© २०२३
गुल्मी, २५ असोज ।
गुल्मीमा जीप दुर्घटनामा परी १४ जना घाइते भएका छन् । बुटवलबाट रिडी–रुद्रबेणी–वामीटक्सार हुँदै बाग्लुङ्को बडिगाड गाउँपालिका अन्तर्गत खौलारतर्फ जाँदै गरेको लु १ ज ४४४८ नम्बरको यात्रुवाहक जीप शुक्रबार बिहान गुल्मीको मुसिकोट नगरपालिका ५ स्थित ईन्द्रेगौंडामा दुर्घटना भएको हो ।
दुर्घटनामा परी चालक सहित १४ जना घाइते बनेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक शंकर पोख्रेलले जानकारी दिएका छन् । घाइतेहरु मध्ये केहीको स्थानीय स्वास्थ्य संस्थामा उपचार भैरहेको छ भने अन्यलार्ई थप उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रवास पाल्पा लगिएको छ ।
बिहान नौ बजेको समयमा भएको उक्त दुर्घटनामा परी घाइते भएकाहरु मध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । दुर्घटनामा परेकाहरुलाई नेपाल प्रहरी, नगर प्रहरी र स्थानीयहरुको सहयोगमा उद्धार गरिएको थियो । जीप अचानक अनियन्त्रित हुँदा सडकबाट १५ मिटर तल खसेको प्रहरीले जनाएको छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी