ट्रेंडिंग:

>> हङकङसँगको खेल वर्षाले प्रभावित हुँदा नेपाल फाइनलमा >> विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध >> बुटवलमा युनिक डेन्टलको तेस्रो शाखा >> बुटवलबाट पाल्पा तर्फ आउँदै गरेको कार सिद्धार्थ राजमार्गमा पुरियो >> निःशुल्क स्वास्थ्य शिविरमा आठसय भन्दा बढीले सेवा लिए >> शिक्षकका माग पूरा गर्न समाजवादी मोर्चाको आग्रह >> रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट >> एन्जिला चलचित्र किन हेर्ने ? >> सामाजिक सञ्जाल दर्ता नभए बन्द हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> दस्तावेजीकरणको लागि थारुहरूको अध्ययन गर्दै: थारु आयोग >> टी–२० शृङ्खलाको लिग चरणको अन्तिम खेलमा आज नेपाल हङकङसँग खेल्दै >> अरब सागरबाट जलवाष्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षा हुने >> रुपन्देही क्रिकेट एकेडेमी र नवज्योती विजयी >> घरआँगनमै निःशुल्क स्वास्थ्य सेवा, स्थानीय हर्ष  >> नेपालमा स्थायी सरकारका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आवश्यक–महामन्त्री शर्मा >> लुम्बिनी प्रदेशका ६ जिल्लामा वन व्यवस्थापन कार्यक्रमको अनुगमन >> १० तस्विरमा एमालेको जागरण सभा >> सिम्रिक फाईनलमा >> तिलोत्तमामा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसीप हुँदै >> प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता बैंशाख २१ गतेदेखि >> वैदेशिक रोजगारलाई अझै मर्यादित र व्यवस्थित बनाउन जरूरी छः श्रममन्त्री भन्डारी >> दुर्गा प्रसाई माथि अनुसन्धान गर्न १२ दिनको म्याद थप >> एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन्ः प्रधानमन्त्री ओली >> तीनकुने घटनामा न्यायिक छानविन समिति गठनको आवश्यकता छैन् : गृहमन्त्री लेखक >> बर्षाले साढे ५ करोड बराबरको ईट्टा नोक्सान >> पत्रकार महासंघ बाँकेले मानव अधिकार आयोगलाई ज्ञापनपत्र बुझायो >> दाउन्नेमा जाममा परेका गाडीहरू चल्न थाले >> पूर्वराजा ज्ञानेन्द्रलाई संसद समितिमा बोलाउन कांग्रेसको प्रस्ताव >> नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जागरण सभा २०८१ >> भक्तपुरमा बिस्काः जात्राको दोश्रो दिन, रथयात्रामा भक्तजनको घुइँचो >> दुर्गा प्रसाईंलाई पक्राउ गरी काठमाडौं ल्याइयो >> आन्दोलनमा उत्रिएका शिक्षकहरू र शिक्षा मन्त्रालयबीच आज पनि वार्ता हुने >> सुनको भाउ फेरि आकासियो, तोलामा ३,९०० रुपैयाँले उचालिँदै ऐतिहासिक कीर्तिमान >> शिशु अपरहरणको आरोपमा एक महिला नियन्त्रणमा >> तीनकुने राजावादी आन्दोलनपछि फरार दुर्गा प्रसाईं पक्राउ, भारतबाट फर्काइयो काठमाडौं >> हामीले अमेरिकाको ३६ अर्ब डलर नोक्सान गरिदियौंः हुथी >> गर्मीमा छालालाई जोगाउने यी पाँच घरेलु उपाय अपनाउनुहोस् >> आवश्यक पूर्वाधार तयार पारेपछी गौतमबुद्ध बिमानस्थल पूर्णरूपमा सञ्चालन हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> ७० लाख मूल्य बराबरको चरेससहित नेपाली पक्राउ >> रूसले समुन्द्र मुनीका इन्टरनेट काट्ने बेलायती टेलिकम कम्पनिको आशंका >> तीन किलो लागूपदार्थ सहित दुईजना पक्राउ >> बुटवलमा वडाबाट राष्ट्रिय परिचयपत्र >> शिक्षक महासंघले बुझायो २४ बुँदे सूची >> लुम्बिनीको विकासमा स्थानीय समुदायको सहभागिता >> बढ्यो रेमिट्यान्स, दुरूपयोगको चिन्ता >> भुर्तेल लयमा फर्किदा ब्रेक भयो दीपेन्द्रको राष्ट्रिय कीर्तिमान >> दुई दशकपछि बेपत्ताको ‘दाहसंस्कार’ >> मुसिकोट दरबार संरक्षणमा सेनासँगै >> बुटवलमा एमालेले जागरण सभा गर्दै, अध्यक्ष ओलीसहितका शीर्ष नेताले सम्बोधन गर्ने >> लुम्बिनी प्रदेशस्तरीय क्रिकेटको संयुक्त विजेता बने दाङ र रुपन्देही

एफइसी धनकोष सहकारीको २९ औं साधारणसभा बलेटक्सारमा

२३ कार्तिक २०८१, शुक्रबार
२३ कार्तिक २०८१, शुक्रबार

तिलोत्तमा, २३ कात्तिक ।

एफइसी धनकोष बचत तथा ऋण सहकारी संस्था लिमिटेड तिलोत्तमा ९, मंगलापुर रुपन्देहीको २९ औं साधारण सभा गुल्मीको बलेटक्सारमा सम्पन्न भएको छ । बलेटक्सार सहयोगी सेवा केन्द्र अन्तर्गतको कार्यक्रम बिहीबार सम्पन्न भएको हो ।

साधारण सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्ष तारानाथ कंडेलले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदन प्रस्तुत गर्दै उनले संस्थामा २३ सय २० जना शेयर सदस्य रहेको जानकारी दिए । संस्थाका सचिव निरज कंडेलले सचिवको प्रतिवेदन प्रस्तुत गरेका थिए भने संस्थाको वित्तीय गतिविधिका विषयमा बरिष्ठ व्यवस्थापक मुकुन्दहरि ज्ञवालीले प्रकाश पारेका थिए ।

त्यसअघि कार्यक्रमको उदघाटन गर्दै रुरुक्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले सहकारीका प्रतिवेदनहरूले संस्थाका गतिविधिहरु सही भए पनि सदस्यहरुका शंकाहरु निवारण गर्नेगरी कार्य गर्नु पर्नेमा जोड दिए । कार्यक्रममा रुरुक्षेत्र गाउँपालिका वडा नं. ४ का अध्यक्ष मोतिप्रसाद श्रेष्ठ, रुरुक्षेत्र गाउँपालिका सहकारी शाखा प्रमुख दामोदर ज्ञवाली, जिल्ला सहकारी संघ गुल्मीका कार्यवाहक अध्यक्ष तोयनारायण सवाली, सम्मानित व्यक्तिको तर्फबाट मधु घिमिरे, सहयोगी सेवा केन्द्र सञ्चालक समितिको बर्फबाट देवी पाण्डे, शेयर सदस्यको तर्फबाट पशुपति कंडेलले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमका अवसरमा उत्कृष्ट सदस्यता वृद्धि तथा असल कारोवार गर्ने लक्ष्मी कंडेल, उत्कृष्ट दैनिक बचत कर्ता पम्फा श्रेष्ठ, कर्जा नियमित कारोवार तर्फ मनवहादुर पल्ली साथै शेयर सदस्य व्यवस्थापन विषयमा स्नातकोत्तर उत्तीर्ण गर्ने मधु घिमिरेलाई सम्मान गरिएको छ । कार्यक्रममा संस्थाका उपाध्यक्ष झविन्द्रप्रसाद कंडेल, सचिव निरज कडेललगायतले पनि आ–आफ्नो धारणा राखेका थिए । संस्थाको २९औ साधारण सभाको दोस्रो तथा अन्तिम चरणको कार्यक्रम यही मंसिर १ मा रुपन्देहीको मङ्गलापुरमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%

admission