ट्रेंडिंग:

>> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए ! >> चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात >> उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता >> दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति >> सडक आन्दोलनका विषयमा रास्वपाभित्र चर्को विवाद, सुमनालगायतका नेताहरु आन्दोलन रोक्नुपर्ने पक्षमा >> विभिन्न हातहतियारसहित दुई जना पक्राउ >> पुथाउत्तरगङ्गा- २ को वडा अध्यक्षमा माओवादीका घर्ती निर्बिरोध >> होमस्टे पाठशाला ‘सिरुवारी’ मा रुपन्देहीका होटल ब्यवसायीको भ्रमण >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदी आज नेपाल आउदै >> दुर्गा प्रसाईलाई अदालतमा पेश गरियो

तीस बर्षपछि स्वास्थ्य चौकीले पायो नयाँ संरचना

२७ कार्तिक २०८१, मंगलवार
२७ कार्तिक २०८१, मंगलवार

कपिलवस्तु २७ कार्तिक ।
पुरानो र जीर्ण भवनमा रहेको सिहोखोर स्वास्थ्य चौकीका लागि अति आवश्यक रहेको नयाँ भवन निर्माण पुरा भएको छ । सेचन करुणा नामक गैरसरकारी संस्थाले यशोधरा गाउँपालिका वडा नम्बर ८ स्थित सिहोखोर स्वास्थ्य चौकीको दुई कोठे भवन, बराण्डा र शौचालय निर्माण गरि हस्तान्तरण गरे सगै नयाँ भवनबाट सेवा दिन शुरु गरिएको हो । परिवार नियोजन संघको भिजन २००० परियोजनाको सहयोगमा निर्माण भएको भवनलाई यस अघि स्वास्थ्य चौकी भवनको रूपमा प्रयोग गरिदै आएको थियो ।
३० बर्ष पुरानो २ कोठे भवनमा गर्भवती परिक्षण लगायतका सेवा दिदाँ बर्षातका बेला चुहिने समस्या भोग्दै आएका स्वास्थ्यकर्मीलाई नयाँ भवन निर्माण भए सगै सेवा प्रवाहमा सहजता मिलेको छ । चुहिने भवनका कारण सेवा प्रवाह गर्दा बिभिन्न कठिनाई भोग्नु परेको भएपनि नयाँ भवन सहितको पूर्वाधारका कारण सेवा प्रवाह सहज बनेको सिहोखोर स्वास्थ्य चौकीकी अनमी कल्पना चुनाराले बताइन । ७ जनाको जनशक्ति रहेको स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीका लागि पुरानो भवनबाट सेवा प्रवाह गर्न बिगतमा समस्या पर्दै आएको थियो । स्वास्थ्य चौकीको दुई कोठे भवन सहितको पूर्वाधार निर्माणका लागि १२ लाख ८१ हजार २ सय ५५ रूपैया लागत लागेको थियो । जस्मा सेचन करुणाले १२ लाख १९ हजार ८ सय ८१ रूपैया रकम सहयोग गरेको हो । संस्थाले गरेको सहयोगमा स्थानिय समुदायको अगुवाईमा गठित निर्माण समितिले ६१ हजार ३ सय ७४ रूपैयाँ बढिको जनश्रमदान गरेपछि स्वास्थ्य चौकीको भवन निर्माण पुरा भएको थियो ।

