ट्रेंडिंग:

>> बिपत न्यूनीकरणमा जोड >> आज काग तिहार, संरक्षणमा बेवास्ता किन ? >> अमरपथ जोगाउने ‘जमर्को’ >> देशभर पश्चिमी वायुको प्रभाव, यी तीन प्रदेशमा वर्षाको सम्भावना >> विश्वकप लिग-२ मा नेपालको दोस्रो जित: स्कटल्यान्ड ५ विकेटले पराजित >> आयआर्जनको बलियो माध्यम बन्यो झिनिया >> राप्रपाले बुधबार देवदहमा बृहत जनसभा गर्दै >> स्कटल्याण्डविरुद्ध नेपालले बलिङ गर्दै >> कार्य सम्पादनमा विज्ञापन बोर्ड उत्कृष्ट >> मध्यविन्दु नगरपालिकाद्वारा प्लाष्टिकका माला बरामद >> चेम्बर र चिनियाँ व्यवसायीबीच व्यापार सहजीकरण र लगानीको समझदारी >> कासिम बने हिजबुल्लाहको नयाँ प्रमुख >> साफ महिला फाइनलको टिकट बिक्रीको नयाँ व्यवस्था, अनलाइन किन्न नपाइने ! >> नेप्से ४६ अंकले बढ्यो, ६ अर्बको कारोबार >> सशस्त्र प्रहरीलाई प्रविधिमैत्री र चलायमान बनाउछौं- गृहमन्त्री लेखक >> शैलजा आचार्य हृदय रोग केन्द्रको स्तरोन्नति गर्ने स्वास्थ्यमन्त्री पौडेलको प्रतिबद्धता >> पूर्वाधार निर्माणमा हुने ढिलासुस्ती सरकारलाई असह्यः मुख्यमन्त्री आचार्य >> इजरायलको राष्ट्रसंघीय निकायमाथि प्रतिबन्ध, गाजामा मानवीय संकट बढ्ने >> अराजक क्रियाकलापलाई मौलाउन दिइन्न- प्रधानमन्त्री ओली >> इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कतारबाट पक्राउ >> रिजालको प्रश्न- रविलाई रिहा गरिदिन राती-राती कुन मुख लिएर बालुवाटारमा हारगुहार गरेको ? >> रास्वपाका कार्यकर्ता बालुवाटारबाट पक्राउ >> सुनको मुल्यमा आज पनि नयाँ किर्तिमान >> गौहत्यामा संलग्न ५ जना पक्राउ >> अमरपथ दिपावली महाेत्सवमा भैलाे प्रतियोगिता हुने >> प्रधानमन्त्री ओलीको मानवअधिकारवादी नेता तुलाधरप्रति श्रद्धाञ्जली >> जसपा नेपालको लुम्बिनी प्रदेश समितिमा पदाधिकारी तथा सदस्य चयन >> गाजा युद्धमा एक बर्षमा ४३ हजारभन्दा बढीको मृत्यु >> नेपाल प्रहरीमा लगातार एआइजी अवकाश र बढुवाको शृंखला >> तिहार पर्व शुरु, आज धनतेरस मनाइदै >> विश्वकप लिग-२ मा आज नेपालको सामना स्कटल्याण्डसँग >> ‘एमालेमा एउटै गुट छ केपी ओली नेतृत्वको’ >> पाल्पामा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु >> अस्ट्रेलियाका अलराउण्डर कटिंग एनपीएलमा लुम्बिनीबाट खेल्ने >> रास्वपाले आज बालुवाटारमा प्रदर्शन गर्दै >> एलजीका उत्पादनहरूमा ४०% सम्मको क्यासब्याक >> प्रहरीकै मौन स्वीकृती >> पटका तस्करी दिनका दिन >> घरघरमा बिषादी, नियन्त्रणमा चुनौति >> पार्टी नयाँ, प्रवृत्ति र पात्र पुरानै ! >> ‘खेतमा आगो लगाउँदा उर्वरा शक्तिमा ह्रास’ >> संघीयता खारेज गरे हुन्छः सभापति पुन >> ‘ढाका सभ्यता’ का साक्षी >> स्थानीय र पश्चिमी वायुको प्रभावले पहाडी भूभागको मौसम बदली >> लुम्बिनी इनोभेटर्स बुटक्याम्प  सम्पन्न >> राईनो संरक्षण गोल्डकप फुटबल : फाईनलमा नेपाल एपिएफ र नमोबुद्ध भिड्ने >> नारायणगढ–बुटवल सडक खण्डमा अत्याधुनिक सीसी क्यामेरा जडान गरिने >> सल्यानमा मिनीट्रक दुर्घटना: तीन जनाको मृत्यु, ८ जना घाइते >> भाइटीकाको शुभ साइत सार्वजनिक >> उपाधिका लागि गुड मर्निङ र दोभान भिड्ने

