ट्रेंडिंग:

>> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास

जितगढीमा ऐतिहासिक सरायँ नाचमा युद्धकला प्रदर्शन

१ कार्तिक २०८१, बिहीबार
१ कार्तिक २०८१, बिहीबार

रुपन्देही ।

बुटवल उपमहानगरपालिका वडा नं १३ जितगढीमा पहाडी क्षेत्रमा दशैंपछि नाचिने परम्परागत सरायँ नाच प्रदर्शन गरिएको छ । परम्परागत हातहतियार र युद्धकलाको झल्को दिने सरायँ नाच दशैंको अन्तिम दिन पुर्णिमाको दिनसम्म खेलिन्छ । सराय व्यवस्थापन समिति बुटवल–१३ ले व्यवस्थित रुपमा सराय नाच प्रदर्शन गरेको हो ।

लुम्बिनी प्रदेश उद्योग तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा लुम्विनी प्रदेश सभाका भोजप्रसाद श्रेष्ठ, बुटवल उपमहानगरका नगर प्रमुख खेलराज पाण्डे, पर्यटन मन्त्रालयका निमित्त सचिव रमेश गौतम, प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, नेपाली सेनाका मध्यपश्चिम पृतना पति, बाहिनि पति, गणपति, लगायत उच्च पदस्थ ब्यक्ती हरुको उपस्थिति रहेको सरायनाचमा नेपाली सेनाको टुकडीले युद्धकौशल सहितको सरायँ प्रदर्शन गरेको थियो ।

कार्यक्रममा लुम्बिनी प्रदेश उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले सांस्कृतिक र पौराणिक महत्व बोकेको सराय नाच एैतिहासिक महत्वको ठाउँ जितगढिमा हुनु आफैमा धेरै राम्रो भएको बताए । मन्त्री न्यौपानेले यस प्रकारका मौलिक सस्कृतिको संरक्षणमा प्रदेश सरकारले ध्यान दिएको बताए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले यो सराय नाचले तराइमा पहाडबाट बसाइ सराइका साथसाथै संस्कृति सरेको बताउँदै यो राम्रो पक्ष भएको बताए । बुटवल उपमहानगर प्रमुख खेलराज पाण्डेले हरेक संस्कृतिको जगेर्ना गर्न उपमहानगरले सहयोग गरेको बताए ।

कार्यक्रममा समितिका अध्यक्ष खिमबहादुर थापाले ऐतिहासिक लोपन्मुख सराय नाँच संरक्षणका लागि सरायँ नाचलाई नियमित गरिएको बताए । वि.सं २०७० सालदेखि गुल्मी, पाल्पा, अर्घाखांची, प्यूठानबाट बसाइसराइ गरी बुटवल आएका मानिसहरुको पहलमा सराय नाँच संरक्षण गर्ने उद्देश्यले वर्सेनि यो कार्यक्रम राखिएको अध्यक्ष थापाले बताए । यसपालिको ऐतिहासिक सांस्कृतिक सराय नाँच संरक्षण गर्न ब्यवस्थापनका लागि बुटवल उपमहानगरपालिका र प्रदेश सरकारबाट सहयोग भएको पनि उनको भनाइ छ ।

समितिका सचिव पिताम्बर भण्डारीले सरायनाचले सामाजिक सद्भाव र एकता कायम राख्न सहयोग पुगेको बताए । नेपाल र नेपालीको मौलिक संस्कार र संस्कृति पछिल्लो समय संकटमा पर्दै जान थालेपछि १ दशक अघिदेखि समितिले निरन्तर सरायँ नांच प्रदर्शन गर्दै आएको संस्थापक ऋषि आजादले बताए ।

परापूर्वकालदेखि नाच्दै आएको सरायँ नाचलाई अहिलेका पुस्तासम्म देखाउनुपर्छ भने लागेरै कार्यक्रम गर्न लागिएको आयोजकहरुले बताएका छन् ।

सरायँ खेल्दा तरबार, खुकुरी आदि परम्रागत हातहतियारहरु नचाएर युद्धकला प्रदर्शन गर्दै एक आपसमा खुसी साटासाट गर्ने र रमाइलो गर्ने गरिन्छ । सराय नाँच विशेष गरी लुम्बिनी प्रदेशका गुल्मी, अर्घाखाँची, प्यूठान, कपिलवस्तु, रुपन्देही, दाङ तथा गण्डकी प्रदेशको बागलुङ, स्याङ्जा तथा अन्य विभिन्न जिल्लाहरुका कोट तथा शक्तिपिठहरूमा नाच्ने प्रचलन छ । जितगढीमा भएको सरायनाचमा रुपन्देही, कपिलबस्तु,नवलपरासीदेखि सराय हेर्न ठूलो संख्यामा मानिसहरु सहभागी भएका थिए । लोप हुन लागेको सरायँ नाचलाई संरक्षण र पुस्तान्तरका लागि भन्दै यो स्थानमा २०७० सालदेखि समितिले नियमित रुपमा सरायँ प्रदर्शन गर्दै आएको यसका संस्थापक ऋषि आजादले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?