ट्रेंडिंग:

>> नेपालमा उत्पादित विद्युत भारतपछि बङ्गलादेशतर्फ निर्यात सुरु >> समाजमा देखिएको अराजकता चिर्न जागरण सभा गर्दैछौं- महासचिव पोखरेल >> लायन्स तिलोत्तमा मायादेवीको १२ औ चार्टर एनिभर्सरी, छात्रवृत्ति वितरण तथा सम्मान >> उत्तर कोरियाले बनायो आत्मघाती ड्रोन, कीमले गरे अनुगमन >> काठमाडौँ महानगरको १० नम्बर वडाले शुरु गर्यो मध्यबानेश्वरबाट स्वास्थ्य सेवा >> भारतको दिल्लीमा प्रदुषण बढेपछि जीआरएपी-३ लागु >> स्कुल बसको ठक्करबाट बालिकाको मृत्यु >> एनपीएलका आठ फ्रेन्चाइजीले विश्वकपमा छनौट यू-१९ महिला टिमलाई १० लाख दिने >> रवि लामिछानेलाई रुपन्देहीबाट पोखरा लगियो >> नेपालको बिजुली बंगलादेश निर्यात सुरु >> मन्त्री पाण्डेले दिए सांसद बजगाईंविरुद्ध कांग्रेसको अनुसाशन समिति र संसदीय दलमा उजुरी >> राजमार्ग सरसफाई अभियानमा दाङ—रुपन्देही सम्पर्क समाजको हातेमालो >> सुनचाँदीको मुल्यमा सामान्य वृद्धि, तोलाको कति पुग्यो ? >> दीपक राज गिरीको चेतावनी- मलाई महानायक भने फेसबुकमा ब्लक गर्छु >> शनिबारदेखि रुपन्देही डान्स स्टारको चौथो संस्करण हुने >> रवि लामिछानेलाई आज पोखरा लगिदै >> लुम्बिनीः बौद्ध धर्मको उद्गम स्थल र विश्व सम्पदा >> कालिका मानवज्ञान माविद्वारा ९ लाख बराबरको छात्रवृत्ति वितरण >> राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश फिर्ता >> राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक बस्दै >> संघीय संसदका चार समितिको बैठक बस्दै >> रवि लामिछानेको बयानमा २३ घण्टामा ७४ प्रश्न >> सुरक्षा अपडेटसहित सामसङ ग्यालेक्सी ए१६ फाइभजी लन्च >> ‘एक पालिका एक हुलाक’ कार्यालय >> दिपल ईभी प्रति क्रेताहरूको बढ्दो आकर्षण >> नेपाली महिला क्रिकेट टिमलाई बधाई >> वैदेशिक रोजगारीको अँध्यारो–उज्यालो >> फोहोरबाट मोहोर सपनामा मात्रै, ब्यूँझिदा, ह्वास्स दुर्गन्ध >> फूलबारीमा ‘छायाँ दरबार’ >> उखु किसान पलायनमा सरकार सहयोगी >> दार्चुलामा जिप दुर्घटना, ६ जनाको मृत्यु >> देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव, तराईमा बाक्लो हुस्सु >> नेपालले आज बंगलादेशमा बिजुली निर्यात गर्दै >> समान विकासका लागि विश्वका सभ्यताको आदानप्रदान आवश्यक : इश्वर पोखरेल >> ७० वटा लिखित प्रश्नको जवाफ माग्दै सकियो लामिछानेको बयान >> तीन दिने चीन भ्रमण सकेर लुम्बिनीका मुख्यमन्त्री स्वदेश फिर्ता >> स्थानीय सरकार सवलीकरणमा नमूना संसदले भूमिका खेल्दै >> मानव सेवा आश्रमको भवन निर्माण गर्न महायज्ञ >> मायादेवी गाउँपालिकामा कपडा बैंक स्थापना >> शिक्षा मन्त्री भट्टराईबाट सानोठिमीस्थित विभिन्न कार्यालयको निरीक्षण >> नेपालले बंगलादेशलाई विद्युत बेच्ने बाटो खुल्यो, यो बर्ष शुक्रबार एकदिन मात्र बिक्री गर्ने >> काँग्रेसले कैलालीको जिल्ला समन्वय समिति प्रमुखमा चौधरीलाई उम्मेदवार बनाउने >> विश्व मधुमेह दिवसमा साइक्लोथन >> गुरुयोजना अनुसार फुलबारीको पूर्वाधार निमार्णमा जोड >> नागढुंगा–सिस्नेखोला सडक आजबाट आंशिक बन्द >> नारायणगढ–बुटवल सडक बारे प्रधानमन्त्रीको ध्यानाकर्षण, डिसेम्बर अन्त्यबाट काम शुरु हुने >> भजन शिरोमणि भक्तराज आचार्यको जीवनगाथा ‘आचार्य’ अब युट्युवमा >> न्युरोड क्षेत्रका अव्यवस्थित बिजुलीका पोल तथा तार हटाउन महानगरको सहजीकरण >> शिक्षा मन्त्री भट्टराईबाट सानोठिमीस्थित विभिन्न कार्यालयको निरीक्षण >> सुरक्षाको घेरामै रविको तेस्रोे दिनको बयान सुरु, आजै सकिने

भारतको दिल्लीमा प्रदुषण बढेपछि जीआरएपी-३ लागु

३० कार्तिक २०८१, शुक्रबार
३० कार्तिक २०८१, शुक्रबार

काठमाडौँ ।

भारतको दिल्लीमा वायु प्रदूषणको स्थिति लगातार खराब हुदै गएपछि वायु प्रदूषण नियन्त्रण गर्न ग्रेडेड रेस्पोन्स एक्शन प्लान (जीआरएपी) -३ प्रतिबन्धहरू लागू गरिएको छ ।

शुक्रबार बिहान ८ बजेदेखि अर्को आदेश नआएसम्मका लागि यो प्रतिबन्ध लागू गरिएको हो ।

पछिल्लो तीन दिनदेखि दिल्लीमा वायु गुणस्तर सूचकांक ४०० भन्दा माथि रहेको छ र ३९ अनुगमन केन्द्रहरूमध्ये २७ मा वायु प्रदूषण ‘गम्भीर’ श्रेणीमा रेकर्ड गरिएको छ ।

प्रदूषणको गम्भीर अवस्थालाई ध्यानमा राख्दै दिल्ली सरकारले पाँच कक्षासम्मका विद्यालयहरू अर्को आदेश सम्मका लागि बन्द गर्ने आदेश दिएको छ, यद्यपि अनलाइन कक्षाहरू भने जारी रहनेछन् ।

दिल्लीकी मुख्यमन्त्री आतिशीले सहरमा बढ्दो प्रदूषण स्तरका कारण अर्को आदेश नभएसम्म प्राथमिक विद्यालयको कक्षाहरू अनलाइन बनाइएको जानकारी दिएकी छन् ।

वायु गुणस्तर व्यवस्थापन आयोग (सीक्यूएम) ले बिए-३ पेट्रोल र बीएस-४ डिजेलमा चल्ने गाडीहरू गुरुग्राम, फरीदाबाद, गाजियाबाद र दिल्ली र एनसीआरको नोएडामा प्रतिबन्ध लगाएको छ ।

जाडोमा, दिल्ली एनसीआरमा वायु प्रदूषणको अवस्था खराब श्रेणीमा पुग्ने गरको छ । यसलाई नियन्त्रण गर्न, जिआरएपी चार चरणमा लागू गरिएको छ ।

वायु प्रदुषणको स्तर २०१ देखि ३०० सम्मको अवस्थामा जिआरएपी -१ लागु गरिन्छ भने३०१ देखि ४०० सम्मको अवस्थामा जीआरएपी-२ लागु गरिन्छ ।

त्यस्तै वायु प्रदुषणको स्तर (एक्यूआई) ४०१ देखि ५०० पुगेको अवस्थामा जीआरएपी -३ तथा नियमित रुपमा वायु प्रदुषणको स्तर ४५० नाघेमा जीएमएपी-४ लागु गर्ने सरकारले यसअघि नै मापदण्ड बनाएको छ । यस वर्ष अक्टोबरमा, दिल्लीमा जीआरएपी-२ लागू गरिएको थियो किनभने त्यति बेला एक्यूआइ ३०० भन्दा माथि पुगेको थियो ।

जीआरएपी-३ मा के के प्रतिबन्ध छन् ?

