© २०२३
कपिलवस्तु ।
कपिलवस्तुको बुद्धभुमी जेसिज २०२४ को अगुवाईमा २९ जना मोतियाबिन्दुका बिरामीको निशुल्क आँखाको शल्यक्रिया सम्पन्न भएको छ । जेसिजले कार्तिक २ गते जिल्लाको बुद्धभुमी नगरपालिका वडा नम्बर ३ रनगाईमा आयोजना गरेको एक दिने आँखा परिक्षण शिविरमा फेला परेका ४४ जना मोतियाबिन्दुका बिरामी मध्य २९ जनाको निशुल्क मोतियाबिन्दुको शल्यक्रिया गरिएको हो ।
आधारभुत बचत तथा ऋण सहकारी संस्था र हेल्पिङ्ग हेल्ड युवा क्लब घन्चौराको व्यवस्थापन तथा तौलिहवा आँखा अस्पतालको प्राबिधिक सहयोगमा कार्तिक २ गते सम्पन्न शिविरमा ३ सय ४६ जनाको आँखा परिक्षण गरिएको थियो । शिविरमा पहिचान भएका मोतियाबिन्दुका बिरामीको अस्पतालमा निशुल्क शल्यक्रिया भएको बुद्धभुमी जेसिजका अध्यक्ष जेसी थानेश्वर अर्यालले जानकारी दिए । बुद्धभुमी जेसिजले शिविर मात्रै नभई बिभिन्न सामाजिक क्षेत्रमा सामाजिक उत्तरदायित्ववहन गर्ने गर्दै आएको अध्यक्ष अर्यालले बताए ।
मोतियाबिन्दुको शल्यक्रिया गराएकी बुद्धभुमी २ गोरुसिगेंकी शान्तिदेवी आचार्यले जेसिजका युवाहरुले शिविरको आयोजना गरि आफुहरुलाई सेवा दिएर उदाहणीय काम गरेको बताईन । जेसिजको आयोजनामा भएको शिविरमा आएका बिरामीको आँखा परिक्षण सगै फेला परेका मोतियाबिन्दुका बिरामीको अस्पतालले निशुल्क शल्यक्रिया गरेको अस्पतालका अध्यक्ष मनोज कुमार श्रीवास्तवले जानकारी दिए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी