© २०२३
लमही ।
बिहिवार दाङको लमही नगरपालिका २ स्थित राप्ती नदिको रैनियापुर घाटमा नुहाउने क्रममा ३ बालिकाको नदीमा बगेर मृत्यु भएको छ । वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरक्षक प्रकाश भुसालका अनुसार दिउँसो राप्ती नदिको रैनियापुर घाटमा नुहाउने क्रममा एकसाथ तीन जना बालीकाहरुले ज्यान गुमाएका हुन् ।
प्रहरी निरक्षक भुसालका अनुसार लमही नगरपालिका वडा नम्बर र २ कि रैनियापुरनिवासी सिताराम चौधरीकि बर्ष १२ कि झरना चौधरी ,सोही स्थानका सन्तराम चौधरीकि बर्ष १२ कि छोरी निशा चौधरी र गढवा घर भै लमही बस्दै आएका श्रीकान्त चौधरीकि बर्ष १२ कि छोरी कृष्टी चौधरीको मृत्यु भएको हो ।
बालिकाहरुको उद्दार गरि उपचारका लागि लमही अस्पतालमा पुराइएकोमा डाक्टरले मृत घोषणा गरेको भुसालले बताए । मृतक तिनै जनाको शब लमही अस्पताल राखिएको र पोस्टमाटम पछि आफन्तलाई जिम्मा लगाउने लमही नगरपालिका वडा नम्बर २ का अध्यक्ष नेपालु चौधरीले बताए ।