ट्रेंडिंग:

>> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए ! >> चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात >> उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता >> दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति >> सडक आन्दोलनका विषयमा रास्वपाभित्र चर्को विवाद, सुमनालगायतका नेताहरु आन्दोलन रोक्नुपर्ने पक्षमा >> विभिन्न हातहतियारसहित दुई जना पक्राउ >> पुथाउत्तरगङ्गा- २ को वडा अध्यक्षमा माओवादीका घर्ती निर्बिरोध >> होमस्टे पाठशाला ‘सिरुवारी’ मा रुपन्देहीका होटल ब्यवसायीको भ्रमण >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदी आज नेपाल आउदै >> दुर्गा प्रसाईलाई अदालतमा पेश गरियो >> रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै >> दयाहाङ र रिश्मा फेरी एकसाथ, ‘रिमै’ को छायांकन शुरु >> तोलामा ९ सयले बढ्यो सुनको मुल्य >> दुर्गा प्रसाईलाई आज अदालतमा पेश गरिदै >> माटोमा हराउँदै उर्वरा शक्ति >> स्वर्गद्वारी मन्दिरको पुनः निर्माण गरिँदै >> एनसेलद्वारा नेपाल प्रिमियर लिग २०२४ को ‘पावर्ड बाई’ प्रायोजनका लागि समझदारी >> प्रधानमन्त्रीको चीन भ्रमणमा समग्र लुम्बिनी विकासको प्रस्ताव

