ट्रेंडिंग:

>> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने >> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित

बढ्दो छ गुल्मीमा फ्रान्सेली पर्यटक

२२ कार्तिक २०८१, बिहीबार
२२ कार्तिक २०८१, बिहीबार

गुल्मी, २२ कार्तिक ।
नेपाल भ्रमणको क्रममा बुधबार बिहान नेपाल एरलायन्सको टुइनेटर जहाज मार्फत गुल्मीको रेसुङ्गा बिमानस्थल आइपुगेका फ्रान्सेली पर्यटकहरू गुल्मीको प्राकृतिक सौन्दर्यता देखेर निकै खुसि बनेका छन । गुल्मीको मदाने गाउँपालिका अन्र्तगत अरबिन्द्र आश्रमका गुरु रामचन्द्र दासको संयोजनमा १२ जना फ्रान्सेली पर्यटकहरू योग साधनासँगै गुल्मीको पर्यटकीय क्षेत्रको भ्रमणका लागि अरबिन्द्र आश्रम आइपुगेका हुन ।

जिल्लामा यति ठूलो संख्यामा एकै पटक आएका पर्यटकहरूलाई रेसुङ्गा नगरपालिकाले बिमानस्थलमै पुगेर जाउँ हिड रेसुङ्गा अभियान अन्तर्गत टोपी लगाएर स्वागत गरेको थियो । नगरपालिकाको तर्फबाट उपप्रमुख अमृतादेबी कुँवरले पर्यटकहरूलाई नगरमा स्वागत गर्दै जिल्लाको महत्वपूर्ण पर्यटकीय क्षेत्रहरूको बारेमा जानकारी गराएकी थिईन । उनले पर्यटकहरूलाई रेसुङ्गा क्षेत्रको भ्रमण गराई त्यस क्षेत्रको धार्मिक एवं पर्यटकीय गन्तव्यसँगै जाउँ हिड रेसुङ्गा अभियानको बारेमा बताएकी थिईन ।
भ्रमणमा आएका फ्रान्सेली नागरिक आबेल र कृस्तिनले आफुहरूलाई गुल्मी जिल्ला निकै सुन्दर लागेको भन्दै यहाँका डाँडापाखा र वनजङ्गल सहितकोे प्राकृतिक सौन्दर्यता र संस्कारलाई बचाई राख्न आग्रह गरे । विदेशमा ठूला शहर देखेको हुँदा यहाँ आफूहरू यहाँको बिविध प्राकृतिक सौन्दर्यतासँगै स्थानीय कला र संस्कृति हेर्न आएको उनीहरूको भनाई थियो । उनीहरूले यसरी राम्रोसँग आतिथ्यता प्रदान गरि रेसुङ्गा क्षेत्रको भ्रमण गराएकोमा नगरपालिकालाई धन्यवाद दिएका छन ।
एक महिनाको भ्रमणमा नेपाल आएका फ्रान्सेली पर्यटकहरू गुल्मीको मदाने गाउँपालिका अन्र्तगत सिर्सेनीमा रहेको अरबिन्द्र आश्रममा एक साता बस्ने कार्यक्रम रहेको छ । त्यहाँ बस्दा उहाँहरूले योग साधना गर्ने र त्यसपछि पाल्पा, पोखरा र बन्दिपुरहुँदै काठमाडौं फर्कने कार्यक्रम रहेको आश्रमका सञ्चालक रामचन्द्र दासले जानकारी दिए ।

आश्रममा योग साधनाका लागि फ्रान्स र जर्मनीका नागरिकहरू आउने गरेको उनले बताए । योग साधनाका लागि आएको अवशरमा विदेशी पर्यटकहरू यस अघि पनि जिल्लाको पर्यटकी क्षेत्र रेसुङ्गा, धुर्कोटको बिचित्र गुफा लगायत ठाउँहरूको भ्रमण गरि फर्कने गरेका छन ।

पछिल्लो समयमा जिल्लामा हवाई सेवाको पहुँच भएपछि आन्तरिक एवं पाह्य पर्यटकहरूको आगमन हुन थालेको छ । तर केही समयदेखि रिडी तम्घास सडखण्डको बिग्रदो अबस्था, सुबिधायुक्त होटलहरूको अभाव र नियमित रूपमा हवाई उडान नहुँदा जिल्लामा साँचे अनुसार पर्यटन प्रर्वद्धन हुन भने अझै सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?