ट्रेंडिंग:

>> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय

बुटवललाई स्वास्थ्य सुविधामा अब्बल बनाउने गरी काम गर्न नगरप्रमुखको निर्देशन

१५ कार्तिक २०७९, मंगलवार
१५ कार्तिक २०७९, मंगलवार

बुटवल, १५ कात्तिक ।

बुटवल उपमहानगरपालिकालाई स्वास्थ्य सुविधाका क्षेत्रमा अब्बल बनाउने गरी काम गर्न नगर प्रमुख खेलराज पाण्डेयले स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिएका छन् ।

पालिकास्तरीय ०७८÷०७९ को पोषण समीक्षा तथा कार्ययोजना कार्यक्रममा बोल्दै नगरप्रमुख खेलराज पाण्डेयले बुटवललाई स्वास्थ्य सुविधाका क्षेत्रमा अगुवा शहर बनाउने गरी काम गर्न निर्देशन दिए । उहाँले बुटवलमा कसैले पनि स्वास्थ्य उपचारको अभावमा ज्यान गुमाउनुपर्ने अवस्था सिर्जना नहुने गरी कार्ययोजना बनाउने र त्यसैअनुसारले जनशक्ति परिचालन गर्न जोड दिइने बताए ।

‘हामीले बुटवलभित्रका बासिन्दाले उपचार अभाव भयो, औषधि अभाव भयो र समयमा उपचार गर्न पाइएन भन्ने अवस्था सिर्जना गर्नुहुन्न, उनले भने–अहिले हामीसँग उपलब्ध श्रोत साधन र जनशक्तिको भरपूर उपयोग गरेर सेवाप्रवाह गरौं, आगामी दिनमा हाम्रा स्वास्थ्य केन्द्रहरुको स्तर वृद्धि हुनेछ र थप अस्पतालहरु बन्नेछन्, यसले बुटवललाई स्वास्थ्य सुविधाका क्षेत्रमा अब्बल बनाउनेछ ।’

उनले बुटवलमा विशिष्टीकृत अस्पताल स्थापनाका लागि संघ र प्रदेश सरकारसँग समन्वय र सहकार्य भइरहेको बताउँदै छिटै नै बुटवल स्वास्थ्य सुविधाका क्षेत्रमा अगुवा शहर बन्ने बताए । नगर प्रमुख पाण्डेयले मातृस्वास्थ्य र शिशुस्वास्थ्यमा विशेष चासो दिन र उपचारमा विशेष प्राथमिकता दिन स्वास्थ्यकर्मीहरुलाई आग्रह गरे । गर्भवती र सुत्केरी महिलाको स्वास्थ्यलाई ध्यानमा राखेर स्वास्थ्य बीमाको कार्यक्रमबारे विज्ञहरुसँग परामर्श भइरहेको र छिटै नै प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने उने बताए ।

कार्यक्रममा बोल्दै उपप्रमुख सावित्रादेवी अर्यालले गर्भवती र सुत्केरी महिलाको स्वास्थ्यमा पोषणको महत्वपूर्ण भूमिका रहने भएकाले यो कार्यक्रमलाई विशेष प्राथमिकतामा राखेको बताइन् । उनले बुटवलमा स्वास्थ्य उपचार प्रभावकारी बनाउनका लागि क्रियाशील हुनका लागि स्वास्थ्यकर्मीहरुलाई आग्रह गरिन् ।

कार्यक्रममा जनस्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले स्वास्थ्य सुविधा प्रदानका लागि स्वास्थ्यकर्मीहरु प्रतिबद्ध रहेको बताए ।

पालिकास्तरीय ०७८÷०७९ को पोषण समीक्षा तथा कार्ययोजना कार्यक्रममा हालसम्मको प्रगति र आगामी कार्ययोजनाबारे छलफल हुने शिक्षा तथा जनस्वास्थ्य महाशाखाकी कमला भुसालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?