ट्रेंडिंग:

>> इन्जिनयर टिम र ग्लोबल आवाजलाई उपाधि >> राष्ट्रियसभाबाट ५ प्रतिस्थापन विधेयक पारित >> मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबल दाङमा हुँदै >> रास्वपा केन्द्रीय समिति बैठक सुरु, रवि लामिछानेको नेतृत्वमा दोस्रो बैठक >> रवि लामिछानेले दुई तिहाइको सरकारलाई चुनौती : “मलाई जिउँदै छाड्नु नै मेरो जित हो” >> प्रचण्डले कमल कोइरालालाई अन्तिम श्रद्धाञ्जली अर्पण गरे >> पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु >> सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि भएको आक्रमणप्रति गम्भीर आपत्ति जनाउँदै ध्यानाकर्षणपत्र >> राष्ट्रसेवक कर्मचारीको गुणदोष टिप्पणी गर्ने स्थान सदन होइन : प्रधानमन्त्री >> मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा मतदान जारी >> कर्णालीमा हिंसात्मक आक्रमणको ध्यानाकर्षण >> सांसद राणा पक्राउ बारे सभामुख घिमिरेले सदनमा दिए जानकारी >> प्रधानमन्त्री ओली एकीकृत समाजवादीको कार्यालयमा श्रद्धाञ्जली दिन पुगे >> प्रचण्डले बोलाए आफ्नो निजी निवासमा पदाधिकारी बैठक >> बाँकेमा मनाए ईद >> पूर्वराजा ज्ञानेन्द्र शाहलाई कानुनी कारबाहीको दायरामा ल्याउन माओवादी केन्द्रको माग >> राजेन्द्र लिङ्देनले गणतन्त्रवादीलाई भने – तपाईंहरू मादल बजाएर आएको हो? >> झापा, मोरङ र सुनसरीबाट लागुऔषधसहित ६ जना पक्राउ >> कानून निर्माण र कार्यान्वयनबारे लुम्बिनी प्रदेश सभाद्वारा बाँकेका जनप्रतिनिधिसँग छलफल >> लोकतान्त्रिक गणतन्त्रको विकल्प छैन् – राष्ट्रिय महिला मोर्चा >> इस्लाम धर्मावलम्बीहरूले मनाए इद पर्व >> ईदमा महिलाको सामुहिक नमाज >> डलरको भाउ स्थिर हुँदा युराे बढ्याे, अन्य मुद्रा कतिमा हुँदैछ कारोबार ? >> तौलिहवामा श्रीराम कथा ज्ञान महायज्ञ >> घरेलुको देवदह बजारमा अनुगमन अखाद्य वस्तु बरामद गरी नष्ट >> गणतन्त्र संस्थागत गर्ने आधारः सुशासन र विकास >> डढेलो नियन्त्रणमा ध्यान जाओस् >> कर्पोरेट फुटसल प्रतियोगिता सुरु, मिडिया कप आज >> जनतालाई प्रश्न गर्ने अधिकार छः गृहमन्त्री >> खानेपानी योजनाको आयु बढाउँदै बागचौर >> नेपाली समाज हिन्दू धर्म संस्कारमा अडिग: पूर्वप्रधानमन्त्री देउवा >> प्रेस सेन्टरको अध्यक्षमा कमल गिरी विजयी >> आज इस्लाम धर्मावलम्बीले ‘ईद उल फित्र’ अर्थात् ईद पर्व मनाउँदै, देशभर सार्वजनिक विदा >> आजको मौसम : यी दुई प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना >> गणतन्त्र पक्षधरको निष्कर्ष : ज्ञानेन्द्र व्यवस्था उल्ट्याउने गतिविधिमा लागे, कारबाही गर्नुपर्छ >> रक्तदाता समाजको कार्यालय उद्घाटन >> मेडिको फयुजनलाई रोटरी भलिबलको उपाधि >> रवीन्द्र र धवलसहित ४१ जनालाई ५ दिन हिरासत राख्न अनुमति >> सोमबार सार्वजनिक बिदा >> निजामती कर्मचारी संगठन कर्णाली प्रदेशको सातबुँदे घोषणापत्र जारी >> तीन वर्षभित्रै भूमिहीनलाई पुर्जा दिनेगरी कार्ययोजना बनाएका छौँ : अध्यक्ष रिजाल >> धनुषामा युवकको हत्याको विरोधमा प्रदर्शन, प्रहरी र स्थानीयबीच झडप >> स्ववियु चुनाव तातियो , मुगुमा एक स्वतन्त्र सहित दुई जना चुनावी मैदानमा >> सेयर बजारमा २९.८२ अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो >> रवि लामिछाने भोलि देखि पार्टीको जिम्मेवारीमा फर्कने >> प्रतिनिधिसभा ४ बजेका लागि सर्यो >> पुँजीलाई उत्पादन र आयआर्जनमा नजोड्ने सहकारीहरु बन्द हुन्छन् : अध्यक्ष पाठक >> प्रतिपक्षले संसद अबरोध गर्दा गृहमन्त्रीले चैत १५ को घटनाबारे जानकारी दिन पाउनु भएन: रघुजी पन्त >> राकम कर्णालीमा ५० शैयाको स्याटलाईट अस्पताल बनाईने >> दिवा खाजा कार्यक्रम प्रभावकारी बनाउनुपर्ने आवश्यकताः पूर्व राष्ट्रपति भण्डारी

गुल्मीको रेसुङ्गा क्षेत्रस्थित गौशालामा सामूहिक गाईपुजा

१७ कार्तिक २०८१, शनिबार
१७ कार्तिक २०८१, शनिबार

गुल्मी, १७ कात्तिक ।

लक्ष्मी पुजाको अवसरमा शुक्रबार गुल्मीको धार्मिक स्थल रेसुङ्गा क्षेत्र स्थित गौशालामा सामूहिक रुपमा गाई पुजा गरिएको छ । गौशालामा रहेका एक सय ८ गाईलाई पुजागरी गाईलाई दिनभर नुन तथा दाना खुवाईएको थियो ।

कात्तिके औंशीको अवशरमा गाईलाई नुन खुवाउनका लागि बिहानैदेखि सयौं श्रद्धालुहरु गौशाला पुगेका थिए । गाईलाई लक्ष्मीको रुपमा मानेर गोवद्र्धन पुजागरी नुन, तेल, पिठो तथा फलफुलहरु खुवाईने प्रचलन रहेको छ ।

कात्तिक कृष्ण औंशीको दिन रेसुङ्गा स्थित गौंशालामा रहेका गाईलाइ पुजाआजा गरी नुनतेल खुवाएमा लक्ष्मीको सधैभरि घरमा बास हुने र अन्य रोग व्याधिहरुले समेत सताउँदैन भन्ने धार्मिक मान्यता छ । त्यसै मान्यताका कारण गौशाला पुगेर गाईको पुजागर्न र नुन खुवाउनका लागि गुल्मी लगायत बाग्लुङ्, अर्घाखाँची, प्यूठान लगायत छिमेकी जिल्लाहरुवाट समेत श्रद्धालुहरु आउने गर्दछन् ।

रेसुङ्गा संरक्षण समितिले २०४२ सालदेखि गौशालामा स्थानीय जातका गाईहरुको संरक्षण गरी गाईको पालन पोषण गर्दै आईरहेको छ । हिन्दु धर्मावलम्बीहरुले सदियौंदेखि गाईलाई माताको रुपमा पुजाआजा गर्ने प्रचलन रहिआएका कारण पनि यस क्षेत्रमा गाईपुजाको विशेष महत्व रहेको रेसुङ्गा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले जानकारी दिएका छन् ।

रेसुङ्गा संरक्षण समितिले लक्ष्मी पुजाको अवसरमा गाई पुजाको महत्व बताउनका लागि गौशालामा गौ प्रवचन कार्यक्रम समेत सञ्चालन गरेको छ । गौ प्रवचनमा सर्वसाधारणहरुलाई गाईको महत्वको बारेमा जानकारी गराएको थियो ।

पछिल्लो समयमा गत वर्षदेखि संरक्षण समितिले श्रद्धालुहरुबाट गत वर्षदेखि दैनिक एक रुपंैंयाका दरले वार्षिक रुपमा मुष्टि दान संकलन गर्दै आएको छ । रेसुङ्गा क्षेत्रमा रहेको गौशालामा हाल दुई सय भन्दा बढी स्थानीय जातका गाईहरु रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?