दसैँको टीकापछि अयोध्या र बनारस यात्राका स्मरणहरू

३ कार्तिक २०८१, शनिबार
३ कार्तिक २०८१, शनिबार

दसैँ नेपालीका घर आँगनमा रमाइलो उज्यालो छर्दै प्रवेश गरिसकेको थियो । मनमा नयाँ नयाँ तानाहरू आई नै रहेका थिए । घरका बाबा आमा र ससुरालीतर्फ सासु ससुरा नभएकाहरूको दसैँ आफ्ना लागि भन्दा पनि छोराछोरी र आफन्तजनका खातिर रमाउने पर्व जस्तो हुँदो रहेछ । व्यक्तिगत, सामाजिक र संस्थागत जिम्मेवारी र सम्बन्धहरूले चाडबाडलाई पारिवारिक मात्र हुन दिँदैनन भन्ने कुरा मलाई मात्र होइन म जस्ता सबैलाई अनुभूत गराएका होलान् । बुटवलमा रहेका व्यावसायिक र सामाजिक संघ सस्थाहरूले आयोजना गरेका शुभकामना आदानप्रदान कार्यक्रमहरूमा सहभागिता जनाउँदै बुटवल उद्योग वाणिज्य संघको आयोजनामा पनि वडादसैँ, दीपावली, नेपाल संवत् र छठ पर्वका अवसरमा भव्य रूपमा शुभकामना आदान प्रदानको कार्यक्रमको आयोजना गरियो । सधैँ जस्तै यस वर्षको दसैँ पनि छपिया ठूला दाजुभाउजू, माइला दाइभाउजू, नयाँगाउँस्थित भोजराज दाई भाउजू र हाम्रो परिवारमा उमेरले जेठी (८८ वर्षीय) कान्छी आमाको हातबाट टीका लगाई यस पटकको दसैँ बिसर्जन गरियो ।
दसैँको टीकापश्चात् भारत उत्तरप्रदेशको अयोध्या, हरिद्वार, वृन्दावन हुँदै आग्रासम्मको यात्राका बारेमा व्यवसायी र छिमेकीहरू रामकृष्ण चापागाईँ, दिवाकर घिमिरे र मनहरि बस्यालबीच घनीभूत छलफल र तयारी भएको थियो । म पनि यी सबै कुराबाट बेखबर भने थिइनँ तर मेरो एउटा मात्र सर्त हुन्थ्यो । म दुई रातभन्दा बढी बाहिर नरहने प्रतिवद्धता गरेको छु । हजुरहरू घुमेर आउनुहोस् । म यतै नेपालभित्रकै छोटो छोटो पारिवारिक यात्रा गर्छु भनेको थिएँ । बुटवल उद्योग वाणिज्य संघ रूपन्देहीले पुस ३ गतेदेखि आयोजना गर्ने व्यापार मेलाको आन्तरिक तयारीका कारण लामो समय बुटवल बाहिर नजानु मेरो बाध्यताको कारण बनेको छ । यस यात्रामा करिब ४ रात ५ दिन लाग्ने अनुमानका कारण मेरो सहभागिता सङ्कटमा परेको थियो । टीकाको साँझसम्म पनि मौखिक रूपमा तय भएको तर निश्चित भई नसकेको साथी छिमेकीहरूको यात्रामा अनिश्चियको कालो बादल मडारियो । दिवाकरजी र मनहरिजीको परिवार यात्रामा निस्कन अनुकूल भएन । बरु दिनको संयोजन गरौँ दुई परिवारका ७ सदस्यीय टोली बनाएर भगवान् श्रीरामको जन्मभूमि अयोध्यासम्म जाऔँ है हरि सर भनी रामकृष्णजीले फोन गर्नुभो । मैले हजुर कहाँ हो र भनी सोधेँ, उहाँले हजुरकै घरबाहिर भन्नुभो अनि मैले फोन राख्नुहोस् म बाहिर निस्कन्छु भन्दै घर बाहिर निस्केँ । यसपछि हाम्रो घुमघामको सरसल्लाह सुरु भयो । भारतको बहुचर्चित राम जन्मभूमि अयोध्यासम्मको यात्रा गरी फर्कने योजना बुनेर छुट्टियौँ । भोलि बिहान ८ बजे घरबाट निस्कने, सुनौलीसम्म रामकृष्णजीको गाडीमा अपिलले चलाउने, रामकृष्णजी, उहाँकी श्रीमती कला मेडम म र मेरी श्रीमती कमला जाने र आयुष, अङकुर र अभिजित बसमा जानेसमेत तय ग¥यौँ । हामी सुनौली नेपाली भन्सार अगाडि गाडी रोकेर भारतीय नम्बर प्लेटको ७ सिटे गाडी खोज्नतिर लाग्यौ । यत्तिकैमा धेरै भारतीय गाडीवालाहरू पछि लाग्न थाले । हामीले पनि हामीलाई चाहिने गाडी र दरभाउको कुरा गर्दै थियौँ, यत्तिकैमा अलि सोझो र इमानदार जस्तो लाग्ने गाडीवालासँग हाम्रो कुरा मिल्दै गयो । भारतीय नोटको पनि हामीसँग व्यवस्था थिएन । रामकृष्णजीसँग भएको भारतीय सिम एक्टिभ गराउनुपर्ने भएका कारण हामी भारततर्फको सुनौली गयौँ । एक एक कप चिया पिएर सिम एक्टिभ गराई नेपालतर्फ आएर नोट सटही काउन्टरमा ५० हजार नेपाली बराबरको भारतीय रूपैयाँ सटही गरी अवैधरूपमा सयकडा ३ का दरले सटहीबापतको रकम बुझाएर ३० हजार ३३०। भारतीय रूपैया भित्री र बाहिरी गोजीमा राखेर गाडी भएतिर आयौँ । त्यति वेलासम्म बसमा आउँदै गरेका आयुष, अङ्कुर र अभिजित सुनौली आइपुगेका थिएनन् । फोन सम्पर्क गर्दा भैरहवा देवकोटा चोकमा आइपुगेको कुरा गरे । हामीले पनि गाडीबाट झोलाहरू झिकी अपिललाई बुटवल फर्कायौँ । एकै छिनमा छोराहरू आइपुगे र हामी भारतीय सिमातर्फ लाग्यौँ  ।