भवन निर्माण पुरा भएपछि संस्थाले स्वास्थ्य चौकीको भवन हस्तान्तरण गरेको थियो । सो सगै स्वास्थ्य चौकीका लागि आवश्यक करिब ६० हजार मुल्यका बिभिन्न फर्निचरका सामाग्री समेत संस्थाबाट दिईएको थियो । नयाँ भवनमा कार्यालय कोठा, गर्भवति जाँच सेवा, खोप सेवा र परिवार नियोजन सेवा प्रदान गरिएको स्वास्थ्य चौकीका प्रमुख सिनियर अहेव अघिकृत केशवराज घिमिरेले जानकारी दिए । आफुले स्वास्थ्य सेवाको क्षेत्रमा २५ बर्ष काम गर्दा भौतिक पुर्वाधार निर्माण र पारदर्शितामा हाल सम्म सो संस्थाको जस्तो राम्रो काम अन्यत्र नदेखेको घिमिरेले अनुभव सुनाए । “यो संस्थाको काम गर्ने शैली समन्वयकारी र कार्य सम्पादन धेरै नै पारदर्शि रहेको देखें ।” उनले भने ।
आफु दुई पटक वडामा निर्वाचित भएको र हाल सम्मको संघ संस्थाको काम हेर्दा सेचन करुणाको काम गर्ने शैली उत्कृष्ट भेटिएको वडा नम्बर ८ का अध्यक्ष सहाबुद्धिन मुसलमानले बताए । संस्थाले आम नागरिक प्रत्यक्ष रूपमा लाभग्राही हुने कार्यमा पारदर्शि रूपमा लगानी गर्दै आएको उनले जानकारी दिए । संस्थाले पूर्ण सरसफाई कार्यक्रम अन्र्तगत वडामा ३० वटा परिवारमा शौचालय निर्माणमा समेत सहयोग गरेको उनले बताए । “संस्थाले यसै वडामा रहेको राष्ट्रिय निमाबिको चार कोठे भवन र एक कोेठे खोप केन्द्र निर्माण गर्न समेत सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।” वडा अध्यक्ष मुसलमानले भने । “कतिपय संस्था आउँछन, समुदायका व्यक्ति जुटाएर बाटोमा बढार्छन अनि भत्ता बाडे्र जान्छन । ति संस्थाले यो संस्थाको राम्रो कामहरूको सिको गर्न आवश्यक छ,” उनले थपे ।
सेचन करुणा संस्थाले जिल्लाको यशोधरा गाउँपालिकाको वडा नम्बर ७ र ८ तथा बिजयनगर गाउँपालिकामा कार्यक्रम सञ्चालन गर्दै आएको छ । गाउँपालिकाको वडा नम्बर ७ सोमडिहका लागि स्वास्थ्य सेवा प्रवाह सहज बनाउन एम्बुलेन्स खरिदका लागि संस्थाले पालिकालाई २० लाख ८ हजार रूपैया दिएको छ । जसबाट अहिले पालिकाले एम्बुलेन्स खरिद प्रक्रिया अगाडी बढाएको छ । त्यसै गरि बिजयनगरको गुगौली स्वास्थ्य चौकीका लागि १ हल तथा २ कोठा निर्माण गरि हस्तान्तरण गर्ने कार्य पुरा भएको छ । १४ लाख ७८ हजारको लागतमा सेचन करुणाले १० लाख रूपैया, गाउँपालिकाले ४ लाख ७८ हजार रूपैया र निर्माण समितिले १ लाख ६४ हजार बढिको श्रमदान गरेका थिए । जस्का कारण स्वास्थ्य चौकीका लागि आवश्यक पूर्वाधार निर्माण भएको थियो ।
संस्थाले दुवै पालिकामा प्रजनन स्वास्थ्य शिविरको आयेजना, बालबिकास शिक्षकलाई टिपीडी तालिम, सरसफाई तथा स्वच्छता बारे तालिम दिएको छ । त्यसैगरि संस्थाले बिजयनगरमा ८० र यशोधरामा ३० वटा शौचालय निर्माणमा सहयोग गरेको छ । संस्थाले नयाँ शौचालय निर्माणका लागि प्रति परिवार १० हजार ५ सयका दरले तथा पुरानो शौचालय मर्मतका लागि ७ हजारको दरले सहयोग दिएको हो । त्यसै गरि गाउँ, वडा र पालिका तहको स्वच्छता समिति निर्माणमा सहयोग, बर्थिङ्ग सेन्टर, स्वास्थ्य चौकीमा फर्निचर तथा उपकरणको सहयोग, गर्भवतीका परिवारलाई दौतरी शिक्षा, स्वास्थ्यकर्मीलाई तालिम र महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका परिचालनमा समेत संस्थाबाट सहयोग भएको जनाईएको छ । हाल सम्म गरिएका कार्यक्रमहरू प्रभावकारी रहेको र सन २०२४ देखी २०२६ को अबधी सम्म दिगो बिकास लक्ष्यका सुचकलाई सहयोग पुर्याउन कार्यक्रम सञ्चालनले सहयोग पुग्ने सेचन करुणाका कपिलवस्तु फिल्ड अफिसका प्रमुख हुमलाल अधिकारीले जानकारी दिए । “हामीले कार्यक्रम सञ्चालनको शूरुवात बाटै पालिका र वडा तह सम्ममै प्रभावकारी समन्वय गरेका छौं । कार्यक्रम सञ्चालन भएका स्थानको आवश्यकतामा आधारीत सहयोगमा साझेदारी गरेका छौं ।” प्रमुख अधिकारीले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?