ट्रेंडिंग:

>> हङकङसँगको खेल वर्षाले प्रभावित हुँदा नेपाल फाइनलमा >> विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध >> बुटवलमा युनिक डेन्टलको तेस्रो शाखा >> बुटवलबाट पाल्पा तर्फ आउँदै गरेको कार सिद्धार्थ राजमार्गमा पुरियो >> निःशुल्क स्वास्थ्य शिविरमा आठसय भन्दा बढीले सेवा लिए >> शिक्षकका माग पूरा गर्न समाजवादी मोर्चाको आग्रह >> रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट >> एन्जिला चलचित्र किन हेर्ने ? >> सामाजिक सञ्जाल दर्ता नभए बन्द हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> दस्तावेजीकरणको लागि थारुहरूको अध्ययन गर्दै: थारु आयोग >> टी–२० शृङ्खलाको लिग चरणको अन्तिम खेलमा आज नेपाल हङकङसँग खेल्दै >> अरब सागरबाट जलवाष्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षा हुने >> रुपन्देही क्रिकेट एकेडेमी र नवज्योती विजयी >> घरआँगनमै निःशुल्क स्वास्थ्य सेवा, स्थानीय हर्ष  >> नेपालमा स्थायी सरकारका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आवश्यक–महामन्त्री शर्मा >> लुम्बिनी प्रदेशका ६ जिल्लामा वन व्यवस्थापन कार्यक्रमको अनुगमन >> १० तस्विरमा एमालेको जागरण सभा >> सिम्रिक फाईनलमा >> तिलोत्तमामा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसीप हुँदै >> प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता बैंशाख २१ गतेदेखि >> वैदेशिक रोजगारलाई अझै मर्यादित र व्यवस्थित बनाउन जरूरी छः श्रममन्त्री भन्डारी >> दुर्गा प्रसाई माथि अनुसन्धान गर्न १२ दिनको म्याद थप >> एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन्ः प्रधानमन्त्री ओली >> तीनकुने घटनामा न्यायिक छानविन समिति गठनको आवश्यकता छैन् : गृहमन्त्री लेखक >> बर्षाले साढे ५ करोड बराबरको ईट्टा नोक्सान >> पत्रकार महासंघ बाँकेले मानव अधिकार आयोगलाई ज्ञापनपत्र बुझायो >> दाउन्नेमा जाममा परेका गाडीहरू चल्न थाले >> पूर्वराजा ज्ञानेन्द्रलाई संसद समितिमा बोलाउन कांग्रेसको प्रस्ताव >> नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जागरण सभा २०८१ >> भक्तपुरमा बिस्काः जात्राको दोश्रो दिन, रथयात्रामा भक्तजनको घुइँचो >> दुर्गा प्रसाईंलाई पक्राउ गरी काठमाडौं ल्याइयो >> आन्दोलनमा उत्रिएका शिक्षकहरू र शिक्षा मन्त्रालयबीच आज पनि वार्ता हुने >> सुनको भाउ फेरि आकासियो, तोलामा ३,९०० रुपैयाँले उचालिँदै ऐतिहासिक कीर्तिमान >> शिशु अपरहरणको आरोपमा एक महिला नियन्त्रणमा >> तीनकुने राजावादी आन्दोलनपछि फरार दुर्गा प्रसाईं पक्राउ, भारतबाट फर्काइयो काठमाडौं >> हामीले अमेरिकाको ३६ अर्ब डलर नोक्सान गरिदियौंः हुथी >> गर्मीमा छालालाई जोगाउने यी पाँच घरेलु उपाय अपनाउनुहोस् >> आवश्यक पूर्वाधार तयार पारेपछी गौतमबुद्ध बिमानस्थल पूर्णरूपमा सञ्चालन हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> ७० लाख मूल्य बराबरको चरेससहित नेपाली पक्राउ >> रूसले समुन्द्र मुनीका इन्टरनेट काट्ने बेलायती टेलिकम कम्पनिको आशंका >> तीन किलो लागूपदार्थ सहित दुईजना पक्राउ >> बुटवलमा वडाबाट राष्ट्रिय परिचयपत्र >> शिक्षक महासंघले बुझायो २४ बुँदे सूची >> लुम्बिनीको विकासमा स्थानीय समुदायको सहभागिता >> बढ्यो रेमिट्यान्स, दुरूपयोगको चिन्ता >> भुर्तेल लयमा फर्किदा ब्रेक भयो दीपेन्द्रको राष्ट्रिय कीर्तिमान >> दुई दशकपछि बेपत्ताको ‘दाहसंस्कार’ >> मुसिकोट दरबार संरक्षणमा सेनासँगै >> बुटवलमा एमालेले जागरण सभा गर्दै, अध्यक्ष ओलीसहितका शीर्ष नेताले सम्बोधन गर्ने >> लुम्बिनी प्रदेशस्तरीय क्रिकेटको संयुक्त विजेता बने दाङ र रुपन्देही