भारतीय सिमा सुरक्षा चौकीमा ७ जनाको नाम दर्ता र माल सामान चेकजाँच गराई हाम्रो यात्राका लागि तय भएको गाडीमा चढी अयोध्यातर्फ लाग्यौँ । गाडी तय गर्ने मानिसले भाडा र सेवा सुविधाका बारेमा ब्रिफिङ गरिसकेका थिए । अहिले गाडी चलाउने ड्राइभर पनि त्यही गाडी तय गर्ने व्यक्तिकै भाई रहेछन् । उनी पनि हामीलाई लिएर जाने खास ड्राइभर रहेनछन् । उनले पनि अर्को खास ड्राइभरलाई फोन गरेर नौतनवा बाइपासमा आउन निर्देशन गरे । तर हामी त्यहाँ पुग्दा उनी आइसकेका थिएनन् । पुनः फोन गरी नौतनवा चौकमै बस्न भने । हामी नौतनवा चौक पुग्दा ड्राइभर आइसकेका रहेछन् । त्यहाँसम्म गाडी लैजाने व्यक्ति झरे र साहिल नामका अर्का खास ड्राइभर गाडीमा चडे । साहु ड्राइभरले भाडालगायतका विषयमा ब्रिफिङ गरेपछि गाडी अगाडि बढ्यो । ७/८ किमीपछि गाडी पेट्रोल पम्पभित्र पस्यो । ड्राइभरले हामी सबैलाई गाडीबाट झर्न निर्देशन गरे हामी सबै झ¥यौँ । गाडीमा पेट्रोल डिजल राख्दा कहिल्यै झर्ने गरिएको थिएन मनमा कौतूहल रहेको थियो ! अनि गाडीमा चढेपछि कौतूहल मेट्न मन लाग्यो र मैले किन झर्न भनेको भनेर साहिललाई सोधेँ । उनले गाडीमा पेट्रोल नराखी (सिएनजी) ग्याँस भरेको र ग्याँस भर्दा खतरा हुन सक्ने भन्दै सरकारले नै यात्रुलाई झार्न पर्ने निर्देशन गरेकोले आफूले झर्न आग्रह गरेको जानकारी गराउँदै कौतुहल मेटाइदिए ।

सुनौली गोरखपुर सडक बिस्तारका कारण आउने डाइभर्सनले हाम्रो बुटवल नारायणगढको झझल्को दिइरहन्थ्यो । तथापि हाम्रो जस्तो अस्तव्यस्त थिएन । हामी कोल्हुईबाट पश्चिमतर्फ लाग्यौँ र निर्माणाधीन सडकमा आउने अरू डाइभर्सनलाई समेत बिदा गरियो । केही महिना पहिले मुम्बईको यात्रामा समेत यही सिद्धार्थनगर, बस्ती हुँदै अयोध्याको रुटबाट लखनउ गएका कारण कतिपय पुराना यादहरूले पुनर्ताजगी पाएका थिए । भौगोलिक हिसाबले नेपालको मर्चवार क्षेत्रको नजिकै भारततर्फको सडक भएर लुम्बिनीको कक्रहवा बोर्डरबाट आउने सडकको जानकारी यात्रामा रहेका रामकृष्णजी बाहेकका सदस्यलाई गराउँदै अगाडि बढ्दै गयौँ । बिहानीको बिदाइ र मध्याह्नको स्वागतसँगै हामी सबैका पेटले केही खोजिरहेको थियो । ड्राइभरलाई राम्रो सफा खाना पाइने हामीले भन्ने गरेको होटल सोध्न सुरु गरियो । भारतमा खाना खाजा खान पाइने ठाउँलाई ढावा भन्दा रहेछन् । ड्राइभरले बिक्रम  ढावामा राम्रो छ त्यहीँ उपयुक्त हुन्छ भने । हामीले पनि सहमति त जनायौँ तर अलि टाढै रहेछ । सबै भोकले आत्तिने अवस्था आयो । ड्राइभरले सान्त्वना दिँदै थिए, हाम्रो अघिल्लो यात्रामा पनि त्यही ढावामा खाएको याद आयो र ढिलै भए पनि त्यहीँ पुग्न अरूलाई विषयान्तर गर्दै अलमलायौँ । यही बिचमा बुटवल उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष सुरज भट्टराई, इ.कुसुम ज्ञवाली र न्यु होराइजनका प्रिन्सिपल लोकनाथ सरसमेतको टोली पनि अयोध्या यात्रामा आएको कुरा प्रत्यक्ष भिडियो कल संवादसमेत भयो । हामी खाना खाने ढावामा पुग्दा सुरजजीहरू सिद्धार्थनगर पुग्दै हुनुहुन्थ्यो । साँझ भेट हुने र मिलेसम्म सँगै बस्ने कुरा भएको थियो तर पछि हाम्रो भेट भने भएन । हामी ३.३० बजेतिर अयोध्या पुग्यौँ । होटल खोज्दा खोज्दै समय ढल्कँदै गयो, अन्ततोगत्वा एउटा सामान्य होटल माँ शारदा होटलमा बास बस्ने निधो भयो । होटलमा झोला थन्क्याएर अयोध्याको सरयुघाटको आरती दर्शनका लागि त्यसतर्फ लाग्यौँ । आरतीको दर्शनपश्चात् टेम्पोमा होटल नजिकैको एउटा शाकाहारी होटलमा खाना खायौँ । यसैबीचमा बुटवलको अर्को साथी होमनाथ पाण्डेय पनि अयोध्यातर्फ आउँदै गरेको र कोठा व्यवस्थाको जिम्मा दिनुभएकाले हामी बसेकै होटलमा दुईवटा कोठा बुक गरिदिएका थियौँ । उहाँ ११ बजे रातीसम्म आइपुग्ने भन्नुभएको थियो । होटलवालालाई होमनाथजीको फोन नम्बर र होमनाथजीलाई होटलको नम्बर दिइसकिएको थियो । दिनभरको गाडीको थकाइले लोस्सिएको ज्यानले आराम खोजिरहेको थियो । बेलैमाथि निद्रादेवीको शरणमा पुग्ने गरी कोठामा पस्यौँ । ११ बजेको हाराहारीमा होमनाथजी परिवारसहित आइपुग्नुभएछ । कोठाका घण्टीहरू बज्न थाले । ज¥याकजुरुक उठेर होमनाथजी र उहाँका भ्रमण दलका सदस्यको स्वागतमा सबै उठियो । राती २ बजेसम्म होमनाथजी, रामकृष्णजी र म भएर विवाह (म्यारिज) खेलमा लाग्यौँ । छोराहरू दुर्गा विसर्जनको रमाइलो हेर्न मूल सडकतिर गएका थिए ।

