© २०२३
बुटवल, १७ कात्तिक ।
नेपालीको मौलिक तथा राष्ट्रिय सम्वत नेपाल सम्वत ११४५ को स्वागतार्थ तिलोत्तमामा शनिबार बृहत भिन्तुना ¥याली निकालिएको छ ।
भिमसेन नेवा समाज तिलोत्तमाको आहृवानमा तिलोत्तमा ३ पब्लिक पथ हँुदै सुन्दर चोक पुगेर शान्तिचोक हुँदै सगरमाथा पथ सम्म न्हुँ दया भिन्तुना ¥याली निकालिएको हो । नेपालीको महान पर्व तिहार (दीपावली) अन्तर्गतको नेवारी समुदायमा प्रचलित म्हः पूजाको दिनदेखि नेपाल सम्वत (नयाँ वर्ष) प्रारम्भ हुने हुँदा नेपाल सम्वतको स्वागतार्थ हरेक वर्ष निकालिने ¥यालीलाई यस वर्ष पनि निरन्तरता दिइएको समाजका सचिव सितुप्रसाद श्रेष्ठले बताए ।
¥यालीमा जीवित देवि कुमारी, पन्चकन्या साथमा परम्परागत नेवारी धिमेबाजा सहित झाँकीसहित नेवारी समुदायको उल्लेख्य सहभागिता रहेको थियो । ¥यालीमा सहभागीहरुले न्हुँ दया भिन्तुना लेखिएको ब्यानर, प्लेकार्ड तथा नेपाल सम्वतका प्रवर्तक शंखधर साख्वाको फोटो राखेको व्यानर बोकेका थिए । कार्यक्रममा नेवार समुदायका पुरुषले दौरा सुरुवाल (कोथ्य लः) र महिलाले हाकुपटासी लगाएका थिए ।