© २०२३
तिलोत्तमा, २७ कात्तिक ।
अनेरास्ववियु तिलोत्तमा नगर कमिटीले गरिव तथा जेहेन्दार विद्यार्थीका लागि अक्षयकोष निर्माणको अभियान चलाएको छ ।
गतवर्ष शंकरनगर दुर्गादत्त माविमा एक लाख रुपियाँको अक्षयकोष स्थापना गरेको अनेरास्ववियु तिलोत्तमाले यसवर्ष पनि फेरि एक लाख रुपियाँको अक्षयकोष स्थापना गर्न लागेको हो ।
यसका लागि अखिल तिलोत्तमाले यो वर्षको तिहारमा देउँसी भैलो खेलेको छ । देउँसी भैलोबाट संकलित रकम अक्षयकोष स्थापनाका लागि प्रयोग गरिने अखिल तिलोत्तमा नगर कमिटीका अध्यक्ष दिवस खनालले जानकारी दिए ।
गतवर्ष शकंरनगर दुर्गादत्त माविमा रु १ लाखको अक्षयकोष निर्माण गरिएको संगठनका निवर्तमान अध्यक्ष सरोज खनालले बताए ।