ट्रेंडिंग:

>> यु–१४ टि ट्वान्टी क्रिकेटमा वेष्ट्रन विजयी >> आन्दोलनरत शिक्षकहरुकोे नयाँ बानेश्वरमा धर्ना >> बर्दघाटमा पाँच दिने योग शिविर, स्वस्थ रहन घरघरमा योग पुर्याउनु पर्नेमा जोड >> शिक्षकको माग सम्वोधन गराउन गगन थापा र विश्वप्रकाशले लिए पहलकदमी >> बिचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरूमसम्म छः गगन थापा >> नयाँ वर्षकाे पहिलाे काराेबार दिन : सुनकाे भाउ एक हजार सात सय रुपैयाँले घट्यो >> आन्दोलनरत शिक्षकले प्रधानमन्त्रीबाहेक अरूसँग वार्ता नगर्ने >> त्रिविको ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट अव अनलाइनबाट लिन सकिने >> निरजलाई सूर्य नेपाल एनपिजिए म्याच-प्लेको उपाधि >> मेरो फाइक्रोफाइनान्समा रोजगारीको अवसर यस्तो छ योग्यता र अनुभव (नोटिस सहित) >> शिक्षकको तर्फबाट राज्य सञ्चालकलाई लेखिएको पत्र >> भन्सार छलीको समानसहित टेम्पो चालक पक्राउ >> झुक्किएर पनि बिहानको नास्तामा यी चार चीज नखानुहोस् >> खोलामा डुबेर बालकको मृत्यु >> गुल्मीमा जिप दुर्घटना, तीन जना घाईते >> नयाँ वर्षसंगै कान्तिपुर पोलिक्लिनिकको सेवा शुभारम्भ >> अस्थायी, करार कर्मचारी पनि अब सामाजिक सुरक्षा योजनामा >> देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा >> सिम्रिकलाई आठौ भुपुसैनिक कपको उपाधि >> पाल्पामा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु >> सलमान खानलाई फेरी ज्यान मार्ने धम्की, दुई शंकास्पद युवाको गरियो खानतलासी >> ‘ज्ञानेन्द्र शाहले तीनकुने घटनामा दुःख ब्यक्त गरे पनि जिम्मेवारी लिएनन’ >> सरकार फेरिने हल्ला प्रचण्डको कुण्ठामात्र : एमाले >> ओमानविरुद्ध नेपालको सहज जित, १५ ओभरभित्रै भेट्यो लक्ष्य >> एसिया छनोट : नेपालले पायो ११८ रनको लक्ष्य >> वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन, १ लाख युवा काठमाडौँमा उतार्ने >> समग्र रोजगार श्रृंखलमा काम गर्ने श्रम मन्त्रिको प्रतिवद्धता >> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै

मतदाता रिझाउन टोलटोलमा पुग्दै उम्मेदवारहरु

१४ कार्तिक २०७९, सोमबार
१४ कार्तिक २०७९, सोमबार

बुटवल, १४ कात्तिक ।

रुपन्देहीका पाँचवटा प्रतिनिधिसभा र १० वटा प्रदेशसभाका उम्मेद्वारहरु मतदाता रिझाउन टोलटोलमा पुग्न थालेका छन् । मंसिर ४ मा हुने प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार टोलटोलमा मतदाता भेटघाटमा व्यस्त भएका हुन् ।

पुराना अनुहार आफ्ना कार्यकर्ता र पहिले मतदान गरेका मतदातालाई भेटी मत दिएबापत आफूले गर्ने कामबारे प्रस्ट्याउँदै हिंडेका छन् भने नयाँ अनुहार आफू र आफ्नो योजना परिचित गराउँदै मतदाता आकर्षित गर्ने काममा जुटेका छन् ।

विभिन्न दलका उम्मेदवारको प्रचारप्रसारका लागि रूपन्देहीमा क्षेत्रैपिच्छे जनसम्पर्क कार्यालय विस्तार गरिएको छ । ती कार्यालयको उद्घाटन गरिसकेका उम्मेदवारहरुले आमनागरिक बोलाउने, उनीहरूबीच आफ्ना धारणा राख्ने काम गरिरहेका छन् ।