राष्ट्रिय परिचयपत्र पनि वडाबाटै

५ कार्तिक २०८१, सोमबार
५ कार्तिक २०८१, सोमबार

गुल्मी, ५ कार्तिक । गुल्मीमा वडामै पुगेर राष्ट्रिय परिचयपत्र वितरण गरिने भएको छ । त्यसका लागि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखाद्वारा जिल्लामा राष्ट्रिय परिचयपत्र (कार्ड) वितरण सम्बन्धी अभियान सञ्चालन सम्बन्धी जिल्ला प्रशासन कार्यालय गुल्मीमा आइतबार जिल्लास्तरीय अन्तक्र्रिया कार्यक्रम आयोजना गरिएको छ ।

कात्तिक ८ गते बिहीबारदेखि जिल्लामा वडा तहमै पुगेर राष्ट्रिय परिचयपत्र वितरण गर्न लागिएको हो । पहिलो चरणमा यहाँका स्थानीय तहका वडामा पुगेर राष्ट्रिय परिचयपत्र बनाउनका लागि वैयक्तिक र जैविक विवरण संकलन अभियान गरिएको थियो । सातौं जिल्लाका रूपमा गुल्मीमा पनि तयार भएर आएका राष्ट्रिय परिचयपत्रका कार्डलाई वडामै पुगेर वितरण अभियान सुरु गर्न लागिएको हो ।

पहिलो चरणमा धुर्कोट, कालीगण्डकी, गुल्मीदरबार र इस्मा गाउँपालिकाका वडाहरूमा पुगेर कार्ड वितरण गरिने बताईएको छ । राष्ट्रिय परिचयपत्र वितरण गर्न बाँकी रहेका स्थानीय तहमा तिहार पछि वितरण कार्य सुरु गरिने भएको छ । जिल्ला प्रशासन कार्यालयको सभाहलमा स्थानीय तहका जनप्रतिनिधि एवम् सरोकारवालासंगको अन्तक्र्रिया भएको हो । जिल्लाबाट राष्ट्रिय परिचयपत्रका लागि हालसम्म एक लाख ९४ हजार ४३२ जनाको विवरण संकलन भएमा एक लाख ६४ हजार ४२३ जनाको कार्ड छपाई भएको राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखाका निर्देशक तुलसी प्रसाद दाहालले जानकारी दिएका छन ।

निर्देशक दाहालका अनुसार जिल्ला प्रशासन कार्यालय गुल्मीबाट ६६ हजार ३१५ जनाको विवरण संकलन गरिएको छ । जसमा ४० हजार ६९४ जनाको कार्ड छापिएकोमध्ये हालसम्म प्रशासन कार्यालयबाट पाँच हजार ४६१ जनालाई कार्ड वितरण गरिएको पाइएको उनले जानकारी गराए । वडा तहमै पुगेर अभियानका क्रममा विवरण संकलन गरेर छापिएर आएका कार्डहरूलाई पुनः वडा तहमै पुगेर राष्ट्रिय परिचयपत्र वितरण गर्न लागिएको हो ।

