ट्रेंडिंग:

>> नेपाल सम्वत ११४५ को पूर्वसन्ध्यामा मोटरसाईकल रयाली >> ट्रकले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु >> जापानमा साइकल चलाउँदा मोबाइल चलाउनेलाई ६ महिनाको जेल सजाय >> एनपीएलका लागि जनकपुरले भित्र्यायो पाकिस्तानका बलिङ अलराउन्डर मोहसिन >> कमला ह्यारिसको र्यालीमा प्रसिद्ध गायिका लोपेज पनि सहभागी >> नेपाल एक खेलअघि नै हङकङ सिक्सेसको क्वाटरफाइनलमा >> बंगलादेशमा हसिनाको दल अवामी लिगको केन्द्रीय कार्यलय तोडफोडपछि आगजनी >> दुखाई कम गर्ने पेनकिलरले बढाउदैछन् दुख ! >> स्पेनको बाढीमा मृत्यु हुनेको संख्या १५८ पुग्यो >> भैरहवा उडान गर्ने सर्तमा थाई एयर एशियामाथिको प्रतिबन्ध फुकुवा >> किन मनाइन्छ तिहार ? >> लक्ष्मीपूजाको दिन विद्युतको उच्च माग १६०२ मेगावाट, २५३ मेगावाट भारतर्फ निर्यात >> हङकङ सिक्सेसमा आज नेपालले इङल्याण्डविरुद्ध खेल्दै >> माैसम पूर्वानुमान : आज यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना >> आज तिहारको कुनै पर्व छैन: पञ्चाङ्ग निर्णायक समिति >> प्रजापति र कुमाल समुदायलाई माटाका सामग्री बनाउन र बेच्न भ्याईनभ्याई >> शिक्षण पेसासँगै फूल खेतीमा रमाउँदै >> सर्भरमा समस्या आउँदा डिस्चार्ज भएका बिरामी अस्पतालमै  >> देवकोटा जयन्ती तथा प्रतिभा संगम कार्यक्रम >> फोहोर बोक्ने ट्रक चढेर ट्रम्पको चुनावी र्याली >> नेपाल संवतले राष्ट्रिय स्वाभीमान र मौलिक संस्कृतिको प्रतिनिधित्व गर्छ- प्रचण्ड >> आइपिएलका फ्रेन्चाइजीले कुन कुन खेलाडी रिटेन गरे ? >> कृष्णबहादुर महराका छोरा राहुल १४ महिनामा थुना मुक्त >> नेपाल सम्वत ११४५ को स्वागतमा बुटवलमा विविध कार्यक्रम हुने >> अवैध लागूऔषध सहित पाँच जना पक्राउ >> मुम्बई इण्डियन्सले रिटेन गर्यो पाँच खेलाडी >> बंगलादेशविरुद्धको टेस्ट सिरिज दक्षिण अफ्रिकाको क्लीन स्वीप >> तिहारमा किन र कसरी खेलिन्छ देउसी-भैलो ? >> साम्बा भन्छिन्- यो हार बिर्सिन धेरै समय लाग्छ >> विश्वकप लिग-२ अन्तर्गत आज अमेरिका र स्कटल्याण्डबीच खेल हुदै >> रवि लामिछानेको बयान सकियो, तिहारपछि अदालतमा लगिने >> साफमा उपविजेता बनेको महिला फुटबल टिमलाई पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा >> उत्तर कोरियाले गर्यो अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परिक्षण >> स्पेनमा बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो >> अर्जुन कपुरले गरे मलाइकासँग ब्रेकअपको पुष्टि >> सरकारी अस्पतालमा बालबालिका जन्मिनासाथ अपांगतासहित चार स्वास्थ्य परीक्षण अनिवार्य >> निलम्बित मुख्यसचिव अर्याललाई भ्रष्टाचारको आरोपबाट सफाई >> उज्यालो र झिलिमिली बत्तीको चाड तिहार >> प्लाष्टिक माला : नगरमा बन्द, गाउँमा खुला >> सुनको मुल्यमा आजपनि नयाँ किर्तिमान, तोलाको एक लाख ७१ हजार >> म्यानमारका संस्कृतिमन्त्री लुम्बिनी भ्रमणमा >> हिरो मोटरसाईकल किन्दा ५ लाख उपहार >> आठ वर्षपछि दम्ती सबस्टेशन संचालन >> महेशपुर भन्सारको राजस्व संकलन ओरालो >> पक्षघात सचेतनामा ढिलाई नगरौं >> नेपाल सम्वत् र म्हःपूजाको पृष्ठभूमि >> वारी सोधी, पारी किनमेल >> चाडपर्वमा नेटवर्कको सास्ती >> लुम्बिनीमा १२ करोडको सयपत्री कति फूलले बजार पाउला ? >> आज कात्तिक कृष्ण चतुर्दशी : कुकुर तिहार मनाइदै