शुक्रबारदेखि दिल्ली एनसीआरमा जीआरएपी-३ लागू गर्ने घोषणा गरेसँगै यसअन्तर्गत भवन निर्माण र भत्काउन रोक लगाइएको छ । तर, अत्यावश्यक र राष्ट्रिय सुरक्षा, स्वास्थ्य र सार्वजनिक पूर्वाधार आयोजनाहरू यसबाट छुट छन् ।

पूरै एनसीआरमा ढुङ्गा क्रसिङमा प्रतिबन्ध लगाइएको छ । सहरमा चल्ने सवारी साधनमा कडा प्रतिबन्ध लगाइएको छ । दिल्ली र एनसीआर सहर, गुरुग्राम, फरीदाबाद, गाजियाबाद र नोएडामा बीएस-३ र बीएस-४ उत्सर्जन मापदण्ड भएका सवारी साधनहरूलाई चलाउन प्रतिबन्ध लगाइएको छ।

डिजेलबाट चल्ने जेनेरेटर सेटको अतिरिक्त, स्वीकृत मापदण्डको इन्धन प्रयोग नगर्ने उद्योगहरू सञ्चालनमा पनि प्रतिबन्ध लगाइएको छ । तर, अत्यावश्यक वस्तु आपूर्ति गर्ने कार्गो सवारी साधनलाई भने यसबाट छुट दिइएको छ । अन्य राज्यका ती बसहरू जुन विद्युतीय सवारीसाधन, सीएनजी वा बीएस -६ मापदण्डका छैनन्, उनीहरूलाई दिल्ली प्रवेश गर्न नदिइने बताइएको छ ।

यसका साथै छोटो दुरीका लागि साइकलको प्रयोगलाई प्रवर्द्धन गर्न र निजी सवारीसाधनको सट्टा सार्वजनिक यातायातलाई प्राथमिकता दिन सुझाव दिइएको छ ।

त्यस्तै वेल्डिङ र ग्यास काट्न प्रतिबन्धित छ, यद्यपि साना वेल्डिंग गतिविधिहरू जारी राख्न अनुमति दिइएको छ । घरहरूमा सानातिना मर्मत बाहेक, सिमेन्ट, प्लास्टर वा अन्य कोटिंग्सको प्रयोग समावेश रंग, पालिस र वार्निसिङ कार्यहरू निषेधित छन् । त्यसैगरी टाईल्स, ढुङ्गा आदि काट्ने वा भाँच्न र वाटरप्रुफिङको काममा रोक लगाइएको छ । सडक सफा गर्न स्वीपिङ मेसिन प्रयोग गर्नुपर्नेछ र धुलो शान्त गर्न नियमित पानी छर्किनुपर्ने बताइएको छ ।

भिडभाड हुने समयमा अन्य क्षेत्रको तुलनामा बढी चहलपहल हुने वा प्रदुषणको स्तर बढी भएका सडकमा दैनिक पानी छर्कने व्यवस्था गर्नुपर्नेछ । साथै घरबाट काम गर्न सक्नेहरूलाई घरबाट काम गर्ने विकल्प रोज्न सल्लाह दिइएको छ ।

केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डको वेबसाइटमा उपलब्ध तथ्याङ्क अनुसार शुक्रबार बिहान ७ बजे दिल्लीका धेरैजसो ठाउँमा एक्यूआइ ४०० भन्दा माथि र धेरै ठाउँमा ४५० भन्दा बढी थियो, जुन प्रदूषणको ‘गम्भीर’ श्रेणीमा पर्दछ ।

स्विट्जरल्याण्डमा आधारित वायु गुणस्तर सूचकांक अनुगमन समूह आइक्यूएयरका अनुसार बिहीबार दिल्लीमा औसत पीएम २.५ एकाग्रता २५४ थियो, जुन डब्लुएचओको मापदण्ड भन्दा १५ गुणा बढी हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?