भोलिपल्ट बिहान सबेरै ५ बजे उठी मन्दिर दर्शनको तयारीमा नित्यकर्म र स्नान गरी ६ बजेतिर राम जन्मभूमितर्फ लाग्यौँ । मन्दिरको भव्यता, सरसफाइ र चुस्तताले सबै दर्शनार्थीको मन जितेको हुनुपर्छ । बाहिर देखिने भिडभाडले घण्टौँ लाग्ला कि जस्तो लागेको थियो तर जुत्ता चप्पल राख्ने ब्यवस्थापन र बहुमुल्य वस्तु राख्ने लकरको व्यवस्थापनमा पनि कुनै गुनासो गर्ने ठाउँ थिएन । मैले एक जना सुरक्षाकर्मीलाई नेपालबाट ल्याएको शालिग्राम कहाँ हो भनेर सोधेँ तर उनले अनभिज्ञता जाहेर गरे । राम मन्दिरको दर्शनपश्चात् हनुमानगढीतर्फ लाग्यौँ । हनुमानगढीमा हनुमानको तलैबाट दर्शन गरी बिहानको खाजाका लागि ३/४ ओटा खाजा घरमध्ये राम मन्दिरकै सामुन्नेको खाजाघरमा पसी पुरी, जेलवी, दही, परौठा र तरकारी खाई होमनाथजीहरूसँग बिदा भएर हामी होटलमा गई झोलाहरू गाडीमा राखेर वाराणसीतर्फ लाग्यौँ । नयाँ रुट भएर पनि रातको अनिदोको कारण सबै सम्झनामा राख्नुपर्ने दृश्यहरू राख्न सकिएन । सुल्तानपुरमा गाडीमा तेल भर्न समय लाग्ने देखेपछि निद्रा पनि कम होला कि भनी मड्का चिया पिउने निधो गरियो । चियावालाले भारतमा धेरै हत्याका घटना हुने जिल्ला सुल्तानपुर हो भनेको सुन्दा शरीरभरि काँडा उम्रे जस्तो भयो । चिया पिएर सक्दासक्दै गाडी पनि तेल भरेर आयो । हामी गाडी चढ्यौँ र वाराणसीतर्फ लाग्यौँ । करिब ५० किलोमिटर अगाडि आएपछि टायरमा हावा राख्ने ठाउँमा गाडी रोकियो । हामीले सम्झियौँ हावा राख्ने होला भनेर तर गाडीको पछिल्लो टायरमा एउटा ठूलै किल्ला गढेर पन्चर भएको रहेछ । एक छिन फेरि रोकिनुपर्ने भयो । मैले र रामकृष्णजीले १/१ चिया ग्रहण गरियो । सम्झना नआउने नयाँ नयाँ ठाउँका नाम भएका बोर्डहरू पढ्दै अगाडि बढ्यौँ ।

करिब ४ बजेको आसपासमा हामी बनारस आइपुग्यौँ । विश्वनाथ मन्दिर दर्शन गर्ने इच्छा मन्दिरलाई पायक पर्ने गरी अरूलाई गाडीमा छोडेर आयुष, रामकृष्णजी र म होटल खोज्न विश्वनाथ मन्दिरतिरै लाग्यौँ । प्रविधिको प्रयोग गर्दै अनलाइनमा देखिएका होटल खोज्दै जाँदा अनलाइनमा देखिएका तर अस्तित्वमा नरहेका होटलहरूका कारण सास्ती भयो । यसैबीचमा बनारसबाट धार्मिक किताबहरू ल्याइदिने पंकजले मलाई देखेछन् र ए हरि दाइ ! भनी चिच्याए । म आश्चर्य चकित जस्तो भएँ । यो नचिनेको ठाउँमा कसले बोलायो भनेर ! आँखा घुमाउँदा चिरपरिचित पंकजलाई देखेँ । पंकजले पनि बस्ने ब्यवस्थाका लागि केही प्रयास गरे तर हामीलाई उनका मानिसले देखाउन लागेको ठाउँ अनुकूल लागेन । उनले देखाएको कोठामा सातैजना एउटै कोठामा लाइन लागेर सुत्नुपर्ने थियो । पछि हामी छुट्टै निस्कियौँ र काशी दर्शन भन्ने होटल जुन विश्वनाथ मन्दिर जाने मूल सडकमै थियो त्यहीँ हे¥यौ र बस्ने निधो ग¥यौँ । अब बल्ल गाडीमा बसेका कमला, कला, अंकुर र अभिजितलाई लिन आयुषलाई पठाई होटलको कोठातर्फ लाग्यौँ । आयुष अरू सदस्य आउन ढिला गरे अनि आत्तिएर फेरी ड्राइभरलाई फोन ग¥यौँ । उनले आयुषसँग भेट नभएको कुरा गरे । आयुषसँग मोबाइल थिएन । पार्किङमा रहेका उनीहरूलाई खोज्न केही समय लाग्यो । तुरुन्त उतैबाट फोन आयो आयुष भेट भयो भनेर हामी ढुक्क भयौँ । उनीहरू आउने बाटातिर हेर्दै निस्कियौँ । एकैछिनमा भेट भयो । कोठामा झोला राखेर अभिजितको अफर गरेअनुसार डमिनोजको पिज्जा खान अलि टाढा लागे । हामी दुई जोडी बुढाबुढी वरिपरिको बजार हेर्दै खाना खाने होटलतिर लाग्यौँ । हामी खाना खाएर आएको एकछिनमै छोराहरू खुसी हुँदै होटल आइपुगे । अनिदो र दिनभरको यात्राले सबैजना बेलैमाथि सुत्ने तरखरमा लाग्यौँ किनकि बिहान सबेरै उठेर विश्वनाथ मन्दिरको दर्शन गर्न जानुपर्ने थियो ।

बिहान सबेरै उठी नित्यकर्म र स्नान गरी विश्वनाथ मन्दिरतर्फ लाग्यौँ । १० मिनेटको हिँडाइ पछि हामी मन्दिरको मूलगेटमा पुग्यौँ । दर्शनार्थी आउनेक्रम बढ्दै थियो । मानिसहरू मन्दिर प्रवेशका तीनओटा मापदण्ड रहेछन् । पहिलो अतिविशिष्ट द्वार जहाँबाट राज्यका विशिष्ट ब्यक्तित्व र विदेशी खास खास मानिस जान पाउँदा रहेछन । दोश्रो मापदण्ड अनुसार प्रतिव्यक्ति २५०÷– बुझाएपछि छोटो बाटो भएर दर्शन गराउने व्यवस्था गरिएको रहेछ । तेस्रो मापदण्ड अनुसार लाइनमा बसेर निःशुल्क दर्शनको व्यवस्था रहेछ । यिनै मापदण्डमध्ये हामीले दोस्रो मापदण्ड अनुसारको टिकट लिने मनस्थिति बनाउँदै थियौँ । यत्तिकैमा एउटा गाई भिडमा आयो चारैतिर मानिसको भिड, बिचमा गाई भएपछि गाई आत्तिएर यता र उता दुगुर्दा एकैछिन त गाई नृत्य हो कि जस्तो माहोल बन्यो ! गाईलाई एउटा कर्नरबाट बाहिर निकालेपछि परिस्थिति सामान्य जस्तै बन्यो । हामी पनि सातजनाको टिकट बनाई द्रुतमार्गबाट विश्वनाथ महादेवको दर्शनमा भित्र पस्यौँ । अयोध्यामा जस्तो झोला राख्ने लकरको व्यवस्था भने यहाँ रहेनछ । हाते झोला भित्र लैजान नपाउने भएपछि कमला र कला मेडमको झोला लिएर गेट र मन्दिरको बिचमा आयुष र अभिजित रोकिए हामी अरू पाँचजना भित्र पस्यौँ । भित्र अर्को चेक गर्ने स्थानमा एउटा टिकटका सबै एकै पटक भित्र पस्नै पर्ने कुरा त्यहाँ खटिएका सुरक्षाकर्मीले भनेपछि अंकुरलाई फर्काएर आयुष र अभिजितसँग भएका हाते झोलाहरू बाहिरका लकरमा राखी भित्र ल्याउन सात जनाको टिकट दिएर पठायौँ । एकैछिनमा सबै प्रबन्ध मिलाएर आयुष, अंकुर र अभिजितभित्र पसे । अब सातैजना दर्शनका लागि मुख्य मन्दिरभित्र पस्यौँ । दर्शनका लागि खासै समय लागेन । मुल मन्दिर पस्नुअघि लकरमा राखेका मोबाइल झिकेर फटाफट सामूहिक, एकल, डबल र छुट्टाछुट्टै फोटा खिची मन्दिर परिसरबाट बाहिर निस्कियौँ । बाहिर निस्केपछि लकरमा राखेका हाते झोला लिएर सामान्य प्रसाद किनी बनारसको प्रसिद्ध खाजा कचौरी र दहीको खाजा खाई होटलतर्फ लाग्यौँ । होटलमा आई चेकआउट गर्दै साहिललाई तयारी हुन भन्यौँ र हामी फटाफट गाडी भएतिर लाग्यौँ ।

करिब १८ घण्टाको बनारस बसाइमा पहिले जाँदा देखेको बनारसभन्दा अलि फरक थियो । सरसफाइमा व्यापक सुधार भएको अनुभुति गर्न सकिन्थ्यो । अहिले सरफाइ र व्यवस्थित भएपछि वाराणसी रूपान्तरित भएछ जस्तो लाग्यो । वाराणसीलाई बिदा गर्दै अब हाम्रो गाडी आजमगढ, गोरखपुर हुँदै सुनौलीतर्फ बढ्यो । गोरखपुर आएपछि चिरपरिचित मलमा सामान्य किनमेल गरी एकजना साथीले सुटुक्क म्यासेज गरेर मगाएको वस्तुसमेत किनेर गोरखपुरतिरबाट पिपिगन्ज नआइपुग्दै करिब ४५ मिनेट कुरेर तेल राखी करिब ८ बजेको हाराहारीमा नेपाल प्रवेश गरियो । उता जाँदा जुन तामझासका साथ नाम दर्ता र झोला चेक जाँच थियो आउँदा हाम्रा तिर परदेशबाट दसैँमा बा आए जस्तै सम्मान थियो । सोध्ने कोही थिएन । बरु बा आएको हर्षमा छोराछोरीहरू घरभित्र पसे जस्तै सुनसान नै थियो । गेट भन्सारको साइडमा अरूलाई बस्न अह्राएर रामकृष्णजी र म भ्यान खोज्न सुनौली बसपार्क अगाडि आयाँै । एकजना बिर्ताको साथी भेटिनुभो, बुटवलसम्मको भाडा सोधेको १५००÷– भन्नुभो । मैले १२००÷– मा जाउ न है भनेँ । उहाँले बसमा गए नि १००÷– लिन्छ । ७ जनाको २००÷– दरले १४००÷– दिनुहोला भन्नुभो । उहाँको कुरामा दम थियो, हुन्छ भनेर गाडी चढी तेस्रो दिनको साँझ सकुशल घरमा आइयो !

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?