ट्रेंडिंग:

>> त्रिवेणिमा ३३ विद्यालयका ७ सय ८० खेलाडीमा प्रतिस्पर्धा >> युगका शहिदहरूलाई सतत् नमन् >> शहिदको सपना पूरा गर >> मौसमी पर्यटन परम्परा >> कर्णालीः पर्यटनको ‘भर्जिन ल्याण्ड’ >> मौसम पूर्वानुमान : ३ प्रदेशमा हल्का वर्षा, ५ प्रदेशमा हिमपातको सम्भावना >> ‘फेक आइडी’ बाट गलत प्रचार गरे पाँच वर्षसम्म कैद >> संविधानले परिकल्पना गरेको लक्ष्य प्राप्त गर्नु नै सहिदप्रतिको सच्चा श्रद्धाञ्जलीः मुख्यमन्त्री आचार्य >> बढैयाताल माघ महोत्सव सुरू >> ‘भ्यालेन्टाइन डे’ मा तानसेनमा सडक खाना महोत्सव >> स्कलर्स होममा साहित्य अभिमुखीकरण >> नाडा लुम्बिनीको सप्ताहब्यापी कार्यक्रम >> प्रेस सेन्टर नेपाल रूपन्देहीद्वारा २१औं स्थापना दिवसमा दीप प्रज्वलन >> कफी पर्यटनः कति संभव >> पुर्वराजा शाह कपिलवस्तुमा >> अध्यादेशमार्फत जनता सन्तुष्ट, सरकारको कामप्रति सकारात्मक प्रतिक्रिया: प्रधानमन्त्री >> नेप्से परिसूचक २४.५० अङ्कले वृद्धि >> बराबरीमा रोकिए थ्री स्टार र चर्च ब्वाइज >> साउदी क्लब अल हिलाल छाडेर नेयमार हिडे, कता जाने टुंगो लाग्न बाँकी >> माघ १९ मा बुटवलमा फोहोर उठाउने दौड प्रतियोगिता >> कार्यव्यवस्था समितिको बैठकमा कांग्रेस र माओवादी बीच नोकझोक >> सामाजिक सञ्जालको नियन्त्रणका लागि सरकारले नयाँ विधेयक दर्ता गर्यो >> एमाले संसदीय दलको बैठक जारी >> समाजवादी मोर्चाको अन्तर्क्रिया सुरू >> ओलम्पिक खेलमा ट्रान्सजेन्डर खेलाडी माथि प्रतिबन्धको सम्भावना >> प्यालेस्टाइनको पक्षमा बोल्दा स्विटजरल्याण्डमा पत्रकार पक्राउ, तीन दिन पछि रिहा >> विदेश पठाइदिन्छु भन्दै लाखौं ठगी गरेको आरोपमा चार जना पक्राउ >> लोकतान्त्रिक सांस्कृतिक अभियान लिएर देश दौडाहामा निस्कदै >> कार्यव्यवस्था परामर्श समितिको बैठक सिंहदरवारमा जारी >> स्रोत नखुलेको १० लाखसहित बारामा दुई जना पक्राउ >> रोट्र्याक्टको नयाँ नेतृत्वको लागि प्रकाश शर्मा निर्वाचित >> रुकुम आठविसकोटमा एनएमबि बैंकको नयाँ शाखा उद्घाटन >> कपिलवस्तुको कृष्ण नगरबाट १ किलो चरेस सहित एक महिला पक्राउ >> कपिलवस्तुमा आत्महत्या रोक्न दुई हप्ते सचेतना अभियान >> एक सय जना महिलालाई एक हजार सात सय कुखुरा वितरण >> राष्ट्रपति पौडेलद्वारा दीप प्रज्वलन गरि सोनाम ल्होसारको शुभारम्भ >> ११ बजे मन्त्रीपरिषद बैठक बस्दै >> वडाको प्रशासनिक भवन निर्माण गरिने >> नेपालको राजनीतिक अस्थिरताका विविध पक्षहरू >> भारतबाट नब्बे हजार मेट्रिक टन गहुँ आयात गरिँदै >> मधेशमा दाइजोविरुद्ध अभियानको खाँचो >> बुटवल तिनकुनेमा डिडिसीको बिक्री काउन्टर >> ‘भन्सार कानून संसोधनबिना खुल्ला सीमा व्यवस्थापन असंभव’ >> रोकिएन ‘मोडिफाई बाईक’ आतंक थाक्यो कि, लोभियो प्रहरी ? >> प्रदेश राजधानीः देउखुरी पर्यटन >> मानसिक रोग विभाग युसिएमएस भैरहवाको २४ औं वार्षिकोत्सवमा गोष्ठी >> देशमा पश्चिमी वायुको सामान्य प्रभाव, कस्तो रहला दिनभरको मौसम ? >> सत्तापक्षको बैठक: अध्यादेशमा एउटै मत राख्ने, हिउँदे अधिवेशन प्रभावकारी बनाउने >> मदारबाबा दरगाहथानः आस्था साझा, भूगोल विवाद ! >> बैतडीका बिष्ट बुटवल जङ्गलमा मृत फेला

