ट्रेंडिंग:

>> ‘भ्यालेन्टाइन डे’ मा तानसेनमा सडक खाना महोत्सव >> स्कलर्स होममा साहित्य अभिमुखीकरण >> नाडा लुम्बिनीको सप्ताहब्यापी कार्यक्रम >> प्रेस सेन्टर नेपाल रूपन्देहीद्वारा २१औं स्थापना दिवसमा दीप प्रज्वलन >> कफी पर्यटनः कति संभव >> पुर्वराजा शाह कपिलवस्तुमा >> अध्यादेशमार्फत जनता सन्तुष्ट, सरकारको कामप्रति सकारात्मक प्रतिक्रिया: प्रधानमन्त्री >> नेप्से परिसूचक २४.५० अङ्कले वृद्धि >> बराबरीमा रोकिए थ्री स्टार र चर्च ब्वाइज >> साउदी क्लब अल हिलाल छाडेर नेयमार हिडे, कता जाने टुंगो लाग्न बाँकी >> माघ १९ मा बुटवलमा फोहोर उठाउने दौड प्रतियोगिता >> कार्यव्यवस्था समितिको बैठकमा कांग्रेस र माओवादी बीच नोकझोक >> सामाजिक सञ्जालको नियन्त्रणका लागि सरकारले नयाँ विधेयक दर्ता गर्यो >> एमाले संसदीय दलको बैठक जारी >> समाजवादी मोर्चाको अन्तर्क्रिया सुरू >> ओलम्पिक खेलमा ट्रान्सजेन्डर खेलाडी माथि प्रतिबन्धको सम्भावना >> प्यालेस्टाइनको पक्षमा बोल्दा स्विटजरल्याण्डमा पत्रकार पक्राउ, तीन दिन पछि रिहा >> विदेश पठाइदिन्छु भन्दै लाखौं ठगी गरेको आरोपमा चार जना पक्राउ >> लोकतान्त्रिक सांस्कृतिक अभियान लिएर देश दौडाहामा निस्कदै >> कार्यव्यवस्था परामर्श समितिको बैठक सिंहदरवारमा जारी >> स्रोत नखुलेको १० लाखसहित बारामा दुई जना पक्राउ >> रोट्र्याक्टको नयाँ नेतृत्वको लागि प्रकाश शर्मा निर्वाचित >> रुकुम आठविसकोटमा एनएमबि बैंकको नयाँ शाखा उद्घाटन >> कपिलवस्तुको कृष्ण नगरबाट १ किलो चरेस सहित एक महिला पक्राउ >> कपिलवस्तुमा आत्महत्या रोक्न दुई हप्ते सचेतना अभियान >> एक सय जना महिलालाई एक हजार सात सय कुखुरा वितरण >> राष्ट्रपति पौडेलद्वारा दीप प्रज्वलन गरि सोनाम ल्होसारको शुभारम्भ >> ११ बजे मन्त्रीपरिषद बैठक बस्दै >> वडाको प्रशासनिक भवन निर्माण गरिने >> नेपालको राजनीतिक अस्थिरताका विविध पक्षहरू >> भारतबाट नब्बे हजार मेट्रिक टन गहुँ आयात गरिँदै >> मधेशमा दाइजोविरुद्ध अभियानको खाँचो >> बुटवल तिनकुनेमा डिडिसीको बिक्री काउन्टर >> ‘भन्सार कानून संसोधनबिना खुल्ला सीमा व्यवस्थापन असंभव’ >> रोकिएन ‘मोडिफाई बाईक’ आतंक थाक्यो कि, लोभियो प्रहरी ? >> प्रदेश राजधानीः देउखुरी पर्यटन >> मानसिक रोग विभाग युसिएमएस भैरहवाको २४ औं वार्षिकोत्सवमा गोष्ठी >> देशमा पश्चिमी वायुको सामान्य प्रभाव, कस्तो रहला दिनभरको मौसम ? >> सत्तापक्षको बैठक: अध्यादेशमा एउटै मत राख्ने, हिउँदे अधिवेशन प्रभावकारी बनाउने >> मदारबाबा दरगाहथानः आस्था साझा, भूगोल विवाद ! >> बैतडीका बिष्ट बुटवल जङ्गलमा मृत फेला >> बाल विवाह विरुद्धको अभियानमा मुख्यमन्त्री आचार्यको प्रतिबद्धता >> नेप्से १०.६१ अंक घटेर २६३३ अंकमा कायम >> अवरुद्ध कर्णाली प्रदेश संसद मंगलबार बस्ने >> सम्पत्ति शुद्धीकरण निवारणमा सम्बन्धित निकायबीच समन्वय अपरिहार्य : प्रधानमन्त्री >> सेनाको हेलिकप्टर लिएर तेह्रथुम पुगेका प्रचण्डले भने – माटोको माया नगर्ने प्रवृत्तिले विदेश जाने क्रम बढ्यो >> ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा बारामा एकको मृत्यु, चालक फरार >> घोराहीको न्यायिक समितिद्वारा पहिलो अर्धवार्षिकमा ४६ विवाद मिलापत्र >> हिउँदे अधिवेशन माघ १८ गतेदेखि सुरु >> सभामुख घिमिरेले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

पर्यटन बोर्डको नेतृत्वमा लन्डनको डब्लयूटीएममा नेपालको सहभागिता

२३ कार्तिक २०८१, शुक्रबार
२३ कार्तिक २०८१, शुक्रबार

काठमाडौँ ।

नेपाल पर्यटन बोर्डको नेतृत्वमा नेपालले लन्डनमा आयोजना गरिएको “वल्र्ड ट्राभल मार्केट २०२४ (डब्ल्यूटीएम) मा सहभागिता जनाएको छ ।

२०८१ कार्तिक २० देखि २२ गते ( ५–७ नोभेम्बर २०२४) सम्मका लागि तय गरिएको वल्र्ड ट्राभल मार्केट–२०२४ मा नेपालले साहसिक यात्रा, सांस्कृतिक विविधता, र दिगो पर्यटनका लागि अग्रणी गन्तव्यको रूपमा आफ्नो उपस्थिति जनाउँदै गर्दै विश्व पर्यटन उद्योगको ध्यान आकर्षित गरेको छ । नेपाल पर्यटन बोर्डले गौरवपूर्वक आफ्नो ४० वर्षको  सहभागिता वर्षको उत्सव मनाउँदै, विश्व पर्यटन क्षेत्रमा लामो समयदेखिको योगदानलाई निरन्तरता दिएको हो ।

१८४ देशहरूबाट ४३ हजार सहभागीहरू, ३ हजार ८७५ प्रदर्शकहरू सहभागी , डब्ल्यूटीएममा  ८२ वटा सम्मेलन सत्रहरू आयोजना गरिएको थियो । हालै लोन्ली प्लानेटद्वारा २०२४ का लागि बेस्ट इन ट्राभल गन्तव्यका रूपमा घोषित भएपछि, यस वर्ष डब्लयूटीएममा नेपालको उपस्थिति थप महत्वपूर्ण बनेको छ । यसले विश्वभरका यात्रुहरू र पर्यटन व्यवसायीसामु नेपालको अनौठो सम्पदाहरुलाई प्रस्तुत गर्ने महत्तवपूर्ण अवसर प्रदान गरेको छ ।

वल्र्ड ट्राभल मार्केटमा नेपालको सहभागिताले नेपाललाई उच्च सम्भावनायुक्त बजारसँग प्रत्यक्ष संलग्न हुन सघाउने र यसले नेपाललाई शीर्ष अन्तर्राष्ट्रिय गन्तव्यहरूको साथ उभ्याउने नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले बताए । उनले नेपालको यो सहभागिताले नयाँ व्यवसायिक अवसरहरू विकास गर्दै, हाम्रो समृद्ध संस्कृति, अनुपम प्राकृतिक दृश्य, र पर्यावरणमैत्री पर्यटनमा रुचि राख्ने वातावरणीय सजग यात्रुहरूसँग सम्बन्ध स्थापित गर्ने अनौठो अवसर प्रदान गर्ने समेत बताए ।

“लोन्ली प्लानेटले नेपाललाई बेस्ट इन ट्राभल गन्तव्यका रूपमा सम्मानित गरेको छ । लोन्ली प्लानेटको यो मान्यताले नेपालको पर्यटन सेवाहरूलाई थप विश्वसनीयता प्रदान गर्दै, प्रतिस्पर्धी गन्तव्यहरूबाट यसलाई अलग बनाउँछ । डब्ल्यूटीएममा नेपालको सहभागिताले देशका अनुपम परिदृश्यहरू प्रख्यात हिमालदेखि प्राचीन सांस्कृतिक स्थलहरूलाई समेटेको छ । यसले आगन्तुकहरूलाई नेपाली सम्पदाका विशिष्ट तत्वहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने अवसर दिएको छ ।” कार्यकारी प्रमुख जोशीले भने ।

नेपाल विश्वका लागि नेपाल आकर्षक गन्तव्यका रूपमा रहिरहेको सन्दर्भमा नेपाललाई साहसिक यात्रा, अध्यात्म, र सम्पदाको संयोजनको गन्तव्यका रुपमा  थप परिचित र बलियो छवी बनाउने कार्यमा यो सहभागिताले महत्वपूर्ण  भूमिका खेल्ले अपेक्षा गरिएको कार्यकारी प्रमुख जोशीले भने । नेपालबाट डब्ल्यूटीएमा विभिन्न ट्रावल कम्पनीहरु, होटल, रिर्सोटहरु सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?