ट्रेंडिंग:

>> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए ! >> चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात >> उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता >> दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति >> सडक आन्दोलनका विषयमा रास्वपाभित्र चर्को विवाद, सुमनालगायतका नेताहरु आन्दोलन रोक्नुपर्ने पक्षमा >> विभिन्न हातहतियारसहित दुई जना पक्राउ >> पुथाउत्तरगङ्गा- २ को वडा अध्यक्षमा माओवादीका घर्ती निर्बिरोध >> होमस्टे पाठशाला ‘सिरुवारी’ मा रुपन्देहीका होटल ब्यवसायीको भ्रमण >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदी आज नेपाल आउदै >> दुर्गा प्रसाईलाई अदालतमा पेश गरियो >> रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै

निमार्ण ब्यवसायीहरुलाई सिध्याएर देश बन्ने सोच राख्नु गलत हो । — वरिष्ठ उपाध्यक्ष लामा

रुपन्देहीका निर्माण ब्यवसायीलाई दुई दिने तालिम
१२ कार्तिक २०८१, सोमबार
१२ कार्तिक २०८१, सोमबार

बुटवल, १२ कार्तिक । निमार्ण ब्यवसायीहरु देश बनाउने अभियानमा रहेको नेपाल निर्माण ब्यवसायी महासंघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष एडि लामाले दाबी गरेका छन । बजेट सुनिश्चितता नभएका ठेक्का लगाउने, निमार्ण सम्पन्न भएका ठेक्काको भुक्तानी रोक्ने जस्ता गलत काममा सरकार आफै दोषी रहेको भन्दै उनले निमार्ण ब्यवसायीहरुप्रतिकोे सोचलाई बदल्नुपर्ने बताए । लुम्बिनी निर्माण ब्यवसायी संघ जिल्ला कार्यसमिति रुपन्देहीले भैरहवामा आयोजना गरेको दुई दिने निर्माण ब्यवस्थापन सम्बन्धी तालिम समापन कार्यक्रममा उनले ब्यवसायीहरुको हकहित र दक्षता अभिवृद्धिमा लाग्न सुझाव दिए । ‘निमार्ण ब्यवसायीहरुलाई सिध्याएर देश बन्ने सोच राख्नु गलत हो ।’— उनले भने । सामान्य पेशामा लाग्दा समेत धेरै आईडिया जरुरी हुने भन्दै निर्माण पेशामा सहज प्रमाणपत्र वितरण गर्ने सरकारको गलत प्रक्रियाकै काम अहिले समस्या उत्पन्न भएको उनले बताए । राज्यमा कति निर्माण ब्यवसायी आवश्यक पर्छ भन्ने कुरा सरकारबाट अब सोच्ने बेला आएको उनले बताए । आफुबाट सुधार शुरुवात गर्न जरुरी रहेको भन्दै उनले कतिपय गलत कानुनी प्रावधानहरु सच्चाउन जरूरी रहेको बताए । एउटा निर्माण ब्यवसायीहरुले न्युनतम ५ वटा ठेक्का लिन पाउने प्रावधान यो पेशा जोगाउने र सुधार ल्याउने सकिने उपयुक्त आधार देखिएको उनले बताए । छैटौ ठेक्का लिन ठेकेदारबाट पाच वटामध्येबाट एउटा सक्नुपर्ने हुन्छ। नेपाल सरकारबाट ६ सय अर्बको ठेक्का अहिले रहेको उनले बताए । सामान्यतया ठेक्का लिदा कागजी प्रक्रियालाई विशेष जोड दिन जरुरी रहेको उनले बताए । ‘निर्माण ब्यवसायमा धेरै समस्याहरु छन ।’—उनले भने । आफ्नो पक्षबाट हुने कमजोरी घटाउने गरि लाग्नुपर्ने उनले बताए । हरेक ब्यवसायीबाट ईन्सुरेन्स, ईन्जिनियरिङ, लेखा लगायतका विषयमा ध्यान दिनुपर्ने उनले सुझाव दिए । कन्सट्रक्सन ब्यवस्थापन तालिम पेशा ब्यवसायबारे शुरुवात भएको उनले बताए ।

कार्यक्रममा लुम्बिनी ईन्जिनियर्स एशोसियसका अध्यक्ष महेश्वर लम्सालले निर्माण ब्यवसायीहरु आफ्नो पेशामा एक जना ईन्जिनियरको आवश्यक रहेको बताए । गुणस्तर बढाउने, क्षमता बढाउने, अवसरको खोजी जस्ता एउटै खालको मुद्दामा निर्माण ब्यवसायी र ईन्जिनियरहरु लाग्नुपर्ने उनले सुझाव दिए । निर्माण ब्यवसायी राष्ट्र निर्माताका रुपमा रहेको दाबी गर्दै उनले निर्माण ब्यवसाय ईन्जिनियरिङ, कानुन र विकाससंग सिधा जोडिने उनले तर्क दिदै निर्माण ब्यवसायीहरुको क्षमता विकासमा जोड दिन सुझाव दिए ।

कार्यक्रममा सडक पुर्वाधार कार्यालय, रुपन्देहीका प्रमुख लालु गिरिले सरकारबाट चलाईएको बहुवर्षिय ठेक्का निर्माण सक्दा पनि निर्माण ब्यवसायीहरु भुक्तानी पाउन नसकेको वास्तविकता भएको बताए । लो बिडिङबाट कमसल काम हुने उनले बताउदै बजार मु्ल्य बुझेर ठेक्का लिनुपर्ने सुझाव दिए । निर्माण ब्यवसायीहरु बिडिङ, साइड ब्यवस्थापन तथा खरिद बिक्रिको हिसाब राख्ने लगायतमा कमजोरी देखिने गरेको भन्दै आगामी दिनमा यस्ता विषयमा तालिम जरुरी रहेको उनले बताए ।

कार्यक्रममा संघका रुपन्देही जिल्ला अध्यक्ष मन्जु भुषालले निर्माण ब्यवसायीहरुको हकहित र क्षमता अभिवृध्दिमा सधै संस्था लाग्ने बताइन । आगामी दिनमा निर्माणकै पाटोका रुपमा रहेको बिडिङबारे जानकारी दिने गरि कार्यकर लो बिडिङ लगायतका तालिम चलाउने बताईन ।

कार्यक्रममा संघका सल्लाहकार भिम बहादुर श्रेष्ठ, जबिन कक्षपति, ब्यवसायी ज्ञानेन्द्र लम्साल, कोलनिका रुपन्देहीका प्रमुख मेनुका जैसी, संघका सल्लाहकार छदिलाल श्रीवास्तव, संघका महासचिव प्रितम रौनियार, संघका पुर्व अध्यक्ष तथा जनप्रतिनिधि दामोदर शर्माले अस्वस्थ्य प्रतिस्पर्धा र बदमासी गरेर फाईदा लिने सोचलाई त्याग्न सुझाव दिए । दुई दिनसम्म चलेको तालिममा प्रशिक्षक केशव आचार्यले सहजिकरण गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?