© २०२३
बुटवल, १२ कात्तिक ।
महिलाहरूले पनि समाज सुधार र विकास निर्माणका काम गर्न सक्छन् भन्ने उद्देश्य सहित तिलोत्तमा नगरपालिका वडा नम्बर ३ को एउटा टोल विकास संस्थाको नेतृत्वमा महिलाहरू मात्रै निर्वाचित भएका छन् ।
तिलोत्तमा नगरपालिकाको जनघनत्व र आर्थिक केन्द्रका रुपमा रहेको शुभविहानी टोल विकास संस्थामा अध्यक्षसहित ११ सदस्यीय समितिमा मात्रै महिला निर्वाचित भएका छन् ।
टोल विकास समितिको शनिवार सम्पन्न छैठौं साधारण सभा तथा दोस्रो अधिवेशनले गोमा जीसीको नेतृत्वमा ११ सदस्य महिलाहरू निर्वाचित गरेको हो ।
अध्यक्ष जीसीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा वसन्ता केसी, सचिव ऋतिका बुढ़ा मगर, कोषाध्यक्ष सावित्रा थापा र सदस्यहरुमा कमला अर्याल रेग्मी, सरिता गौतम ज्ञवाली कमला राना, विष्णु माया आले मगर, मिना शर्मा पन्थी, विनु, थापा तथा सुनिता पाण्डे निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
नगरपालिका अन्र्तगतको शुभविहानी टोल विकास संस्थामा १६५ घरधुरी रहेका छन् ।
शुभविहानी टोल विकास संस्थाले आफ्नो क्षेत्रमा सरसफाई, जनस्वास्थ्य, कृषि, शिक्षा तथा सांस्कृति पर्व महोत्सवमा योगदानदिँदै आएको छ ।
हामीहरू नेतृत्वमा पुग्नुलाई अहिले महिलाप्रति टोल समाजमा बढेको विश्वास र प्रतिष्ठाका रुपमा हामीले लिएका छौं