ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

महङ्गो भयो भान्सा !

२५ आश्विन २०८१, शुक्रबार
२५ आश्विन २०८१, शुक्रबार
पाल्पा, २५ असोज ।
मुख्य पर्व नजिकिदै जाँदा यहाँका व्यापारीले उपभोग्य वस्तुको मूल्य बढाएका छन् । बजार अनुगमन तथा नियमनको अख्तियारी प्राप्त स्थानीय सरकारले नियमित रुपमा बजार अनुगमन नगरेका कारण व्यापारीले अस्वभाविक रुपमा मूल्य वृद्धि गरेका हुन् ।
सरदमुकाम तानसेनमा उपभोग्य वस्तु दाल, चामल, मसलाको पसल अनुसार फरक फरक मूल्यमा बिक्री गरेका छन् । अडरको दाल प्रति के.जी २० रुपैयाँ सम्म फरक भएको स्थानीय सुदिप बस्याल बताउँछन् । नगर सरकारले मौसमी अनुगमन गर्ने गर्दा व्यापारीले आफु खुसी बिक्री गरेको उनी बताउँछन् ।
स्थानीय सरकारको उपप्रमुख तथा उपाध्यक्षलाई बजार अनुगमनको लागि जिम्मेवारी तथा अख्तियारी सरकारले उपलब्ध गराए पनि औपचारिकतासँगै कर मात्र उठाउने ध्यान केन्द्रित भएका कारण व्यापारीले आफुखुसी व्यापार गरेको स्थानीयहरुको भनाई छ ।
चामलमा ३० देखि ४० रुपैयाँ सम्म, जिरा मसलामा ५० देखि १०० रुपैया सम्म फरक भएको तानसेनकी स्थानीय कल्पना कार्की बताउँछिन् । तानसेन बजारमा खाद्य तथा गुण नियन्त्रण, घरेलु तथा साना उद्योग, उद्योग वाणिज्य संघका प्रतिनिधि सम्मिलित टोलीले केहीदिन अगाडि बजार अनुगमन गर्दा म्याद समाप्त भएका सामानमा मात्र ध्यान केन्द्रित भयो । मूल्यमा एकरुपतातर्फ केन्द्रित नभएको अनुगमनमा सहभागी एक सदस्यले बताए ।
सदरमुकाम तानसेनको प्रशासनिक केन्द्र सामुन्नेमा चर्को मूल्यमा सामान बिक्री हुँदा सम्म स्थानीय प्रशासन बेखबर हुनु अत्यन्तै लज्जाजनक भएको स्थानीयहरुको गुनासो छ । मुख्यपर्व नजिकिदा स्थानीय सरकारका प्रतिनिधिले बजार अनुगमनवापतको भत्ता पचाउन मात्र अनुगमनको नाटक गर्छन् । वगनासकाली गाउँपालिकाको आर्य भज्याङ, रिब्दीकोट गाउँपालिकाको हार्थोक, रैनादेवी गाउँपालिकाको छहरा, पुर्वखोला गाउँपालिकाको पुर्वखोला, माथागढी गाउँपालिकाको सराइ, खहरे, झडेवा, रम्भा गाउँपालिकाको हुँगी, निस्दीको ढुंगाना वेसी र मित्याल, तिनाउ गाउँपालिकाको डुम्रे र दोभानमा म्याद समाप्त भएका पेय पदार्थ , खाने तेल, चाउचाउ, दालमोठ जस्ता सामानहरु बिक्री भएका छन् । यसपटक पनि सबैले बजारको अनुगमन गरेपनि त्यसको सकारात्मक प्रभाव नपरेको स्थानीयहरु बताउँछन् ।
तानसेन नगरका सूचना अधिकारी भरत आचार्य व्यापारीले मनोमानी गरे प्रचलित कानुनआनुरुप कारवाही गरिने बताउँछन् । जिल्लाको दोस्रो ठूलो व्यापारिक केन्द्र रामपुर बजारमा समेत मूल्यमा एकरुपता छैन । पसल अनुरुप दाल, चामल तरकारी जस्ता अन्य सामग्रीहरुको मूल्य फरक फरक भएको स्थानीय पार्वती गौतम बताउँछिन् ।
सरकारले जव पर्वहरु आउँछन् तव कालोबजारी, म्याद गएका सामानको बिक्री गर्ने जस्ता कार्यहरु गर्ने, कृत्रिम अभाव सिर्जना गर्ने, व्यापारी वा फर्मलाई तत्काल कानुनी कठघरामा ल्याउने भनिए पनि गरिव तथा विपन्न वर्गले दसै मनाउनै नसक्ने गरी व्यापारीले अस्वाभाविक रुपमा मूल्य वृद्धि गरेको स्थानीय प्रतिभा मल्ल बताउँछिन् ।
मुलुक बाढी पहिरोको कारण संकटमा परेको छ । नेपाल र नेपालीहरु शोकमा परेको वखतमा व्यापारीले मौकाको फाइदा उठाउन खोजेको खण्डमा व्यापारी वा व्यापारीक फर्मलाई स्थानीय प्रशासनलाई प्राप्त अधिकारको प्रयोग गरी कार्वाहीको दायरामा ल्याइने जिल्ला प्रशासन कार्यलयका प्रशासकीय अधिकृत रमा श्रेष्ठ बताउँछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?