमा पाउने छ ।

त्रिपक्षीय विद्युत् बिक्री सम्झौतापछि प्राधिकरणले गत २३ असोजमा बङ्गलादेश विद्युत् निर्यात स्वीकृतिका लागि आयोजनाको सूची भारतको केन्द्रीय विद्युत् प्राधिकरणमा पठाएको थियो । भारतको केन्द्रीय विद्युत् प्राधिकरण बिहीबार स्वीकृति दिएपछि शुक्रबारबाट विद्युत् निर्यात सुरु गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?