ट्रेंडिंग:

>> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड

आयुर्वेद उपचारमा नागरिकको बिश्वास बढ्दै

२१ आश्विन २०८१, सोमबार
२१ आश्विन २०८१, सोमबार

दाङ, २१ असोज ।

दाङको बिजौरीमा रहेको प्रादेशिक आयुर्वेद अस्पतालमा पछिल्लो समय नागरिकको बिश्वास बढ्दै गएको छ । यहाँ उपचार गरेर निको हुनेक्रम बढेपछि नागरिकको उपस्थिती बाक्लो हुँदै गएको छ । रोल्पा सिउलीबाङका ७१ वर्षका सरुमा बिक पेट दुख्ने,खान मन नलाग्ने समस्या भएर तुलसीपुर– १९ बिजौरीमा रहेको प्रादेशिक आयुर्वेद अस्पतालमा आएको भेटिए । बाहिर उपचार गर्दा ठिक नभएपछि दाङमा उपचार गर्न आएको उनले बताए । उनका श्रीमान् जीतबहादुर बिकको ढाड दुख्ने समस्या भएर उपचारका लागि सोही अस्पतालमा आएका थिए । दाङको आयुर्वेद अस्पतालमा राम्रो उपचार हुन्छ, भन्ने थाहा पाएपछि यहाँ आएको उनले बताइन् । घरको आर्थिक अबस्था कमजोर छ । यहाँ खर्च एकदमै न्यून रैछ,उनले बताइन् । ‘हामी जस्ता गरिबले उपचार गर्ने अस्पताल रहेको यहाँ आएर उपचार गर्दा मात्र थाहा भयो ।’ गाउँका अन्य नागरिकले यहाँ उपचार गरेर निको भएपछि आफूपनि यहाँ आएको बिकले बताइन् ।
घोराही उपमहानगरपालिका –९ कर्मटुवाका ७५ वर्षका तीलबहादुर खत्री हातखुट्टा दुख्ने समस्या लिएर प्रादेशिक आयुर्वेद अस्पतालमा आएको बताए । २५ रुपैयाको नाम दर्ता गरेर उपचार गर्न पाइने रैछ । उपचार पनि राम्रो रहेछ मेरो समस्या कम भयो त्यसैले डाक्टरले १५दिनमा बोलाउनुभएको थियो त्यसैले आएको बताए । २३ प्रकारका औषधि निशुल्क पाइने रैछ,उपचार राम्रो र सस्तो भएकाले यहाँ आउने गरेको उनले बताए ।

अस्पतालमा अन्तरंग,वहिरंग सेवा,कायाचिकित्क,स्त्री/प्रसुती,ज्येष्ठ नागरिक सेवा,सुरक्षित मातृत्व सेवा, ६ महिनासम्मका आमालाई औषधि, पंचकर्म सम्वन्धि सेवा, पूर्वकर्म, सेरापोक योगा, प्रोमोटीम योगा , सर्जसी सेवा, मलद्धार,पाएल्स,फिस्टुलाको उपचार सेवा रहेको अस्पतालका सूचना अधिकारी बसन्तबहादुर केसीले जानकारी दिए । नागरिकमा बिश्वास बढेकाले उपचार गर्नेको उपस्थिती बाक्लो हुने गरेको उनले बताए ।
अस्पतालका प्रमुख एवं निर्देशक डा. सन्तोषकुमार ठाकुरले दैनिक दुइ सयभन्दा बढी बिरामी उपचारका लागि आउने गरेको बताए । चिकित्सालयमा क्षारसूत्र, पञ्चकर्म, अग्निकर्मलगायतका सेवाहरू प्रभावकारी रूपमा संचालन भइरहेको बताए । बिरामीहरू दाङ लगायत रोल्पा, सल्यान, रुकुम, डोल्पा प्यूठान, सुर्खेत, नेपालगञ्ज लगायतबाट पनि उपचारका लागि आउने गरेको प्रमुख ठाकुरले जानकारी दिए । उनले भने, ‘अन्य ठाउँमा उपचार गर्दा निको नभएका बिरामी यहाँ आएर उपचार गर्दा निको भएरका थुप्रै उदाहरण रहेका छन् । त्यसैले सबैलाई एक पटक सेवा लिन आग्रह गर्छु ।’
उनका अनुसार नेपालकै शयायुक्त आयुर्वेद अस्पताल अन्तर्गत बिजौरीमा रहेको प्रादेशिक आयुर्वेद अस्पताल दोस्रो स्थानमा रहेको बताए । एक्सरे सेवा विधिवत रूपमा संचालन भइरहेको छ ।

अस्पतालमा सुविधा सम्पन्न अप्रेसन गर्ने व्यवस्था मिलाइएको र पायल्स र फिस्टुलाको उपचार केन्द्र बनेको उनले बताए । भौतिक पूर्वाधारको अभाव रहेको उनले बताए । ओपिडि र इन्डोर एउटै भवनमा संचालन गर्नुपर्ने बाध्यता रहेको बताए । ५० शैया स्तरउन्नती भयो भने उपचार सेवा अझै राम्रो हुने उनको भनाइ छ । उनले प्रत्येक महिना उजुरी पेटीका खोलेर गुनासो सुन्ने गरेको बताए । बिरामीमैत्री वतावरण रहेकाले सबैले सहज र सरल तरिकाले उपचार पाउने गरेको बताए । उनले अस्पतालमा भवन निर्माण भएको तर हस्तान्तरणमा ढिला भएकाले अहिले भएको संरचनाबाट सेवा दिन समस्या भइरहेको बताए ।
विसं २०४८ सालमा स्थापना भएको लुम्बिनी प्रदेशको दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका–१९ बिजौरीमा रहेको साविकको मध्यपश्चिमाञ्चल क्षेत्रीय आयुर्वेद चिकित्सालय हाल प्रादेशिक आयुर्वेद चिकित्सालय मध्यपश्चिमाञ्चलको आयुर्वेद उपचारको केन्द्र हो ।।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?