दिपल इभी रुपन्देहीमा लन्च

२६ कार्तिक २०८१, सोमबार
२६ कार्तिक २०८१, सोमबार

बुटवल, २६ कार्तिक । विश्वकै उत्कृष्ट चारपाग्रे सवारी उत्पादक गर्दै आएको चाईनाको चांगान कम्पनीको दिपल इभी रुपन्देहीमा लन्च गरिएको छ । नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लु वृद्धि र यस क्षेत्रको आधिकारिक विक्रेता जेनस मोटर्सले ईभिको नया अप्सनका रुपमा डिपलका दुई मोडल चारपाग्रे सवारी आईतबार औपचारिक रुपमा लन्च गरिएको हो ।

बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले डिपल एल जिरो सेभेन र डिपल एसजिरो सेभन दुई सवारी लन्च गर्दै बजारमा ईभि सवारीको क्रेज बढ्दो रहेको बताए । ईभि गाडीको विश्वासनियतालाई कायम राख्नेगरि बिक्रेताहरु सेवा दिनुपर्ने उनले सुझाव दिए । स्थानियपालिका ईभिको सेवाप्रती सजग रहेको भन्दै चार्जिङ स्टेसनमा जोड दिएको उनले बताए । आम उपभोक्ताको माग र चाहना अनुसार सेवामा ध्यान दिनुपर्ने भन्दै स्थानिय सरकार सहयोग र सहकार्य गर्ने प्रतिवद्घता जनाए ।

कार्यक्रममा जेनस मोटर्सका प्रबन्ध निर्देशक क्षेत्र कुमार श्रेष्ठले संसारमा नै सबैभन्दा धेरेै फिचर भएको सवारीका रुपमा चानगन कम्पनी पहिचान बनाएको दाबी गर्दै १६० वर्ष लामो ईतिहास बोकेको कम्पनी भएको बताए । दिपलमा वेलकम सिट, सनफलावर टचस्क्रिन, अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, जेस्चर कन्ट्रोल, हेडरेड र आउटडोर स्पिकर लगायतका कारमा १५ भन्दा बढि फिचरहरु रहेको उनले दाबी गरे । अहिलेसम्मकै बढी ५४० किलोमिटर माईलेज यसमा रहेको छ । कार्तिक २७ गते बुटवलमा लुम्बिनी प्रदेशकै ठुलो एक्सचेन्ज एण्ड टेष्ट ड्राईभ क्याम्पको आयोजना क्लब डेनेभोमा राखिएको उनले बताए ।

कार्यक्रममा डिप्पलको अनुभव शेयर गर्दै उद्योगी विकास पाण्डेले ६ महिनाको अवधिमा नेपालका बाटाहरुमा यो उपयुक्त लागेको बताए । यसअघि चलाएका सवारीभन्दा फरक अनुभुति पाएको उनले बताए । ईन्धन सवारी छोडेर ईभिमा आउदा धेरै बलियो सोच बनाउनुपर्ने भन्दै यसको आकर्षक मोडल कै कारण चढेको बताए ।

कार्यक्रममा एम.ए.डब्लु ग्रुपका डिलर हेड सुरेन्द्र केसीले नेपालमा ईभि कारको माग बढ्दो रहेको बताए । नेपालमा हाल कुल सवारीमध्ये ८० प्रतिशतभन्दा बढि ईभि गाडी भित्रिएको उनले दाबी गरे । ‘भित्रिएका सवारी एउटै प्रकारको र गुणस्तरीय भने छैन ।’—उनले भने ।
नेपालमा सवारी भित्राउदा विक्रिपछिको सेवामा जोड दिन जरुरी रहेको भन्दै उपभोक्ताबाट खरिद गर्दा समेत यसमा विशेष ध्यान दिन उनले सुझाव दिए । एम.एड.ब्लु ग्रुप नेपालकै दोस्रो बढी सवारी भित्राउने र गुणस्तरीयताका रुपमा पहिचान बनाएको उनले दाबी गरे ।
६ महिना अघि काठमाडौमा लन्च भएको यो गाडी ६ सय बढि गाडी बिक्रि भएको छ । विश्वका ६ देशका १० शहरमा यो कम्पनीको उत्पादन लिईरहेको छ ।

कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्यालले हरित क्रान्तिको कुरा गरिरहदा समयसापेक्ष यो सवारी भएको बताए । विद्युतिय उर्जा अबको समयको माग अनुसार बिस्तारै बढेको भन्दै उनले नया पुस्तामा ईभि सवारी आकर्षक भएको बताए । राष्ट्रिय अर्थतन्त्रलाई समेत उकास्न यो नया प्रविधि उपयोगी हुनेमा उनले आशा ब्यक्त गरे । कार्यक्रममा सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर श्रेष्ठले अटो क्षेत्रमा नया ब्यवसायी भित्रदा आशा र उर्जा जागेको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%

admission