ट्रेंडिंग:

>> हङकङसँगको खेल वर्षाले प्रभावित हुँदा नेपाल फाइनलमा >> विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध >> बुटवलमा युनिक डेन्टलको तेस्रो शाखा >> बुटवलबाट पाल्पा तर्फ आउँदै गरेको कार सिद्धार्थ राजमार्गमा पुरियो >> निःशुल्क स्वास्थ्य शिविरमा आठसय भन्दा बढीले सेवा लिए >> शिक्षकका माग पूरा गर्न समाजवादी मोर्चाको आग्रह >> रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट >> एन्जिला चलचित्र किन हेर्ने ? >> सामाजिक सञ्जाल दर्ता नभए बन्द हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> दस्तावेजीकरणको लागि थारुहरूको अध्ययन गर्दै: थारु आयोग >> टी–२० शृङ्खलाको लिग चरणको अन्तिम खेलमा आज नेपाल हङकङसँग खेल्दै >> अरब सागरबाट जलवाष्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षा हुने >> रुपन्देही क्रिकेट एकेडेमी र नवज्योती विजयी >> घरआँगनमै निःशुल्क स्वास्थ्य सेवा, स्थानीय हर्ष  >> नेपालमा स्थायी सरकारका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आवश्यक–महामन्त्री शर्मा >> लुम्बिनी प्रदेशका ६ जिल्लामा वन व्यवस्थापन कार्यक्रमको अनुगमन >> १० तस्विरमा एमालेको जागरण सभा >> सिम्रिक फाईनलमा >> तिलोत्तमामा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसीप हुँदै >> प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता बैंशाख २१ गतेदेखि >> वैदेशिक रोजगारलाई अझै मर्यादित र व्यवस्थित बनाउन जरूरी छः श्रममन्त्री भन्डारी >> दुर्गा प्रसाई माथि अनुसन्धान गर्न १२ दिनको म्याद थप >> एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन्ः प्रधानमन्त्री ओली >> तीनकुने घटनामा न्यायिक छानविन समिति गठनको आवश्यकता छैन् : गृहमन्त्री लेखक >> बर्षाले साढे ५ करोड बराबरको ईट्टा नोक्सान >> पत्रकार महासंघ बाँकेले मानव अधिकार आयोगलाई ज्ञापनपत्र बुझायो >> दाउन्नेमा जाममा परेका गाडीहरू चल्न थाले >> पूर्वराजा ज्ञानेन्द्रलाई संसद समितिमा बोलाउन कांग्रेसको प्रस्ताव >> नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जागरण सभा २०८१ >> भक्तपुरमा बिस्काः जात्राको दोश्रो दिन, रथयात्रामा भक्तजनको घुइँचो >> दुर्गा प्रसाईंलाई पक्राउ गरी काठमाडौं ल्याइयो >> आन्दोलनमा उत्रिएका शिक्षकहरू र शिक्षा मन्त्रालयबीच आज पनि वार्ता हुने >> सुनको भाउ फेरि आकासियो, तोलामा ३,९०० रुपैयाँले उचालिँदै ऐतिहासिक कीर्तिमान >> शिशु अपरहरणको आरोपमा एक महिला नियन्त्रणमा >> तीनकुने राजावादी आन्दोलनपछि फरार दुर्गा प्रसाईं पक्राउ, भारतबाट फर्काइयो काठमाडौं >> हामीले अमेरिकाको ३६ अर्ब डलर नोक्सान गरिदियौंः हुथी >> गर्मीमा छालालाई जोगाउने यी पाँच घरेलु उपाय अपनाउनुहोस् >> आवश्यक पूर्वाधार तयार पारेपछी गौतमबुद्ध बिमानस्थल पूर्णरूपमा सञ्चालन हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> ७० लाख मूल्य बराबरको चरेससहित नेपाली पक्राउ >> रूसले समुन्द्र मुनीका इन्टरनेट काट्ने बेलायती टेलिकम कम्पनिको आशंका >> तीन किलो लागूपदार्थ सहित दुईजना पक्राउ >> बुटवलमा वडाबाट राष्ट्रिय परिचयपत्र >> शिक्षक महासंघले बुझायो २४ बुँदे सूची >> लुम्बिनीको विकासमा स्थानीय समुदायको सहभागिता >> बढ्यो रेमिट्यान्स, दुरूपयोगको चिन्ता >> भुर्तेल लयमा फर्किदा ब्रेक भयो दीपेन्द्रको राष्ट्रिय कीर्तिमान >> दुई दशकपछि बेपत्ताको ‘दाहसंस्कार’ >> मुसिकोट दरबार संरक्षणमा सेनासँगै >> बुटवलमा एमालेले जागरण सभा गर्दै, अध्यक्ष ओलीसहितका शीर्ष नेताले सम्बोधन गर्ने >> लुम्बिनी प्रदेशस्तरीय क्रिकेटको संयुक्त विजेता बने दाङ र रुपन्देही

उड्दै रोकिदै गुल्मीको हवाई उडान

८ कार्तिक २०८१, बिहीबार
८ कार्तिक २०८१, बिहीबार

गुल्मी, ०८ कार्तिक ।
विगत चार महिनादेखि पटक पटक अबरुद्ध बन्दै आएको गुल्मीको हवाई उडानले बुधबारदेखि नियमित भएकोे छ । खराब मौसमको कारण लामो समयसम्म यसरी हवाई सेवा नियमित नहुँदा यहाँका यात्रुहरू थप समस्यामा परेका थिए । गत असार महिनाको दोश्रो सातादेखि प्रभावित बनेको नेपाल वायुसेवा निगमको जहाजले केही समयको अन्तरालपछि बुधबार पुनः उडान भरेको छ ।

हवाई सेवाबाट यात्रा गर्ने यात्रुहरू टिकट काटेर पनि पटक पटक बिमानस्थल पुगेर घण्टौसम्म पर्खेर उडान नहुँदा निरास बनेर फर्कने बानि परेका यात्रुहरूलाई बुधबार भने निराश भई फर्कनु परेन । चाडपर्वको समयमा लगातार उडान अवरुद्ध हुँदा नागरिकले सेवा पाउन सकेका थिएनन् । महत्वपूर्ण चाड पर्वको समयमा लगातार उडान अवरुद्ध हुँदा नागरिकमा असन्तुष्टि पैदा भएकोे अबस्थामा मौशम सुधारसँगै यात्रुहरूमा थप आशा पलाएको छ ।

कतिबेला उडान होला भनेर घरबाट बिदा भएर काठमाडौँ र गुल्मी आवतजावत गर्ने यात्रुहरू कतिबेला मौशमा सुधार होला भनेर घण्टौसम्म हवाईजहाज उड्ने प्रतिक्षामा बसिरहेको अबस्था यस अघिसम्म थियो । बाक्लो कुहिरो लाग्ने भएका कारण गत असार १४ गतेदेखि अबरुद्ध बनेको उडान सेवाले निरन्तरता पाएको छ ।
साताको दुई पटक नियमित उडान गर्दै आएको नेपाल एयरलाइन्सले प्रतिकुल मौसमका कारण केही समय उडान गर्न नसकेको रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले बताए । गत असार महिनाको दोश्रो सातादेखि जिल्लामा जम्मा छ वटा मात्र उडान भएको छ । जहाज नियमित नभएपनि रेसुङ्गा–काठमाडौं र काठमाडौं–रेसुङ्गा आवतजावतका लागि निगमले टिकट भने सधै दिँदै आईरहेको छ ।

यात्रुहरूको चापका कारण साताको चारपटक पटकसम्म यहाँ उडान हुँदै आएको थियो । गुल्मी–काठमाण्डौका लागि नेपाल वायुसेवा निगमको १८ सिट क्षमताको ट्वीनिटर जहाजले उडान गर्दै आईरहेको छ । काठमाण्डौबाट बिहान ६ः३० बजे र रेसुङ्गा विमानस्थलबाट बिहान ७: ३० बजे नियमित उडान तालिका रहेकोे छ ।

नेपाल वायुसेवा निगमले रेसुङ्गादेखि काठमाडौंका लागि ७ हजार ३०० र काठमाडौंबाट रेसुङ्गा लागि ७ हजार ५०० रूपैयाँ भाडा निर्धारण गरेकोे छ । जिल्लामा गत एक वर्ष अघिदेखि व्यावसायिक रूपमा नियमित रूपमा हवाई उडान सुरु गरिएको हो । रेसुङ्गा विमानस्थलमा दिउँसोको समयमा अत्याधिक हावा चल्ने भएका कारण बिहानको समयमा मात्र उडान गरिएको छ । पछिल्लो समयमा हवाई उडान शुरु भएपछि गुल्मी जिल्लामा आउने आन्तरिक एवं वाह्य पर्यटकहरूको संख्यामा पनि बृद्धि भएको छ ।

काठमाण्डौबाट रेसुङ्गा विमानस्थलका लागि करिब डेढवर्षको अबधिमा १ सय ३० वटा मात्र उडान गरिएकोे छ । सदरमुकाम तम्घासदेखि ५ किलो मिटरको दुरीमा कच्चि सडक मार्फत रेसुङ्गा विमानस्थल पुग्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission