ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

‘कानुनी शासनको सम्मान गर’

९ कार्तिक २०८१, शुक्रबार
९ कार्तिक २०८१, शुक्रबार

रास्वपा सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेपछि उनका कार्यकर्ताहरूले दिनहुँ प्रदर्शन गर्दै आएका छन् । सहकारी ठगीमा संलग्न भनिएका रविको मुद्दा अदालती प्रकृयामा गईसकेकोले अव अदालतको आदेश पर्खनु बाहेक अर्को विकल्प छैन । रवि आफैले पनि अदालतप्रति विश्वास रहेको र अदालतले गर्ने निर्णय स्वीकार गर्ने बताईसकेको अवस्थामा अदालतलाई प्रभावित गर्ने उद्देश्यले दिनहुँ आन्दोलन गर्नु कानुनी शासनमाथि खिल्ली उडाउने काम मात्र हो । आन्दोलनको जोडबलमा अदालतलाई प्रभावित गर्न सकिन्छ कि भन्ने मनसायले गरिएको आन्दोलनले निकास दिदैन् । रास्वपा विधि र कानुनी शासनको पक्षमा रहेको हो भने अव उसका नेता कार्यकर्ताले अदालतबाट आउने आदेशको प्रतिक्षा गर्नुपर्दछ । त्यसैपनि रास्वपा पार्टी दर्ता हुँदैगर्दा नेपालको संविधान, विधि र कानुनी शासनप्रति प्रतिवद्धता जनाएरै निर्वाचनमा भाग लिएको हो । तसर्थ लोकतन्त्रमा विधि र कानुनी शासनको पालना, सम्मान र आत्मसाथ गर्नु जरुरी छ । तर, रास्वपाका सभापति रवि लामिछानेका समर्थकहरूले सडक प्रदर्शन गरेर न्यायिक प्रक्रियामा हुने प्रारम्भिक अनुसन्धानलाई नै प्रभावित गर्ने र राज्यका तटस्थ निकायहरूलाई त्रसित पारी अनुचित दवाव सिर्जना गर्ने गतिविधि गरिरहेको आरोप लागेको छ । लोकतन्त्रमा विरोध प्रदर्शन गर्ने छुट जुनकुनै पार्टीलाई छ तर न्यायपालिकालाई नै दवाव दिने गरि गरिने आन्दोलन कानुनी र विधिसम्मत हुन सक्दैन् । राज्यका वैधानिक निकायबाट भइरहेको निष्पक्ष अनुसन्धान र न्यायिक निरूपणको कार्यलाई वाधा पु¥याउने, नागरिकको व्यक्तिगत स्वतन्त्रता र सामाजिक सद्भाव र स्थानीय शान्ति सुरक्षामा समेत खलल पु¥याउने गतिविधि प्रति नागरिक समाज र दलहरूले गम्भीर आपत्ति प्रकट गरेका छन् । निश्चितरूपमा कानुन सबैका लागि समान हुने र हुनुपर्दछ । रवि लामिछानेलाई यो देशको कानुनले पर्गेल्नुपर्ने कुनै कारण छैन । तर, उनको पार्टीका नाममा भइरहेको गतिविधिहरूले विधिको शासनको खिल्ली उडाउने काम गरेको आरोप छ । न्यायालयको फैसाला प्रतिक्षा गर्नुपर्नेमा आन्दोलन गरेर नेपाली जनताको विधिको शासन पालना गर्ने चाहनालाई अवमूल्यन र उपहास गरेको हो कि भन्ने भान भैरहेको छ । लोकतन्त्रप्रति विश्वास राख्ने, कानुन र विधिको शासनको सम्मान गर्ने कांग्रेस, माओवादी लगायतका पार्टीले विगतमा आफ्ना नेताप्रति लागेका भ्रष्टाचारका आरोपमा आफ्नै दल सरकारमा हुँदासमेत कतै दवाव दिएको देखिएन । तर, रास्वपाका नेता कार्यकर्ताहरू न्यायिक प्रकृयामा गैसकेको मुद्दा निरूपणमा प्रतिक्षा गर्न नसक्नु कमजोरी हो । सहकारी ठगीमा संलग्न आरोपितहरूमध्ये गोर्खा मिडिया कम्पनीका सञ्चालक अध्यक्ष जीवी राई फरार रहेको, छविलाल जोशी केही समय पहिल्यै पक्राउ परी अनुसन्धानको क्रममा प्रहरी हिरासतमा रहेकोले यी सवै प्रकृयामा अव रास्वपा पर्ख र हेरको अवस्थामा रहनुपर्दछ ।

रास्वपाका सभापति रवि लामिछाने आफैले अदालतको आदेश पालना गर्छु भनेका छन् । अदालतप्रति उनले विश्वास पनि दर्शाएका छन तर फेरी आफ्ना नेता कार्यकर्तालाई आन्दोलनमा उतारेर अदालतको न्यायिक प्रकृयालाई प्रभावित गर्ने काम गर्नु दोधारे चरित्र हो । राजनीतिज्ञहरूले राजनीति कहाँ गर्ने, कसले गर्ने, आफू कुन ठाउँमा छु, आफ्नो कर्तव्य के हो भन्ने कुरा विर्सनु हुँदैन । राजनीति त भोली पनि गर्न सकिन्छ । जनताको विश्वास जित्न सके रवि फेरीपनि सत्तामा पुग्न सक्छन तर अहिल्यै हतास मानसिकतामा राज्यका अवयवप्रति बितृष्णा फैलाउने मनसायले भैरहेको दवावमूलक प्रदर्शन सुहाउने गरि भएको छैन भन्दा अत्युक्ति हुँदैन । विगतमा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण, एमालेका टोपबहादुर रायमाझी र माओवादीका नेता कृष्णबहादुर महरा जेल पर्दा पार्टीहरूले कुनैपनि प्रकारको आन्दोलन गरेनन् । बरु लोकतन्त्रमा विधिको शासनको पालना गर्ने भन्दै दलहरूले अदालतको आदेशको पालना र प्रतिक्षा गरे । रास्वपाले पनि त्यो नैतिक इमान्दारीता देखाउनुपर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?