ट्रेंडिंग:

>> अब विद्यालय तहको शिक्षा सीपयुक्त बनाउन जरूरी भइसक्याेः उपप्रधानमन्त्री सिंह >> आयोजक खस्यौली रेडको विजयी शुरुवात >> पाेखरालाई ६ विकेटले हराउँदै काठमाण्डाैकाे प्लेअफ सम्भावना बलियाे >> पत्रकार महासंघ निर्वाचनः यस्तो आयो लुम्बिनीका १२ जिल्लाको परिणाम >> जिलिको जिक्कर एक्स रुपन्देहीमा लन्च >> स्व.प्रसन्न श्रेष्ठको स्मृतिमा प्रथम खस्यौली फुटसल शुरु >> नेवाः दय् दबू बुटवलमा नया नेतृत्व >> गुरुको समीपमा >> बुटवल तिनाउ पुलको डिभाइडरमा बलेरो जिप ठोक्किएर दुर्घटना हुँदा दम्पत्तीसहित ३ को मृत्यु >> प्रतापपुरमा आधारभूत तह ‘पूर्ण निःशुल्क’ >> पत्रकार महासंघ रुपन्देहीमा चौतारी र युनियनको संयुक्त प्यानल विजयी, अध्यक्षमा दिनेश पाण्डे >> प्रदेश सरकारमा कर्मचारी अभावः लुम्बिनीमा आधा कर्मचारी कामचलाउ >> गुल्मीमा गाडी दुर्घटना हुँदा श्रीमानको मृत्यु, श्रीमती र छोरासहित ५ जना घाइते >> त्रिभुवन विमानस्थलमा निर्माण कार्यको समय परिवर्तन, ८ घन्टा मात्र बन्द रहने >> नेपालको विद्युत् प्रणाली सुदृढ, नयाँ बुटवल–बर्दघाट २२० केभी प्रसारण लाइन सञ्चालनमा >> पुष्पाः २ का अभिनेता अल्लु अर्जुन १४ दिन न्यायिक हिरासतमा बस्ने >> बसिर अहमदको अर्धशतकमा विराटनगरको शानदार जित >> राष्ट्रिय एकता हाम्रो मूल मन्त्रः प्रधानमन्त्री >> राष्ट्रपति रामचन्द्र पौडेलले ५ देशका लागि नयाँ राजदूतको नियुक्ति >> प्रधानमन्त्री ओली भारत भ्रमणको आन्तरिक तयारीमा >> घुस लिएको आरोप पुष्टि भएपछि चीनका पूर्व फुटबल प्रशिक्षक जेल चलान >> माओवादीको बैठक पुस २१ गतेका लागि सर्यो >> अल्लु अर्जुन पक्राउ प्रकरणः आरोप प्रमाणित भएमा जान सक्छन ५ बर्ष जेल >> अपडेटः हैदाराबादवाट पुष्पाः २ अभिनेता अल्लु अर्जुन पक्राउ, प्रहरी चाैकी पुर्याइयाे >> ब्यवस्था परिवर्तन भएसँगै बिकास पनि बढेको छः उपप्रधानमन्त्री सिंह >> अण्डाको मूल्य वृद्धि: नयाँ दर लागू >> श्रीलङ्कामा नेपाली राजदूतको लागि नियुक्ति सिफारिस, उजुरीको अवसर >> नेकपा माओवादीको स्थायी कमिटी बैठक सुरू >> मुग्लिन–पोखरा सडकको कोत्रे खण्ड ५ दिन अवरुद्ध, यातायात बन्द हुने >> वायुसेवा सञ्चालक संघको निर्णय: खुम्बु क्षेत्रमा हेलिकप्टर उडान निरन्तरता दिने >> ट्रम्पको परफ्युम विज्ञापनमा बाइडेनकी श्रीमतीको तस्बिर !! >> एउटा यस्ताे जापानी वाइन, जाे युनेस्कोमा सम्पदामा छ सुचिकृत >> जब एक बालकले आमाको प्रेमीको बन्दुकबाट आमालाइ नै  गोली हाने >> क्रिकेटका लिजेन्ड ब्रायन लारा काठमाडाैंमा >> सुनको मुल्य १ हजार बढीले घटयो >> नेपाल र चीनबीचका सम्बन्धमा बौद्ध धर्म एक चम्किलो धागोः प्रधानमन्त्री >> कर्णाली याक्सले दिएकाे १२९ रनको लक्ष्य पछयाउँदै लुम्बिनी >> सामुदायिक वन समूह समस्यामा, तीन तहका सरकारबीच समन्वयको अभाब  >> बेलायतमा हाडा नाता बिहेवारी बढे पछि प्रतिबन्ध लगाउन माग >> एनसेल फाउन्डेसनद्वारा एनपीएलका चौका बापत १५०० शैक्षिक सामग्रीको वितरण गर्ने पक्का >> सडक निर्माणमा ढिलासुस्ती नगर >> रामग्राम स्तुपमा रहेका बुद्धको अष्टधातुको विशेष पूजा >> एउटै नगरमा २७ सडक >> नेपाल पत्रकार महासङ्घको चुनाव आज >> माैसम पूर्वानुमान : काठमाडौँ उपत्यका र तराईमा हुस्सुको सम्भावना >> एनपीएल : लुम्बिनीविरुद्ध कर्णाली र विराटनगरविरुद्ध चितवन प्रतिस्पर्धामा >> कालिकाको ६४ औ वार्षिकोत्सव, विविध रचनात्मक कार्यक्रम हुदै >> पत्रकार महासंघ रुपन्देहीको उपाध्यक्ष ढकाल निरविरोध सदस्यमा घर्ती अध्यक्षमा ३ जनाको उम्मेद्बारी >> प्रसाइलाइ धरौंटीमा रिहा गर्न अदालतको आदेश >> एनपिएल क्रिकेट : काठमाण्डौलाई हराउँदै जनकपुर बोल्टस् प्लेअफ टोलीमा

