पाल्पा, २६ असोज ।
सेनकालीन समयमा बाटोमा हिड्ने बटुवाको लागि खानेपानीको प्यास मेटाउन निर्माण गरिएका ढुंगे धाराहरु तानसेनबाट हराउन पुगेका छन् ।
पुर्वजहरुले सदाका र सबैका लागि अचल सम्पत्तिको रुपमा छाडेका यस्ता ऐतिहासिक धरोहरहरुलाई नयाँ पुस्ताले नयाँ स्वरुप र शैलीमा अपनाएको आधुनिक विकासका कारण पानीका श्रोत हराउन पुग्दा यस्ता प्राचीन सम्पदाहरु सदाका लागि नाम निशाना नै नराखी हराउन पुगेका छन् । चौधौं देखि सोह्रौ शताब्दीको अवधिमा तानसेनका बजार र तत्कालीन समयमा बजार भन्दा बाहिर समेत तत्कालीन शासकहरुले स्थानीय जनतादेखि बाटोमा हिड्ने बटुवाको सुविधाका लागि पानीको श्रोतहरु भएका स्थानमा ढुंगें धाराहरु निर्माण गराएको इतिहास सम्बन्धी जानकारहरु बताउँछन् ।
यस्ता प्राचिन सम्पदाहरुको संरक्षण गर्ने मुख्य जिम्मेवारी स्थानीय सरकारको हो तर नगर सरकारका कारण पानीबिनाका धाराहरु हुनपुगेको टक्सार टोलका स्थानियमनिन्द्र बज्रचार्य बताउछन् । स्थानियनगर सरकारले जनप्रतिनीधिबिहीनअवस्थामापानीको श्रोत नजिकै ठुला ठुलाभवनहरु बनाउने र सडकहरु ढलान गर्दाआकाश बाट पानी पर्न बन्दहुदा साथधारामापानीपनिआउन छाडने उनी बताउँछन् ।
दुईदशक अगाडि सम्म तानसेनमा यस्ता धाराहरुलाई विदेशी पर्यटकले क्यामरामा कैद गर्ने गर्थे । यस्ता प्राचिन सम्पदाहरु विदेशीको लागि आकर्षकको केन्द्र भएको थियो । तर यसको महत्व र गरिमा स्थानीय सरकारले बुझ्न नसक्दा संरक्षण विहीन जस्तै बनेको स्थानीयहरुको गुनासो रहेको छ ।
प्राचिन कलाले भरिएको तानसेन १६ शताब्दीतिर काठमाडौ पछिको शक्तिशाली राज्य हो । सेन कालीन समयमा निर्मित यस्ता सम्पदा मात्र नभएको, एकीकरणपछिको समयमा गोर्खाका काजी अमरसिंह थापाद्वारा निर्मित अमर नारायण मन्दिर भित्र रहेका पानीका धाराहरुका पानीको मुहानमा सिमेन्ट लगाउँदा धारामा पानी सानो भएको पुराना पुस्ताका स्थानीय धर्मचन्द्र नेपाल बताउँछन् ।
आधुनिक विकासका कारण ढुंगाले छापिएको सडकमा ढलाने सडक बनाउँदा कहीं पानीका मुहान सुके भने कतै राजनैतिक पहुँचका कारण पानीका मुहानहरु अतिक्रमणमा परे । अब बाँकी रहेका धाराहरुमा पानीबिनाका धारा हुन पुगेको स्थानीयहरुको गुनासो रहेको छ । तानसेन बजारमा पाईप प्रणालीबाट पानी वितरण गर्ने प्रताम शमसेर हो ।
प्रतामशमशेरले नगरबासीका लागि ठाउँ ठाउँमा सार्वजनिक धाराहरुको व्यवस्थापन गरेका थिए । सार्वजनिक धाराहरुमा जातिय विभेदका कारण दलित वर्गका समुदायहरु ढुंगे धारामा नै निर्भर हुनु परेको थियो । यसले गर्दा पनि यस्ता ढुंगे धाराको महत्व बढी नै थियो ।
विकासको क्रमसँगै तानसेनका सबै घरहरुमा खानेपानीका धाराहरु जडान भएका छन् तर यहाँ भाडामा बस्नेहरुलाई मध्यमवर्गीय वा विद्यार्थीहरु सबै खानेपानीदेखि नुहाउन, कपडा धुनको लागि घण्टौ बिताएर ढुंगे धाराको निर्भर हुनु परेको विद्यार्थी नेताशुसील बस्याल बताउँछन् ।
यहाँ पाल्पाको हावापानी राम्रो भने पनि हावा मात्र स्वच्छ हो । पानी त विद्युतीय लिफ्टिङ गरेको खानी हो । एक गाग्रो पानीको लागि घण्टौ लाइनमा बस्नु पर्दछ । पानीको समस्या सबै भन्दा बढी दु.ख त भाडामा बस्ने विद्यार्थीले भोग्नु परेको विद्यार्थी लक्ष्मी खनाल बताउँछिन् ।
स्थानीय सरकारले यस्ता सम्पदाहरु संरक्षणसंगै जगेर्ना गर्ने हो भने पनि हाल सम्म स्थानीय सरकार तथा जनप्रतिनिधिहरुको ध्यान नपुग्दा यस्ता सम्पदाहरु खण्डहरमा हराउँदै गएको स्थानीयहरुको आरोप छ ।
स्थानीय सरकारका प्रमुख सन्तोषलाल श्रेष्ठ भन्छन् “यहाका यस्ता सम्पदाहरु अब कहिल्यै नबन्ने गरी बिगारेका कारण समस्या भएको हो । यसरी प्राचिन सम्पदाहरु खण्डहरमा परिणत भएका हेर्दा र देख्दा आफुलाई दु.ख लागेको बताउँछन् । पहिला पहिला जति बिग्रियो भत्कियो अबका दिनमा त्यस्ता सम्पदाहरु संरक्षणका लागि आफु सचेत भएको प्रमुख श्रेष्ठ बताए ।
प्राचिन सम्पदा पर्यटकको लागि आकर्षकको केन्द्र बिन्दु भएका कारण यस्ता सम्पदाको संरक्षण गर्नुपर्ने सबै नगरबासीहरुको साझा दायित्व भएको छ । एकले अर्कोलाई दोषारोपण गरेर मात्र पन्छिने प्रवृत्तिका कारण पुराना सम्पदाहरु एकपछि अर्को गरी हराउन पुगेको उद्योग वाणिज्य सघंका अध्यक्ष शैलेन्द्र भट्टराई बताउँछन् ।