ट्रेंडिंग:

>> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु
उदाहरणीय जोडी

जसले गरे सुन र दाइजो बहिष्कार

२२ आश्विन २०८१, मंगलवार
२२ आश्विन २०८१, मंगलवार

सुर्खेत, २२ असोज ।

विवाह भन्ने बित्तिकै धेरैको मानसपटलमा आउने गर्दछ सुन र दाइजो । समाज तथा आफन्तजनलाई देखाउनकै लागि पनि धेरै सुनका गरगहनामा झकिझकाउ हुन्छन् दुलही । सुन मात्र होइन दाइजो कानुनी रुपमा गलत मानिए पनि सामाजिक रुपमा भने भित्रभित्र सम्म जरा गाडेर बसेको अवस्था छ । तर सुर्खेत वीरेन्द्रनगरकी अस्मिता ढकालले भने आफ्नो विवाहमा यी दुवै कुरा बहिस्कार गरेकी छन् । उनले सोमवार सम्पन्न विवाहमा सुन नलगाएरै विवाह गरिन् । समाजमा भएका गलत संस्कारको बहिष्कार गर्नुपर्छ भन्ने सन्देश दिनको लागि नै सुन नलगाएरै विवाह गर्ने निर्णय गरेको नव दुलही ढकालले बताइन् । बुटवलका रामु ज्ञवालीसँग विवाह गरेको यो जोडी नै नेपाल सरकारको शाखा अधिकृत हुन् ।

अस्मिताले सुन र दाइजो विना विवाह गर्ने निधो पहिले नै गरेकी थिइन् । तर, उनका माइती र घर पक्ष भने राजी भएनन् । अन्तत ः दुवै पक्ष मान्न तयार भए । ‘सुरुमा त मेरो कुरामा बुवाआमाहरु मान्न तयार हुनुभएन तर, मैले मनाएरै छाडे’, अस्मिताले भनिन्, ‘मैले विवाहमा सुन नलगाउनु मात्र ठूलो कुरा होइन तर, यसले दिने सन्देश समाजमा सकारात्मक जाओस् भन्ने हो ।’

निम्न वर्गका परिवारहरुलाई विवाहमा सुन जुटाउन आर्थिक रुपमा बोझिलो हुने गर्दछ त्यसकारण यस्ता परम्पराहरुको अन्त्य गर्नु जरुरी रहेको उनको भनाई छ । यसको सुरुवात आफैबाट गर्नु उचित हुँदा यसरी विवाह गर्ने निचोड गरेको उनले बताइन् ।

समाजमा अनावश्यक खर्च गर्नु हुँदैन भन्ने सन्देश दिन छोरीले गरेको निर्णय मान्न तयार भएको यामु लामिछाने बताउँछिन् । ‘छोरीले नै म गहना लगाउदिन भनेर भनेपछि हामी त मान्न तयार हुनुप¥यो’ उनी भन्छिन्, ‘यसरी सुन विना नै अनौठो विवाह भयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?