© २०२३
गुल्मी, २३ असोज ।
गुल्मीमा जीप दुर्घटनामा परी १६ जना घाइते भएका छन् । बुधबार बुटवलबाट गुल्मीको चन्द्रकोट गाउँपालिका स्थित शान्तिपुर तर्फ आउँदै गरेको लु १ झ २०८८ नम्बरको यात्रु वाहक जीप जिल्लाको सत्यवती गाउँपालिका –१ अन्र्तगत कुडालीमा दुर्घटना भएको हो ।
दुर्घटनामा परी जीपमा सवार चालक सहित १६ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक शंकर पोख्रेलले जानकारी दिएका छन् । उक्त जीप अनियन्त्रित भई सडकबाट दश मिटर तल खसेको बताईएको छ ।
दुर्घटनामा घाईते भएकाहरु मध्ये केहीको प्राथमिक स्वास्थ्य केन्द्र रिडीमा उपचार भैरहेको छ भने अन्य घाईतेहरुलाई थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रवास पाल्पा पठाईएको सूचना अधिकारी पोख्रेलले बताए । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी