© २०२३
बर्दिया, २९ असोज ।
बर्दियामा गोली लागेर एक जना घाइते भएका छन् । गोली लागेर गुलरिया नगरपालिका–८ का ४० वर्षीय बलराम लोढा घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता डीएसपी ऋषिराम घर्ती मगरका अनुसार घाइते लोढाले खेतमा काम गर्ने क्रममा भारतीय वन गार्डले गोली हानेका थिए ।
गोली लागेर घाइते भएका लोढालाई उनका आफन्तले आइतबार साँझ करिब ७ बजे गुलरिया अस्पताल पुर्याएका थिए । अस्पताल पु¥याएपछि मात्रै प्रहरीले घटनाबारे थाहा पाएको डिएसपी मगरले बताए ।
लोढालाई गोली लागेको जानकारी पाएलगत्तै प्रहरीले अस्पताल पुगेर घटनाको जानकारी लिएको थियो ।
घाइतेको लोढालाई जिल्लामा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नर्सिङ होम बाँकेमा रिफर गरिएको डिएसपी मगरले जानकारी दिए ।
बर्दियाका प्रहरी प्रमुख एसपी केदार खनालले नेपाल–भारत सीमा क्षेत्र गुलरिया–८ स्थित आफ्नो फार्ममा काम गरिरहेको बेला अचानक भारतीय किसानले गोली चलाएको सुनेको बताए ।
उनले घटनाको अनुसन्धानका लागि भारतीय सुरक्षाकर्मीसँग छलफल गरिरहेको पनि बताए ।