© २०२३
काठमाडौं
सरकारले २४ घण्टाभित्र उद्योगहरूमा बिजुली जोड्न निर्देशन दिएको छ। आइतबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले निर्णय गर्दै सो निर्देशन दिएको हो।
उद्योगमा विद्युत आपूर्ति बन्दा उत्पादन घट्न गएको, राजश्व संकलनमा असर पुगेको, रोजगारीमा प्रभाव परेको र यसबाट अर्थतन्त्रमा प्रत्यक्ष असर परेको हुँदा विद्युत लाइन सुचारू नभएका उद्योगमा सोमबार १२ बजेभित्र लाइन जोड्ने व्यवस्था गर्न उर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयलाई सरकारले निर्देशन दिएको छ।
त्यस्तै, मन्त्रिपरिषद्को बैठकले १५ दिनभित्र उद्योगहरूले खपत गरेको विद्युतको बक्यौता रकम बिलअनुसार असुल उपर गर्न पनि निर्देशन दिएको छ।
नेपाल विद्युत प्राधिकरणले गत कात्तिक ८ गते विद्युत महसुलवापतको बक्यौता नबुझाएको भन्दै ४० बढी उद्योगको लाइन काटिदिएको थियो।
बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश दिनेशचन्द्र लालको संयोजकत्वमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गर्ने ग्राहकहरूको विद्युत महसुल सम्बन्धी विवाद समाधानको लागि गठित जाँचबुझ आयोगले २०८१ वैशाख २३ मा पेश गरेको प्रतिवेदन सार्वजनिक गर्न ऊर्जा जलश्रोत तथा सिँचाइ मन्त्रालयलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी