ट्रेंडिंग:

>> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे

भाईटिकाले फर्काउँदै गाउँ

८ कार्तिक २०८१, बिहीबार
८ कार्तिक २०८१, बिहीबार

बाँके, ०८ कार्तिक ।
तिहार नजिकिदै गर्दा भारतबाट मजदुरी गरी घर फर्किने नेपालीहरूको लर्को लाग्न थालेको छ । दसैंमा घर आउन नसकेका उनीहरू तिहारको मुखमा नेपालगन्ज नाका भएर धमाधम फर्किरहेका छन् । आर्थिक अवस्था कमजोर भएका लुम्बिनी र कर्णालीका पहाडी जिल्लाका हजारौ नेपाली भारतको सिमला, कालापहाड लगायतका क्षेत्र मजदुरी गर्न जाने गरेका हुन ।

तिहार मनाउन भारतबाट मजदुरी गरी दैनिक करिव पाँच सय नेपाली घर फर्किरहेको सीमास्थित जमुनाहा प्रहरी कार्यालयले जनाएको छ । दसैंमा पनि नेपालगन्ज सीमा नाकाबाट हजारौ नेपाली घर फर्केका थिए । उनीहरूले वर्ष दिनको चाडपर्व परिवारसँग बसेर मनाउन घर फिर्ता भएको बताए । ‘दसैंमा काम नसएिकाले घर आउन पाइएन । तिहारमा बिदा मिलाएर फर्किएको छु,’ सिमलाबाट मजदुरी गरी बिहीबार नेपालगन्ज हुँदै घर फर्किका सल्यानका सुमन रावतले भने,‘परिवारसंग दसै मनाउन नपाएपनि तीहारमा रमाईलो गर्ने सोंच बनाएको छु ।’

सुमनसंगै करिव ५० नेपाली घर फिर्ता भएका थिए । उनीहरू एक वर्षअघि मजदुरीका लागि भारत गएको बताए । ‘घरको खेतबारीले खाना नपुगेपछि नचाहेर पनि पैसा कमाउन भारत जाने गरेका छौ ।
चाडपर्व मनाएर फेरि मजदुरी गर्न उतै जानु पर्ला,’ भारतमा मजदुरी गरी घर फर्किरहेका सल्यानकै सुनिल डाँगीले भने,‘चाडपर्वमा मात्रै आफ्नो घरपरिवारसँग बस्न पाईन्छ ।’

उनले आफू जस्तै हजारौं नेपालीहरू भारतका विभिन्न स्थानमा मजदुरी गरिरहेको बताए । सयौं नेपाली वर्षौदेखि घर फर्किन नपाएको सुनिलको भनाई छ । चाडपर्व मनाउन घर फर्किदा सीमास्थित भारतीय कस्टम सुरक्षाकर्मीले अनावश्यक दुःख दिने गरेको नेपालीहरूले बताए । उनीहरूले सुरक्षा जाँचका नाममा खानतलासी गरी दुःख दिने गरेका हुन ।

कस्टमका सुरक्षाकर्मीले पैसा माग्ने तर नदिएपछि सीमामा रोक्ने गरेको घर फर्किरहेका नेपालीको गुनासो छ । सीमास्थित जमुनाहा प्रहरी कार्यालयले त्यसबारे भारतीय सुरक्षा अधिकारीलाई जानकारी दिएको दाबी गरेको छ । तर नेपाली माथि हुने दुव्र्यवहार र पैसा असुली नियन्त्रण भने गर्न सकेको छैन । सामूहिक रूपमा फर्किने नेपालीलाई कस्टममा अनावश्यक सुरक्षा जाँचका नाममा दुःख दिँदा पनि नेपालका सुरक्षा अधिकारीहरूले चासो नदेखाएको पीडितहरूको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?