© २०२३
बुटवल, १७ कात्तिक ।
लायन्स क्लब ईन्टरनेशनल ३२५ पी नेपालको दास्रो क्यबिनेट मिटिङ्ग बुटवलमा हुने भएको छ ।
यही कात्तिक २४ गते शनिबार बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने बैठकको भव्य तयारी गरिएको छ । विभिन्न सामाजिक क्रियाकलाप गर्दै आएको लायन्स अन्तर्राष्ट्रिय जिल्ला परिषद ३२५ पि नेपाल २०२४÷२५ को दोस्रो क्यबिनेट मिटिङ्ग सामाजिक उद्यमशिलता प्रथामिकतामा राखेर कार्यक्रम हुने छ ।
कार्यक्रममा लिडर सिप टे«नर तथा बरिष्ठ पत्रकार राजेन्द्र वानियाले बढ्दो युवा पलायन, सामाजिक उद्यमशिलता हाम्रो भबिष्यबारे र हामीले कसरी आफ्नो घर, परिवार, साथीभाई र वरिपरी तथा समाजमा कसरी सामाजिक उद्यमशिलता मार्फत समावेशिता बढाउन उद्यमका मार्फत प्रोत्साहित गर्न मद्दत गर्न सकिन्छ ? भन्ने विषयमा सहजीकरण गर्नेछन् । सबै सदस्यहरुको मेहनतको कारण अहिले विश्वमा लायन्स क्लव एउटा नमुना सामाजिक क्लवको रुपमा स्थापना भएको बताउँदै उनले यो सामाजिक क्षेत्रको महा अभियानमा सबैले साथ दिनुपर्नेमा जोड दिने छन् ।
त्यस्तै कार्यक्रममा बरिष्ठ हास्य कलाकार मनोज गजुरेलले सामाजमा लायन्सको भूमिका, सद्भाव, सेवा, सत्कार बारेमा बोल्ने छन् । लायन्स इन्टरनेशनल ३२५ पि नेपाल डिष्ट्रिक गभर्नर पुरुषोत्तमभक्त प्रधानाङ्गले यो वर्ष २०२४÷२५ मा सामाजिक सेवा सहित अवको क्लबले उद्यमशिलता मार्फत कसरी तपाई र समाजमा सकारात्मक प्रभाव ल्याउन सकिन्छ र आर्थिक विकास गर्न सकिन्छ भन्ने योजना सहित नयाँ थिम अगाडि सारिएको बताएका थिए ।
कार्यक्रममा इन्टरनेशनल डाइरेक्टर बालकृष्ण बुर्लाकोटी, पिआइडी जिएटी एरिया लिडर ईन्जिनियर संजय खेतान, जिएटि एरिया लिडर खगेन्द्र सिटौला, एलसिआएफ एरिया लिडर राजन लम्साल, मल्टीपल काउन्सील चेयरपर्सन रमेश कुमार लामा, मल्टीपल डिष्ट्रिक मार्केटिङ्ग कोडिनेटर अरुण प्रताप राणा, डिष्ट्रिकका निवर्तमान गभर्नर अर्जुनमान सैजु, फष्ट भिडिजी बालाराम भट्टराई, सेकेन्ड ििभीजी सन्दीप कसौधन, पूर्व गभर्नरहरु नवराज न्यौपाने, सुनिल वझा, अनुप पहारी, महेन्द्र नारायण श्रेष्ठ लगायत लायन्सका लिडरहरु उपस्थित हुने डिष्ट्रिक सचिव माधव खनालले जानकारी दिए ।
डिष्ट्रिक ३२५ पि का १ हजार भन्दा बढी लायन्स लियोहरु सहभागिता रहने सचिव खनालले जानकारी दिए ।