© २०२३
दाङ ।
तुलसीपुरको गैरापातुमा करेन्ट लगाइ माछा मार्दा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका – ७ गैरापातु अमेल्चिनगर टोलका अन्दाजी ४० बर्षीय सम्शेर चलाउने रहेका छन् ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक प्रकाश थापाले मंगलबार बेलुका पौने ७ बजेतिर स्थानीय भजना खोलामा करेन्ट लगाइ माछा मार्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको भन्ने खुलेको जानकारी दिए ।
उनी किनारमा मृत अवस्थामा फेला परेका थिए ।
स्थानीय कमला बिकको घरबाट बिद्युतको तार १०० मिटर टाढाको खोलासम्म तानेको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।
स्थानीय तीन जनालाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ । जस्मा ४५ बर्षीय बलबहादुर बोहरा, ६२ बर्षीय गोरे वली र १२ बर्षीय सञ्तोष बिक रहेका छन् ।पक्राउ परेकाहरु माथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।।।