काठमाडौँ महानगरले सामुदायिक विद्यालयका विद्यार्थीलाई १६ खेलमा प्रशिक्षण दिने

२७ कार्तिक २०८१, मंगलवार
२७ कार्तिक २०८१, मंगलवार

काठमाडौँ ।

काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीमध्ये विभिन्न खेल प्रशिक्षणमा इच्छा व्यक्त गर्ने १० हजार ९९५ जना खेलाडीबाट छनोट प्रक्रिया अगाडि बढाएको छ ।

यस क्रममा आज विद्यालय निरीक्षक, स्रोत शिक्षक, प्रधानाध्यापक, खेल शिक्षकहरुका बिच कार्य सञ्चालन योजनाका विषयमा अन्तरक्रियात्मक अभिमुखीकरण आयोजना गरियो ।

स्वर्णिम योजना ‘रचनात्मक विद्यालय’ अन्तर्गत कक्षा ४ देखि १२ सम्मका विद्यार्थीहरुका लागि प्रशिक्षण सञ्चालन गर्न लागेको हो । सहरी योजना आयोगका सहायक विज्ञ सस्मित पोखरेलका अनुसार १६ वटा खेल विधामध्ये सबैभन्दा धेरै फुटबलमा २ हजार ३८ जनाले सहभागी हुन इच्छा व्यक्त गरेका छन् ।

फुटबलपछि व्याटमिन्टनमा १२ सय ४७ जना, भलिबलमा १२ सय ४७ जना, क्रिकेटमा ९६० जना, तेक्वान्दोमा ९२५ जना विद्यार्थीले रुचि देखाएका छन् ।

त्यस्तै बास्केटबलमा ८९९ जना, कराँतेमा ८९३ जना, कवड्डीमा ६९० जना, एथलेटिक्समा ५४९ जना, बक्सिङमा ४७१ जना, चेसमा ३४६ जना, टेबुलटेनिसमा २७८ जना, खोखोमा २४५ जना, हक्कीमा १४९ जना, उसुमा ६६ जना र जुडोमा ४० जना जना विद्यार्थीको रुचि देखिएको महानगरले जनाएको छ । पोखरेलकाअनुसार प्रारम्भिक अवस्थामा १७ वटा विधाका खेलमा विद्यार्थीको रुचि बुझ्दा १२ हजार १२१ जना विद्यार्थी आवेदनमार्फत इच्छा व्यक्त गरेका थिए । यसमा रहेको पौडी खेललाई जाडो मौसमका कारण अहिले हटाइएको छ ।

शिक्षा अधिकृत केशव ज्ञवालीकाअनुसार १८ वटा केन्द्रबाट कार्तिक मसान्तभित्र छनोट प्रक्रिया सम्पन्न हुनेछ । यसबाट छानिएका विद्यार्थीहरुलाई मंसिर १ गतेदेखि तालिम दिइनेछ । छनोट र तालिम सामुदायिक विद्यालयका विद्यार्थीबिच हुनेछ । मंसिर, पुस र माघ गरी करिब ३ महिनाभरि जुनियर छात्र र जुनियर छात्रा तथा सिनियर छात्रा र सिनियर छात्र गरी ४ समूहमा तालिम सञ्चालन हुनेछ ।

जुनियरमा कक्षा ४ देखि ८ सम्मका विद्यार्थीलाई र सिनियरमा कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई सहभागी गराइनेछ । कक्षा १० का विद्यार्थीलाई भने खेलमा भन्दा एसइइको तयारीमा प्रोत्साहन गरिनेछ । खेलका तालिम चलाउन नियमित कक्षा अगाडि, पछाडि, विदाका दिन तथा लामो छुट्टीको अवधिलाई उपयोग गरिनेछ । यसपछि माघको अन्तिम सातातिर संस्थागत र सामुदायिक विद्यालयका विद्यार्थीहरुका बिचमा प्रतियोगिता आयोजना गरिनेछ ।

यसरी आयोजना हुने प्रतियोगितालाई अन्तरराष्ट्रिय मापन पद्धतिअनुसार सञ्चालन गरिनेछ । यसमा हार र जितभन्दा पनि खेल क्षेत्रको प्रवर्धनका मानकहरुलाई नतिजा प्राप्तिको सूचक बनाइनेछ ।

खेलका लागि सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाको अध्यक्षतामा ९ सदस्यीय निर्देशक समिति गठन भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?