ट्रेंडिंग:

>> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने

स्थानीय उत्पादनलाई प्रोत्सहन गर्न कृषिलाई प्राथमिकतामा राखेको छौँ : नगरप्रमुख थापा

२ कार्तिक २०८१, शुक्रबार
२ कार्तिक २०८१, शुक्रबार

चन्द्रौटा(कपिलवस्तु),२ कार्तिक । शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले नगरपालिकाले शिक्षापछि कृषिलाई प्राथमिकतामा राखेको बताएका छन् । कपिलवस्तुको खरेन्द्रपुरमा रहेको शिवराज कृषि सहकारी संस्थाको ९औं साधारणसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । स्थानीय उत्पादनलाई प्राथमिकताको योजना अघि सारेको समेत उनले बताए ।

विशेषगरी स्थानीय उत्पादनलाई व्यापारी, उद्योगी र उपभोक्तालाई समेत प्रयोग गर्न आग्रह समेत थापाले गरे । तिहारलाई लक्षित गरि प्लास्टिकजनय फूलको माला लगायतका वस्तु बिक्रीवितरणमा रोक लगाउँदै स्थानीय उत्पादनलाई प्रोत्सहन गर्न आग्रह गरेको थापाले बताए ।बजारीकरण, बीउबिजन, सिँचाइ लगायत मलखादको व्यवस्थापन क्रमिक रुपमा गर्ने प्रमुख थापाको भनाइ छ ।

यस्तैबीच शिवराज नगरपालिका–३ का वडा अध्यक्ष टेकलाल सापकोटाले सहकारीले सर्वसाधारण कृषकलाई बचत गर्ने बानीको विकास गरेको बताए । कृषिजन्य सामाग्री सुलभ तवरले उपलब्ध गर्ने गराएको बताउँदै स्थानीयस्तरमा आइ एम ई सञ्चालन गरि ग्रामिण भेगका सर्वसाधारणलाई सुविधाले जोडिएको सापकोटाले प्रशंसा गरे ।

मलखाद लगायत कृषि सामाग्री कृषकसँग जोड्दै वडालाई कृषिमा अब्बल बनाउन आफू लागि परेको सापकोटाले बताए । वडाका कृषकहरूलाई आत्मनिर्भर बनाउन व्यावसायिक रूपमा कृषि पेशालाई अगाडि बढाउनुपर्ने उनले जनाए । वडा अध्यक्ष सापकोटाले सहकारीले कृषि क्षेत्रमा धेरै काम गरेकोले अब किसानले उत्पादन गरेका बस्तुलाई सहकारीले खरिद गर्नुपर्ने उनको भनाइ छ । वडाले प्रत्येक वर्ष कृषि क्षेत्रमा विभिन्न कार्यक्रम राखेकोले आगामी दिनमा समेत निरन्तर दिने बताए । कतिपयले अनुदानको लागि मात्र कृषि पेसा गर्ने गरेकोले त्यो अब सम्भव नरहेको सापकोटाले जिकिर गरे ।

गत आर्थिक बर्ष २०८०/०८१ मा ९३ लाख ७ हजार ३ सय ९७ रुपैयाको कारोबार भएको सहकारीको प्रतिवेदनमा उल्लेख छ । सहकारीका अध्यक्ष केरसिंह अदैले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सहकारीले सर्वसाधारणको समस्यालाई मध्यनजर गरि आइ.एम.इ. सञ्चालन गरेको जनाए ।

किसानहरूको लागि मल बिक्री वितरण लगायतका कामले कृषकहरूलाई सहज भएको दावी गरे । चालु आवमा कृषकहरूलाई तालिम प्रदान गर्ने, मल बिउ खरिद गर्ने र सामूहिक खेतीको लागि पहल गर्ने लगायतका योजना अघि सारेको सहकारीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?