ट्रेंडिंग:

>> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल

रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीद्वारा मानव सेवा आश्रममा भोजन दान

१० कार्तिक २०८१, शनिबार
१० कार्तिक २०८१, शनिबार

बुटवल, १० कात्तिक ।

रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीले आफ्नो ९औं चार्टर दिवसको अवसरमा मानव सेवा आश्रममा विशेष भोजन दान कार्यक्रमको आयोजना गरेको छ । क्लबका सदस्यहरूको आर्थिक योगदानबाट रु. ५० हजार संकलन गरी असहाय, बेसहारा र विपन्न नागरिकहरूलाई भोजन वितरण गरिएको हो । क्लबका कार्यक्रम संयोजक शिवशंकर जयसवालको नेतृत्वमा आयोजना गरिएको यो कार्यक्रममा क्लबका सदस्यहरूको उपस्थिति थियो।

कार्यक्रममा मानव सेवा आश्रम नेपालका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले मानव सेवा आश्रम र रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीबीचको सहकार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिँदै नेपाललाई सडकमा आश्रय खोजिरहेका सहयोगापेक्षी नागरिकहरूबाट मुक्त बनाउनका लागि यस्ता सेवामूलक कार्यहरू आवश्यक रहेको बताए ।

कार्यक्रमको औपचारिक सुरुवातमा क्लबका संस्थापक अध्यक्ष विमल सेन्चुरीले विगत ९ वर्षदेखि रोटरी क्लबले समाजसेवामा पुर्याउँदै आएको योगदानबारे जानकारी गराउँदै सेवा र मित्रताको यो यात्रालाई अझ सशक्त बनाउन प्रतिबद्ध रहेको उल्लेख गरे। कार्यक्रममा सचिव गंगाधर भण्डारी, क्लबका पूर्व अध्यक्ष कृष्णप्रसाद पाण्डेले यस वर्षको भोजन दान कार्यक्रमले स्थानीय समुदायमा सकारात्मक प्रभाव पुर्याउने विश्वास व्यक्त गरे ।

रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीका भावी अध्यक्ष विष्णु शर्माले यो कार्यक्रमलाई सफल बनाउन पाउँदा गर्व महसुस भएको बताए । क्लबका सदस्यहरूले सहयोग गरेर रु. ५०हजार जुटाएर यो समाजसेवाको कार्य सम्पन्न गरिएकोमा उनले सबै सदस्यहरूलाई धन्यवाद व्यक्त गरेका थिए । यसैगरी, यस पाली को चार्टर डे मा मानव सेवा मा भोजन दान कार्यको अवधारणा राखेको इभेन्ट म्यानेजमेन्ट चेयर बासु बादलले यस प्रकारका सहयोगात्मक कार्यहरू समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बतायका थिए ।

यस प्रकारका सेवा कार्यहरूले समाजमा सहयोगको भावना अझ सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलेको छ, रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीले आगामी दिनहरूमा पनि यस्तै सेवाका कार्यहरू जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?