रूपन्देहीमा मुख्य राजनीतिक दलका पुरानै अनुहार चुनावी मैदानमा उत्रिएका छन् भने स्वतन्त्र र अन्य दलबाट केही युवा उम्मेदवार पनि प्रतिस्पर्धा गर्दै छन् । क्षेत्र नं. १ मा पाँचदलीय गठबन्धनबाट उम्मेदवारी दिएर मतदाताबीच पुगिरहेका पूर्वएमाले नेता घनश्याम भुसाल आफ्ना पुराना कार्यकर्तालाई भेट्ने, विचार राख्ने र पार्टी र सरकारमा छँदा आफूले गरेका कामबारे मतदातालाई आश्वस्त पारिरहेका छन् । स्वतन्त्र उम्मेदवार दिएका उनलाई पाँच दलीय गठबन्धनले साझा उम्मेदवारका रुपमा अगाडि सारेको हो ।

रूपन्देही–२ बाट नेकपा एमालेका उम्मेदवार बनेका पूर्वअर्थमन्त्री विष्णु पौडेल दिगो विकास र समृद्धि एमालेबाटै सम्भव रहेको बताइरहेका छन् । उनले देशका बालबालिकालाई निःशुल्क शिक्षा, ज्येष्ठ नागरिकलाई सुरक्षाभत्ता र बेरोजगार युवालाई रोजगारी दिलाउने काम एमालेले मात्रै गरेको स्मरण गराउँदै चुनावी प्रचार गरिरहेका छन् ।

क्षेत्र नं. ३ मा राप्रपाका दीपक बोहरासँग गृहमन्त्री बालकृष्ण खाण भिड्दै छन् । नागरिकताविहीन नेपालीलाई नागरिकता दिनुपर्छ भन्ने मुख्य एजेन्डा बोकेका उनले विकल्पबिना सुकुम्बासी नागरिकलाई हटाउन नमिल्ने बताइरहेका छन् । साथै खाँणले आफू उम्मेदवार बनेको क्षेत्रको एकीकृत विकास एवं यहाँका उद्योगी व्यवसायीलाई मर्का पारिरहेको बैंकले लिने चर्को व्याजदर तत्काल रोक्नुपर्ने विषयलाई चुनावी एजेन्डा बनाएका छन् ।

खाँणले भैरहवा क्षेत्रको विकास गरी रिङरोडसहितको नगर बनाई आर्थिक, भौतिक साथै सामाजिक रूपमा विकास गर्ने बताएका छन् । उद्योगी व्यवसायी देशको आर्थिक समृद्धिको मेरुदण्ड रहेको उनको भनाई छ । यसैगरी रूपन्देही क्षेत्र नं. ४ र ५ का उम्मेदवार पनि जनताका बीचमा पुगेर आफ्ना एजेन्डा प्रस्तुत गरिरहेका छन् । विकास निर्माण र समृद्ध रूपन्देहीको नारा प्रायः उम्मेदवारका एजेन्डा बनेका छन् ।

नेपालको सन्दर्भमा चुनावका बेला मात्रै पार्टी र नेताले जनता सम्झने प्रवृत्ति गलत रहेको राजनीतिक विश्लेषक मनिकर कार्कीले बताए । “जनतासँग सधैं नजिक भएर काम गर्नुपर्ने हो, उनीहरूका समस्याबारे परिचित हुनुपर्ने हो”– उनले भने, “नेपालको सन्दर्भमा नेताले चुनाव जितेर गएपछि जनताप्रति उत्तरदायी बन्ने परिपाटी नै रहेन ।”

जनताले मत दिएर जित्ने नेताले पाँच वर्षको अवधिमा कतिपटक जनताका बीच आएर समस्या सुन्यो, छलफल ग¥यो भन्ने विषय मुख्य रहेको मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय अध्यक्ष गोविन्द खनालले बताए । उनले आफ्ना कुरा लिएर जनतामाझ जानु असहज नभए पनि निर्वाचनका बेला मात्र जनताबीच जाने प्रवृत्ति घातक रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission