© २०२३
कपिलवस्तु, १० कात्तिक
नेपाली काँग्रेस पार्टीको भातृ संगठन नेपाल तरुण दलको ७२ औं स्थापना दिवसको अवसरमा कपिलवस्तु बाल गृहमा खाद्यान्न हस्तान्तरण गरिएको छ । नेपाल तरुण दल जिल्ला कार्यसमिति कपिलवस्तुले बाल गृहमा ५० हजार मूल्य बराबरको खाद्यान्न सामग्री हस्तान्तरण गरेको हो ।
नेपाल तरुण दल कपिलवस्तुका अध्यक्ष खोमबहादुर सिंह ठकुरी (शक्ति) ले कपिलवस्तु बाल संगठनका अध्यक्ष गोपालमणि ज्ञवालीलाई खाद्यान्न सामग्री हस्तान्तरण गरेका हुन् । हस्तान्तरण गरिएको सामग्रीमा चामल, दाल, आलु, सोयाबिन लगायतका सामग्री छन् । हस्तान्तरण कार्यक्रममा काँग्रेस शिवराज नगर सभापति मधु पोख्रेल, नेविसंघका जिल्ला अध्यक्ष चन्द्रकान्त पोख्रेल, नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखा अध्यक्ष किरणमान बज्राचार्य, नेपाल लोकतान्त्रिक खेलकुद संघ जिल्ला कार्यसमिति कपिलवस्तुका अध्यक्ष पदमप्रताप सेन, बाल गृहका प्रमुख रामप्रसाद अर्याल, नेविसंघ जिल्ला उपाध्यक्ष मिन थापा, सिद्धार्थ क्याम्पसका स्ववियु सभापति निलकमल थारु, नेविसंघ सदस्य गंगेश प्रसाद ठाकुर लगायतको सहभागिता रहेको थियो ।
बिगतमा अन्य सामाजिक गतिविधि गर्दै आएको तरुण दलले सामाजिक उत्तरदायित्व बहनका लागि बाल गृहमा खाद्यान्न सहयोग गरेको तरुण दल जिल्ला सचिव अमर पौडेलले बताए । तरुण दल निरन्तर सामाजिक गतिविधिमा लाग्दै आएको सहसचिव दिनेश क्षेत्रीको भनाई थियो ।
तरुण दलले कोराना कालमा समेत सामाजिक सेवामा उदाहरणीय कार्य गरेको स्मरण गर्दै तरुण दल समाजसेवामा अग्रणी संगठनको रुपमा स्थापित भएको पत्रकार महासंघ जिल्ला अध्यक्ष किरणमान बज्राचार्यले बताए ।
तरुण दलले बाल गृहमा खाद्यान्न सहयोग गरेर सह्रानिय सामाजिक गतिबिधि गरेको कपिलवस्तु बाल संगठनका अध्यक्ष गोपालमणि ज्ञवालीले बताए । बाल गृहका आश्रित बालकका लागि स्थायी आवासीय भवन आवश्यक रहेको ज्ञवालीको भनाई थियो । तरुण दलले हरेक परिवर्तनमा नेतृत्वदायी भूमिका खेल्दै आएको तरुण दलका जिल्ला अध्यक्ष खोमबहादुर सिंह ठकुरी (शक्ति) ले बताए । सामाजिक उत्तरदायित्व र मानवीय कार्यमा सहयोगको उद्देश्यले कपिलवस्तु बाल गृहमा खाद्यान्न सहयोग गरिएको उनले स्पष्ट पारे । कपिलवस्तु बाल गृहमा ३२ जना अभिभावकबिहीन बालकहरु आश्रित रहेका छन् ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी