© २०२३
गुल्मी, २६ कार्तिक ।
नेपाल वायुसेवा निगमले गुल्मीमा हवाई उडानको समय तालिकामा परिवर्तन गरेको छ । निगमले गुल्मी यस अघि बुधबार र शुक्रबार गरि सातामा दुई दिन उडान गर्दै आईरहेकोमा अबदेखि बिहिबार एक दिन मात्र उडान गर्ने भएको हो ।
नेपाल वायुसेवा निगमको एउटा जहाज ग्राउण्डेट र अर्को अप्रेशनमा रहेको कारण उक्त जहाज नबन्दासम्म निगमले सातामा एक दिन बिहिबार मात्र उडान गर्ने तालिका रहेको रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले जानकारी गराएका छन । निगमले यस अघि बुधबार र शुक्रबारको समय तालिका परिवर्तन गरि बिहिबारलाई उडानको समय तोकेको हो ।
रेसुङ्गा विमानस्थलमा प्रतिकुल मौशमका कारण लामो सयमदेखि हवाई उडान अबरुद्ध हुँदै आएको अबस्थामा गत दुइ सातादेखि मात्र नियमिति उडान शुरु भएको थियो । निगमले नियमित उडान शुरुभएसँगै पुनः उडान तालिकामा परिवर्तन गरेको हो । जिल्लामा हवाई सेवा सञ्चालन गरिएको केही समयपछि साताको चार पटकसम्म उडान गर्दैै आएको निगमले सातामा तीन पटक, दुई पटक गर्दै तालिका परिवर्तन गरि अबदेखि बिहिबार मात्र उडान गर्ने भएको छ ।
नेपाल वायुसेवा निगमले रेसुङ्गादेखि काठमाडौंका लागि ७ हजार ३०० र काठमाडौंबाट रेसुङ्गाका लागि ७ हजार ५०० रूपैयाँ भाडादर कायम गरेकोे छ । गुल्मी–काठमाडौंका लागि नेपाल वायुसेवा निगमको १८ सिट क्षमताको ट्वीनिटर जहाजले उडान गर्दै आईरहेको छ । काठमाडौंबाट बिहान ६ः३० बजे र रेसुङ्गा विमानस्थलबाट बिहान ७:३० बजे नियमित उडान तालिका रहेकोे छ ।
जिल्लामा गत एक वर्ष अघिदेखि व्यावसायीक रूपमा हवाई उडान भैरहेको छ । रेसुङ्गा विमानस्थलमा दिउसोको समयमा अत्याधिक हावा चल्ने भएका कारण बिहानको समयमा मात्र उडानहुने गर्दछ । पछिल्लो समयमा हवाई सेवा शुरु भएसँगै जिल्लामा आउने आन्तरिक एवं वाह्य पर्यटकहरूको संख्यामा पनि बृद्धिहुँदै जान थालेको छ । रेसुङ्गा विमानस्थल सदरमुकाम तम्घासबाट ५ किलो मिटरको दुरीमा रहेको छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी