Butwal Today

लुम्बिनी इनोभेटर्स बुटक्याम्प  सम्पन्न

१२ कार्तिक २०८१, सोमबार
अ+
अ-
बुटवल(बुटवल टुडे) कार्तिक –
फौरबिट नामक डिजिटल मार्केटिंग कम्पनी द्वारा कारखाना नामक कम्पनीको सहयोग मा,कक्षा ४ देखि ८ सम्मका विद्यार्थीहरूलाई लक्षित गरी ३–दिने लुम्बिनी इनोभेटर्स बुटक्याम्प  सम्पन्न भएको छ ।
कार्तिक ११ गते  बुटवल मिलन चोक स्तिथ सिद्धार्थ कटेजमा कार्यक्रम गरिएको हो ।   यस कार्यक्रममा विद्यार्थीहरूलाई सिर्जनशीलता, नवप्रवर्तन र २१औं शताब्दीका अत्यावश्यक सीपहरू विकास गर्न सहयोग गर्नु रहेको  छ ।   बुटक्याम्पमा स्ट्रयाच  प्रोग्रामिङ, डिजिटल नागरिकता, कृत्रिम बुद्धिमत्ता (एआई), इलेक्ट्रोनिक्स जस्ता विषयहरूमा प्रशिक्षण दिइ विद्यार्थीहरूलाई व्यावहारिक परियोजनामा सहभागी गराइको थियो ।
एस कार्यक्रममा फौरबिट डिजिटल कम्पनीका सिईओ खुशी श्रेष्ठ अभिमुखिकरण प्रदान गरिकी थिईन् ।  नेपथ्य कलेजका प्रिन्सिपल संजीव भण्डारी ले कार्यक्रममा बोल्दै यस प्रकृतिको कार्यक्रममाले  सानो उमेर देखि बाल बालिकामा येस्ता कार्येक्रम गरेर प्रो्हत्शन भने कुरामा जोड दिनु भएको थिय ।   बुटवलका विभिन्न स्कुलबाट २८   जना बिद्यार्थीहरु तिन दिने बुटक्याम्पमा भाग लिएका थिए  ।  लुम्बिनी बोडिङ्ग स्कुल, बिश्व एकता एकडेमी, दीप बोर्डिंग स्कुल, न्यु होराईजन  स्कुल, सिद्धार्थ बोर्डिंग स्कुल बाट भाग लिएका थिए  ।
कार्यक्रम  मार्फत विद्यार्थीहरूलाई उद्यमशील मानसिकता प्रदान गर्न र उनीहरूलाई नवीन समाधानहरू विकास गर्न प्रेरित गरेको थियो ।  यसका साथै, विद्यार्थीहरूका लागि बाल स्वास्थ्य र किशोर स्वास्थ्य सेवा सम्बन्धी विशेष सत्रको समेत आयोजना गरिएको छ । जसमा ओशिन श्रेष्ठ ले स्वास्थ्य परामर्श दिनेछन् तथा शंकरनगर स्तिथ केन  र्डाबेटिज क्लिनिक बाट विद्यार्थीहरूको किड्नी स्वास्थ्य जाँच पनि गरिएको थियो ।   कार्यक्रमले विद्यार्थीहरूको सृजनशीलता र प्रविधि ज्ञान अभिवृद्धि गर्नुका साथ साथै आफ्नो नवितम सोचलाई भिडियो गमे बनाएर छ वटा टिमले स्टल समेत राखेर प्रर्दशन गरेका थिए । राखेर गेम खेले बापत प्रतियोगिले उद्यमशीलताको नमुना पनि पेस गरेको थियो । कार्येक्रमको  प्रयोजक मेरो किनमेल फूड डेलिभेरी कम्पनी, नेपथ्य कलेज, आइ एक्प्रेस, सिद्धि विनायक फूड प्रोडक्ट रहेका थिए ।