ट्रेंडिंग:

>> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए ! >> चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात >> उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता >> दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति >> सडक आन्दोलनका विषयमा रास्वपाभित्र चर्को विवाद, सुमनालगायतका नेताहरु आन्दोलन रोक्नुपर्ने पक्षमा >> विभिन्न हातहतियारसहित दुई जना पक्राउ >> पुथाउत्तरगङ्गा- २ को वडा अध्यक्षमा माओवादीका घर्ती निर्बिरोध >> होमस्टे पाठशाला ‘सिरुवारी’ मा रुपन्देहीका होटल ब्यवसायीको भ्रमण >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदी आज नेपाल आउदै >> दुर्गा प्रसाईलाई अदालतमा पेश गरियो >> रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै

बुटवल–नारायणगढ सडकः स्थानीय सरकारले मागे संघीयसँग गुहार

२८ कार्तिक २०८१, बुधबार
२८ कार्तिक २०८१, बुधबार

सुनवल, २८ कार्तिक ।
नारायणगढ बुटवल सडक खण्डको बिस्तारमा ढिलाई भएपछि सडक क्षेत्रमा पर्ने तिन वटा जिल्लाका स्थानीय तहले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने भएका छन् । जिल्ला समन्वय समिति नवलपरासीको संयोजनमा सडक क्षेत्रमा पर्ने रूपन्देही, नवलपरासी पश्चिम र पूर्वका जनप्रतिनिधि बिच पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा भएको छलफलमा ठेकेदारले काम सुरु नगरेकाले प्रधानमन्त्री सहित संघीय सरकारका निकायको ध्यानाकर्षण गराउँदै समयमै काम सक्ने वातावरण निर्माण गर्न दबाब दिने निर्णय गरेका छन् । जिसस नवलपरासीका प्रमुख भगौती यादवको अध्यक्षतामा भएको छलफलमा सडक आयोजनाको पश्चिम खण्डका आयोजना प्रमुख शशांक मिश्रले ठेकेदारले आर्थिक अभावका कारण काम गर्न ढिलाई गरेको बताए । काममा ढिलाई गरेको भन्दै एनटिसि (नोटिस टु करेक्ट) पठाएर परामर्शदाता कम्पनीले ठेकेदार कम्पनी चाईना स्टेट कन्स्ट्रक्सनलाई सचेत बनाईसकेको आयोजना प्रमुख मिश्रले बताए ।

ठेकेदारलाई ठेक्का तोड्नुु अगाडीको प्रक्रियागत रूपमा दिनुपर्ने अन्तिम चेतावनी स्वरूप एनटिसि जारी भईसकेको बताउँदै मिश्रले उक्त समयवधि भित्र तोकेअनुरूप काम नभए ठेक्का तोड्नुपर्ने बताए । दुई वटा लक्ष्य दिएर अन्तिम चेतावनी दिईएको र उक्त जिम्मेवारी अनुरूपको काम पुरा नभए ठेक्का तोडिने आयोजनाले जनाएको छ । परामर्शदाता कम्पनीले चाईना स्टेटलाई आगामी मंसिर २५ गते सम्म सडकको एका तर्फ ७० प्रतिशत कालोपत्र भएको हुनुपर्ने र दोस्रो शर्तमा मार्च मसान्त अर्थात चैत १७ गते भित्र नारायणगढ देखि बुटवलसम्म सडकको एकातर्फ सबै कालोपत्र भएको हुनुपर्ने भनिएको छ । ठेक्का तोड्ने चेतावनी पनि ठेकेदारले यसै हप्ताबाट पश्चिम खण्डमा काम सुरु गर्ने प्रतिवद्धता जनाएको आयोजना पश्चिम खण्डका प्रमुख मिश्रले जानकारी दिए । तर काम सुरु नहुदा सम्म ढुक्क हुने अवस्था नरहेको उनको भनाई छ ।

ठेकेदार चाईना स्टेटले बजेट अभावका कारण काम गर्न नसकेको बताउदै आएको छ । काम छाड्ने स्थीतीमा पुगेपनि पछिल्लो समय काम प्रतिवद्धताका साथ ठेकेदार कम्पनी फर्किएको बताईएको छ । छलफलका क्रममा बुटवल उपमहनागरपालिकाका प्रमुख खेलराज पाण्डेले काम नगर्ने भए ठेक्का तोड्नुपर्ने बताए ।

यहि ठेकेदारलाई कुर्दा लामो समयसम्म सास्ती खेप्नुपर्ने अवस्था आउन सक्ने भन्दै उनले ठेक्का तोडेर नयाँ प्रक्रियामा जानुपर्नेमा जोड दिए । बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले सडकका कारण जनप्रतिनिधिहरूले गाली खानुपरेको भन्दै अब जसरी पनि समयमै सडक निर्माण सम्पन्न गर्न दबाब सृजना गर्नुपर्नेमा जोड दिए ।

सो क्रममा जिल्ला समन्वय समिति रूपन्देहिका प्रमुख उमाकान्त चापागाई, जिसस पूर्वी नवलपरासी प्रमुख बाबुराम विश्वकर्मा, देवदह नगरपालिकाका प्रमुख धुव्रप्रसाद खरेल, देवचुली नगरपालिकाका प्रमुख हरि प्रसाद न्यौपाने, विनय त्रिवेणी गाँउपालिकाका अध्यक्ष घनश्याम गिरी, सरावल गाँउपालिकाका अध्यक्ष सुखाडी प्रसाद चौधरी, बुटवल उपमाहानगरका उपप्रमुख सावित्रादेवी अर्याल, सुनवल नगरपालिकाका उपप्रमुख सुर्यप्रसाद दुवे, कावासोती नगरपालिकाका उपप्रमुख फुलकुमारी थनेत लगायतले सडक निर्माण तत्काल सम्पन्न गर्न दबाब सृजना गर्नुपर्ने बताए । सो बैठकले प्रधानमन्त्री केपि शर्मा ओलीलाई यहि कात्र्तिक २९ गते भेटेर ध्यानआर्कषण गराउदै सडकको काम सुचारु गराउने विषयमा छलफल गर्ने निर्णय पनि गरेको जिल्ला समन्वय समिति प्रमुख भगौती यादवले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?