ट्रेंडिंग:

>> भारतबाट नब्बे हजार मेट्रिक टन गहुँ आयात गरिँदै >> मधेशमा दाइजोविरुद्ध अभियानको खाँचो >> बुटवल तिनकुनेमा डिडिसीको बिक्री काउन्टर >> ‘भन्सार कानून संसोधनबिना खुल्ला सीमा व्यवस्थापन असंभव’ >> रोकिएन ‘मोडिफाई बाईक’ आतंक थाक्यो कि, लोभियो प्रहरी ? >> प्रदेश राजधानीः देउखुरी पर्यटन >> मानसिक रोग विभाग युसिएमएस भैरहवाको २४ औं वार्षिकोत्सवमा गोष्ठी >> देशमा पश्चिमी वायुको सामान्य प्रभाव, कस्तो रहला दिनभरको मौसम ? >> सत्तापक्षको बैठक: अध्यादेशमा एउटै मत राख्ने, हिउँदे अधिवेशन प्रभावकारी बनाउने >> मदारबाबा दरगाहथानः आस्था साझा, भूगोल विवाद ! >> बैतडीका बिष्ट बुटवल जङ्गलमा मृत फेला >> बाल विवाह विरुद्धको अभियानमा मुख्यमन्त्री आचार्यको प्रतिबद्धता >> नेप्से १०.६१ अंक घटेर २६३३ अंकमा कायम >> अवरुद्ध कर्णाली प्रदेश संसद मंगलबार बस्ने >> सम्पत्ति शुद्धीकरण निवारणमा सम्बन्धित निकायबीच समन्वय अपरिहार्य : प्रधानमन्त्री >> सेनाको हेलिकप्टर लिएर तेह्रथुम पुगेका प्रचण्डले भने – माटोको माया नगर्ने प्रवृत्तिले विदेश जाने क्रम बढ्यो >> ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा बारामा एकको मृत्यु, चालक फरार >> घोराहीको न्यायिक समितिद्वारा पहिलो अर्धवार्षिकमा ४६ विवाद मिलापत्र >> हिउँदे अधिवेशन माघ १८ गतेदेखि सुरु >> सभामुख घिमिरेले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक >> काममा हिडन थाले सैफ अली >> दोस्रो ई-स्पोर्ट्स राष्ट्रिय च्याम्पियनसिपमा ११ हजार बढी खेलाडीले गरे नाम दर्ता >> अमेरिकाबाट अवैध आप्रवासी फर्काउन कोलम्बिया सरकार तयार >> काठमाडौंमा ३९ लाख नगदसहित एक जना पक्राउ >> पाल्पाका दश हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने >> सुनको भाउ तोलामा ३ सय रुपैयाँले घट्यो >> सभापति कपमा आज संकटा र मच्छिन्द्र आमुने सामुने हुने >> ओस्कार ट्रफीमा देखिने मूर्ति कस्को हो त? रोचक कुरा जान्नुहोस् >> हमास नियन्त्रणमा रहेका इजरायली महिला सैनिकले भने, ‘यसबिचमा अरबीभाषा सिक्यौं’ >> अछाममा दुई किशोरीको मृत्यु प्रकरण : तीन दिनसम्म घटनाबारे डिएसपी ‘मौन’ >> भन्सार राजस्व चुहावट रोक्न जोड >> अर्को ‘ब्रेक थ्रु’ मा ढिलाई नहोस् >> न्यायिक समितिको कार्यबारे जानकारी गराउँदै गाउँ टोलमा >> ‘सुन्तलाखर्क’ को पाखैभरि पहेँलपुर सुन्तला >> मालिकामा कम गुणस्तरको मदिरा बिक्रीमा रोक >> अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थलः पर्यटनको ढोका >> पहाडमा आंशिक बदली, तराईमा हुस्सु र कुहिरो >> सत्तारुढ दलको बैठक बस्दै >> करोड धरौटी बुझाएर छुटे रवि >> खेल संघहरु जिम्मेवार बन्न राखेप उपाध्यक्ष आचार्यको आग्रह >> रविबारे रुपन्देही अदालत- आरोपितले कसुर नगरेको विश्वास गर्नुपर्ने मनासिब आधार देखिएन >> ताल परिसरमा बनेको टहरा हट्यो >> रुपन्देहीमा रविलाई १ करोड धरौटीमा छाड्न आदेश >> आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार जिल्ला सञ्जाल दाङ निरन्तरता >> २८६१ औ सोनाम लोसारको अवसरमा रक्तदान >> भरतपुर महानगरपालिकाले पहाडी क्षेत्रका शिक्षकलाई आवासीय भत्ता उपलब्ध >> रबि लामिछाने पक्षकाे बहस सकियाे, केही बेरमा आदेश आउने सक्ने >> नेपालमा ७२ औं विश्व कुष्ठरोग दिवस, कुष्ठरोग कम हुँदै >> सेनाको फोटो तथा वृहत प्रदर्शनी >> सेयर बजारमा गिरावट, कारोबार रकममा वृद्धि