लुम्बिनी प्रदेश सरकारले ‘घुम्न जाउँ बर्दिया’ अभियान सञ्चालन गर्ने

१० कार्तिक २०८१, शनिबार
१० कार्तिक २०८१, शनिबार

लमही, १० कात्तिक ।

लुम्बिनी प्रदेश सरकारले यस वर्ष “घुम्न जाउँ बर्दिया“ अभियान सञ्चालन गर्ने भएको छ । जसको उद्देश्य बर्दियामा पर्यटकहरूको संख्या बढाएर आर्थिक समृद्धि हासिल गर्नु हो । अभियान २९ कात्तिकदेखि ठाकुरद्वारामा सुरु हुनेछ । उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले बर्दियालाई प्रमुख पर्यटकीय गन्तव्य बनाउन यस अभियानले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।

बर्दियाको मुख्य आकर्षणहरूमा बाघ, जंगल सफारी, दौलतपुर घाटमा डल्फिन, कृष्णसार, थारु संस्कृति, होमस्टे अनुभव र विभिन्न धार्मिक स्थलहरू छन्। अभियानका क्रममा पर्यटन प्रवर्धनका लागि प्रचारात्मक कार्यक्रमहरू सञ्चालन गरिनेछ । सामाजिक सञ्जालको भरपूर प्रयोगसँगै भारतीय सीमावर्ती क्षेत्रमा समेत प्रचारात्मक गतिविधि गरिनेछ ।

यसैगरी व्यावसायिक रुपमा कृषि क्षेत्रलाई अगाडि बढाएका विभिन्न स्थलहरु अवलोकन तथा कृषि अध्ययनका लागि पर्याप्त छ । स्थानीय कला संस्कृति झल्कने थारु नृत्य पनि बर्दियाको अर्को आकर्षणको केन्द्र हो । ‘बर्दियाामा मुख्यगरी बाघ हेर्न पाईन्छ, बाघ लगायत अरु जनावर जंगल सफारी गरेर हेर्न पाईन्छ’, मन्त्री न्यौपानेले भने,‘जंगलसफारी बर्दियाको प्रमुख आकर्षण हो, यससंगै कृष्णसार, डल्फिनको अवलोकन संगै यहाँका होम स्टेहरुमा पाइने स्थानीय परिकारको स्वाद तथा थारु संस्कृतिको नाच यो जिल्लाका पर्यटकीय आकर्षणका केन्द्र हुन्, यी क्षेत्रहरुको प्रवद्र्धन गरेर बर्दियामा पर्यटक भित्र्याउने लक्ष्य मन्त्रालयको छ ।’ यसैगरी धार्मिक पर्यटन अन्तर्गत बर्दियामा विभिन्न पुरातात्विक धार्मिक धामहरु समेत बर्दियाका थप आकर्षण हुन् ।

स्थानीय तहहरूसँग समन्वय गर्दै पर्यटकीय स्थलहरूको व्यवस्थापन र बसोबासको सुविधाको व्यवस्था गरिनेछ। अभियानमार्फत विदेशी र आन्तरिक पर्यटकलाई बर्दियाको आकर्षणबारे जानकारी दिन थालिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?