© २०२३
नेपालगञ्ज, ५ कात्तिक ।
नेपालगञ्ज उद्योग बाणिज्य संघले पुस ४ देखि १६ गतेसम्म प्रादेशिक महोत्सव आयोजना गर्ने भएको छ ।
संघले सोमबार पत्रकार सम्मेलन गरेर महोत्सव आयोजना गर्ने जानकारी दिएको हो । ’उद्योग, ब्यापार, कृषि, जडिबुटी र पर्यटन, व्यावसायिक उद्यमशाला तथा कला संस्कृतिको प्रवद्र्धन’ भन्ने नाराका साथ आयोजना गर्न लागिएको महोत्सवमा तीन सय स्टल रहने नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष टंक बहादुर धामीले जानकारी दिए ।
लुम्बिनी प्रदेशका सम्पूर्ण उद्योगी व्यवसायीका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका ब्यवसायी एउटै स्थानमा समेटेर महोत्सव आयोजना गर्न लागिएको र महोत्सवलाई तीन लाख बढीले अवलोकन गर्ने आशा राखिएको छ । संघका महासचिव भिम बहादुर रानाभाटले पश्चिम नेपालको उद्योग, पर्यटन र कृषि क्षेत्रको समृद्धिमा टेवा पुर्याउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको महोत्सवबाट औद्योगिक एवं ब्यावसायिक क्षेत्रमा नविन उर्जा थपिने बताए । संघले साढे दुई दशकदेखि यस्ता महोत्सव आयोजना गर्दै आएको छ । विगतमा बहुउद्देश्यीय सभा गृह बनाउनका लागि महोत्सव आयोजना गरिन्थ्यो । सभा गृह बनाउने भनेर लिजमा लिएको सडक बिभागको जग्गा सरकारले फिर्ता लिईसकेको छ ।
यसैबिच नेपाल आदिवासी जनजाती महासंघ बाँकेले पनि नेपालगञ्जमा महोत्सव आयोजना गर्दैछ । महासंघले यहि कात्तिक २९ देखि मंसिर १८ गते सम्म नेपालगञ्जमा महोत्सव आयोजना गर्न लागेको हो । प्रथम कृषि, पर्यटन तथा सांस्कृतिक महोत्सवमा २ सय ५० स्टल जातीय भेषभुषाको प्रदर्शन, लुम्बिनी प्रदेशका १२ जिल्लाको धार्मिक तथा पर्यटकीय स्टल रहने, जातीय खाना प्रदर्शनी गरिने आदिवासी जनजाती महासंघ बाँकेका अध्यक्ष डम्बर थापाले जानकारी दिए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी