© २०२३
बुटवल, ४ कार्तिक– रूपन्देही व्यापार संघको २५ औं बार्षिकोत्सव कार्यक्रमको मुल समारोहको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन् । संघले स्थापनाको २५ वर्ष पुरा गरेको अवसरमा कार्तिक २८ गते आयोजना गर्ने मुल समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथिका रूपमा आउने तय भएको संघ अध्यक्ष दिपक प्रसाद अधिकारीले बताए । अध्यक्ष अधिकारीको नेतृत्वमा काठमाडौं गएको टोलीले प्रधानमन्त्रीलाई भेटगरि कार्यक्रममा प्रमुख आतिथिका रूपमा सहभागि हुन गरेको आग्रहलाई प्रधानमन्त्रीले स्वीकार गरि कार्यक्रममा उपश्थित हुने जनाएका हुन । त्यसैगरि कार्यक्रममा सहभागिताका लागि उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई भेट गरि निमन्त्रणा गरिएको छ । अर्थमन्त्रीले पनि कार्यक्रममा सहभागी हुने जनाएको अध्यक्ष अधिकारीले बताए ।
जिल्ला भित्र छरिएर रहेका व्यवसायहरूलाई संगठित गर्दै संघले आफ्ना नियमित कार्यक्रमहरू तथा निरन्तर व्यवसायिक गतिविधिहरू गर्दै आएको बताउदै संघले स्थापनाको २५ वर्ष पुरा गरेको अवसरमा साप्ताहिक रूपमा रजत महोत्सव मनाउने तयारी गरेको जनाकारी गराएका थिए । उक्त अवसरमा अध्यक्ष अधिकारीले व्यापार संघको बारेमा एवं व्यापार व्यवसायमा देखिएका समस्या र नीजि क्षेत्रले सामना गर्नु परेका असहज अस्वाथका बारेमा जानकारी गराउँदै यसमा राज्यले सुधारका लागि चाल्नुपर्ने कदमका बारेमा जानकारी गराए ।
टोलीमा अध्यक्ष अधिकारीसहित संघका सचिव मनहरी वस्याल, कार्यालय प्रमुख सरोज पोखरेल सहभागी थिए । संघले साताव्यापीरूपमा आगामी कार्तिक २२ गतेबाट विभिन्न कार्यक्रम गर्ने जनाएको छ । रजत महोत्सवको अन्तिम दिन मुल कार्यक्रमका रूपमा कार्तिक २८ गते प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतित्यथामा विशेष कार्यक्रम गर्ने तयारी गरिएको छ । त्यस अवसरमा विभिन्न व्यक्तिहरूलाई सम्मान गर्नै, स्मारिका विमोचन तथा स्तम्भ अनावरण गर्ने तयारी गरिएको छ ।
संघले साताव्यापी कार्यक्रम अन्तरगत कार्तिक २२ गते मानव सेवा आश्रममा खाद्यान्न तथा लत्ताकपडा वितरण, कार्तिक २३ गते जिल्ला स्तरीय अन्तर माध्यमिक विद्यालय वक्तृत्वकला प्रतियोगिता, कार्तिक २४ गते संघसंस्था स्तरीय मैत्रीपूर्ण फुटसल प्रतियोगिता, कार्तिक २६ गते वृहत रक्तदान कार्यक्रम तथा मुटु र पाठेघर सम्बन्धी स्वास्थ्य शिविर, कार्तिक २७ गते अस्पतालमा विरामीलाई निःशुल्क फलफूल वितरण तथा रूपन्देहीमा स्थानीय प्रदेश तथा संघीय सरकारका योजना, लक्ष्य तथा यसले पार्ने सकारात्मक प्रभाव विषयक गोष्ठी गर्ने कार्यक्रम तय गरेको छ ।
अध्यक्ष अधिकारीले २५ औं वर्षलाई रजत महोत्वसका रूपमा साता व्यापी कार्यक्रमसहित भव्य रूपमा मनाउने निर्णय गरेको बताउदै संघले मनाउन गैरहेको रजत महोत्सव कार्यक्रमहरूमा सहभागी हुन सबैलाई आग्रह गरेका छन् । रूपन्देही व्यापार संघ २०५७ साल कार्तिक २८ गते “स्वरोजगार, आत्मनिर्भरता हाम्रो आधार, शहरदेखि गाउँसम्म व्यापार बिस्तार” भन्ने मुल नाराका साथ विशुद्ध रूपमा व्यवसायीहरूमा परेका समस्याहरूको संबोधन गर्न र व्यवसायीहरूको एकतालाई बलियो बनाउने उद्देश्यले स्थापना भएको हो ।