अभियानका क्रममा जिल्लाको रेसुङ्गा नगरपालिकाबाट १३ हजार २७ जनाको विवरण संकलन गरिएको थियो । जसमध्ये १२ हजार ५४२ जनाको कार्ड छापिएको छ । मुसिकोट नगरपालिकाबाट १४ हजार ६४१ जनाको विवरण संकलन गरिएको थियो । जसमध्ये १३ हजार ९०५ जनाको कार्ड छापिएको छ । कालीगण्डकी गाउँपालिकाबाट नौ हजार २३ जनाको विवरण संकलन गरिएको थियो । जसमध्ये आठ हजार ७८२ जनाको कार्ड छापिएको छ ।

सत्यवती गाउँपालिकाबाट १० हजार ६४४ जनाको विवरण संकलन गरिएको थियो । जसमध्ये १० हजार ४२२ जनाको कार्ड छापिएको छ । चन्द्रकोट गाउँपालिकाबाट नौ हजार २१२ जनाको विवरण संकलन गरिएको थियो । जसमध्ये आठ हजार ९१४ जनाको कार्ड छापिएको छ । छत्रकोट गाउँपालिकाबाट १० हजार ३९३ जनाको विवरण संकलन गरिएको थियो । जसमध्ये १० हजार ५५ जनाको कार्ड छापिएको छ । गुल्मीदरबार गाउँपालिकाबाट ११ हजार ५२१ जनाको विवरण संकलन गरिएको थियो । जसमध्ये ११ हजार २५८ जनाको कार्ड छापिएको छ ।
इस्मा गाउँपालिकाबाट नौ हजार ३४६ जनाको विवरण संकलन गरिएको थियो । जसमध्ये नौ हजार ५० जनाको कार्ड छापिएको छ । धुर्कोट गाउँपालिकाबाट १० हजार ७७३ जनाको विवरण संकलन गरिएको थियो । जसमध्ये १० हजार ३८१ जनाको कार्ड छापिएको छ । मदाने गाउँपालिकाबाट नौ हजार ७४६ जनाको विवरण संकलन गरिएको थियो । जसमध्ये नौ हजार ३४३ जनाको कार्ड छापिएको छ ।

यस्तै मालिका गाउँपालिकाबाट १० हजार २१५ जनाको विवरण संकलन गरिएको थियो । जसमध्ये नौ हजार ८५७ जनाको कार्ड छापिएको छ ।
गुल्मी जिल्लामा राष्ट्रिय परिचयपत्र छापिएर आएको हुँदा वडामै पुगेर कार्ड वितरण अभियान थालिएको प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माले बताए । राष्ट्रिय परिचयपत्र लिँदा पुनः जैविक विवरण चेकजाँच गरी वितरण गर्नुपर्ने भएकाले सम्बन्धित व्यक्तिले नागरिकता, राष्ट्रिय परिचयपत्रको लागि विवरण संकलन गर्दाको सक्कली रसिद अनिवार्य लिएर जानुपर्ने उनको भनाइ छ ।

जिल्ला प्रशासन कार्यालयबाट विवरण संकलन गरिएको राष्ट्रिय परिचयपत्रको कार्ड जिल्ला प्रशासन कार्यालयबाटै वितरण गरिने बताइएको छ । यसरी वडामै पुगेर राष्ट्रिय परिचयपत्रको कार्ड वितरण अभियानमा विवरण संकलन गरानुभएका कुनै पनि नागरिक छुट्न नहुने भन्दै जिल्ला समन्वय समिति प्रमुख द्रोण बहादुर खत्रीले अभियानलाई विशेष महत्व दिएर स्थानीय तहले व्यापक रूपमा प्रचार–प्रसार गर्न जरुरी रहेको बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?