उत्पादनशिल क्षेत्रमा सहकारीको लगानी जरुरी

११ कार्तिक २०८१, आईतवार
११ कार्तिक २०८१, आईतवार

बुटवल, ११ कार्तिक । सहकारी संस्थाहरु उत्पादनशिल क्षेत्रमा लगानी गर्ने गरि कार्यक्रम गर्न जरुरी रहेको एक कार्यक्रममा बोल्ने बक्ताहरुले जोड दिएका छन । जागरुक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औ वार्षिक साधारण सभा तथा सातौ निर्वाचन २०८१ मा बोल्ने बक्ताहरुले सरकारबाट सहकारी देखिएको बेतिथि हटाउने गरि योजना ल्याउनुपने बताए ।

कार्यक्रममा सहकारीका अध्यक्ष लक्ष्मण बश्यालले वार्षिक प्रगति विवरण पेश गर्दै सिमित सहकारीमा देखिएको समस्याकै कारण समग्र सहकारीप्रतिको दृष्टिकोण गलत बनाउन नहुने बताए । पछिल्लोसमय देखिएको सहकारीको समस्या समाधानमा सरकार लाग्नुपर्ने बताए । ‘सहकारी बचाउन अहिलेको देशको अभियन्ताहरुको अब योजना ल्याउनुपर्छ ।’—उनले भने । देशमा भएका ३१ हजार ५ सय सहकारीमध्ये केवल ४० वटा सहकारीहरुमा करीब ८७ अर्ब रुपैया सदस्यहरुको बचत अपचलन भएको संसदिय समितिले देखाएको उनले बताए । सहकारी डुब्नुका मुख्य कारणमा अनुत्पादक क्षेत्रमा लगानी, पारिवारिक एकाधिकार, अर्थतन्त्रमा देखिएको समस्या, दण्डहिनता, सहकारी अभियानमा सैद्धान्तिक बिचलन, तहगत रुपमा बाझिने खालको निति, अपारदर्शी निक्षेप संकलन लगायत भएको भन्दै यसमा ध्यान दिन जरुरी रहेको उनले बताए । सहकारीका शेयर सदस्यहरुलाई उदमशिल बनाउने गरि युएसआईडिको सहकार्यमा नियमित तालिम चलाउदै आएको उनले बताए ।
कार्यक्रमको एक समारोहका बिच जेष्ठ नागरिक डिलाराम भण्डारीले उद्घाटन गरे ।

नेपालमा ३१ हजार ५ सय सहकारी छन । सहकारीमा कुल शेयर पुजी ४ अर्ब १५ करोड रुपैया, बचत संकलन ४७८ अर्ब र ऋण परिचालन करिब ४२६ अर्ब पुगेको देखिन्छ । यो क्षेत्रबाट मुलुकको कुल ग्राहस्थ उत्पादनमा ३ प्रतिशत र वित्तिय क्षेत्रमा करिब २० प्रतिशत मात्र योगदान रहेको अनुमान छ । सहकारी संघसंस्थामा करीब ९४ हजारले प्रत्यक्ष र सहकारी क्षेत्रको अप्रत्यक्ष प्रभावबाट समुदाय तहमा करीब १० लाखले रोजगार पाएका छन । कार्यक्रममा सहकारीका सचिव श्याम प्रसाद पाण्डे, उपाध्यक्ष हिमलाल भट्टराई, सल्लाहकार देवि पौडेल, शेयर सदस्य बेनिराम घिमिरेले सबै सहकारीमा समस्या नरहेको भन्दै सहकारीप्रतिको दृष्टिकोण परिवर्तन जरुरी रहेको बताए ।

यसैबिच सहकारीको १७ औ वार्षिक साधारण सभा तथा सातौ अधिवेशनबाट हिमलाल भट्टराईको अध्यक्षतामा ११ सदस्यीय नया सञ्चालक समिति निर्विरोध निर्वाचित भएका छन । जसको उपाध्यक्ष श्याम प्रसाद पाण्डे, सचिव कृष्ण कुमार पोखरेल उपाध्याय, कोषाध्यक्ष मोती श्रेष्ठ तथा सदस्यमा थानेश्वर अर्याल, माधुरी आचार्य, कृष्णप्रसाद पौडेल, शेषकान्त अर्याल, रविन्द्राथ पंगेनी, टिकाकला खनाल र विजयकुमार उपाध्याय निर्वाचित भएका छन ।
यसैगरि लेखा सुपरिवेक्षण समितिको संयोजकमा तुलसीराम वञ्जाडे तथा सदस्यहरुमा कृष्ण प्रसाद पाण्डे र एमकला न्यौपाने रहेका छन । नवनिर्वाचित सञ्चालन समितिलाई निर्वाचन समितिका संयोजक संदिप सापकोटाले प्रमाणपत्र वितरण गर्दै शपथ खुवाए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?