हठ त्यागौं, बधशाला संचालन गरौं

२० आश्विन २०८१, आईतवार
२० आश्विन २०८१, आईतवार

बुटवल उपमहानगरपालिका र मासु व्यवसायी संघ रूपन्देहीका बीच बधशाला सञ्चालनका सन्दर्भमा देखिएको विवादले करिव २३ करोड रूपैयाँ लगानीको आयोजनामाथि अन्यौल उत्पन्न हुनु चिन्ताको कुरा हो । दुई पक्ष बीचको मनोमालिन्य र टकरावले बुटवलकै गहनाको रूपमा रहेको बधशाला संचालनमा समस्या देखिनु दुःखद पक्ष हो । विगतमा यसैगरी विवाद हुँदा बुटवलको विकास आयोजनाबाट एडिबी बाहिरिएको घटनाबाट हामीले पाठ सिक्नु जरुरी छ । आगामी दिनमा बुटवलको विकासमा बाधकको रूपमा देखिने यस प्रकारका मनोमालिन्यबाट सचेत र चनाखो बन्नेतर्फ दुवै पक्षले शिक्षा लिनु जरुरी छ । बधशाला निर्माणमा प्रदेश सरकार, बुटवल उपमहानगरपालिका, मासु व्यवसायी, हेफर र यस क्षेत्रका सयौं दिदी बहिनीहरूले गरेको लगानी खेर जाने अवस्था आउन दिनु हुँदैन । सवैले अपनत्व महसुस गर्नेगरी बधशाला संचालन गरियो भने बधशालाको योजना दिर्घकालीन हुनसक्छ । तसर्थ बधशाला सञ्चालनका बिषयमा अहिले देखिएको विवादलाई बुटवल उपमहानगरपालिका र मासु व्यवसायी संघ मिलेरै समाधान गर्नुपर्दछ । यो पक्षलाई ह््दयंगम गर्दै बधशाला संचालनको वातावरण वनाऔं । त्यसो त विवादको चुरो केलाउँदै जाँदा नगरपालिकाले वि स २०७८ मंसिर २१ गते आर्थिक तथा प्राविधिक प्रस्ताव आह्वान गरेकोमा बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिले रितपूर्वक गरेको प्रस्ताव २०७९ फागुन २ गते स्वीकृत भएको थियो । तर, नगरपालिकाले सो सहमतिलाई २०८० जेठ ३ गते विभिन्न कारण देखाउदै संचालनको सम्झौता रद्द गरेको मासु व्यवसायी संघको भनाई छ ।

सम्झौता रद्द गरी नगरपालिकाले टेण्डर आह्वान गरेपछि सो टेण्डरमा मुक्तिनाथ कृषि कम्पनीको सहायक कम्पनी मुक्तिनाथ लाइभस्टक बैंकलाई टेण्डर परेको थियो । अहिले नगरपालिकाले टेण्डर विट गरेको कम्पनीलाई सहज गराउने गरी बधशाला संचालनको नाममा बुटवलका मासु व्यवसायीलाई अनुगमनका नाममा दुःख दिएको व्यवसायीको गुनासो छ । मासु व्यवसायी संघले नगरपालिकाले आफूहरूको कुनैपनि कुरा नसुनेको गुनासो गरेका छन् । मासु व्यवसायीले बधशाला दिगोरूपमा संचालन गर्ने हो भने सावजनिक नीजि साझेदारी कार्यक्रम अन्र्तगत किसानहरूलाई बधशालाको मालिक बनाई पीपीपी मोडेलमा संचालन गर्न माग गरेका छन् । नगरपालिका र मासु व्यवसायीबीच यो बिषयमा बार्तामार्फत समस्या समाधानको चुरो फेला पर्न सक्छ । तसर्थ कसैले पनि मेरो गोरुको बाह्रै टक्का नभनी सहमतिका लागि अधिकतम प्रयास गर्नुपर्दछ । विवाद समाधानको लागि अव बुटवल उपमहानगर र मासु व्यवसायीबीच सहमतिको नयाँ विन्दु खोज्नु जरुरी छ । दुई पक्षको टकरावले फाईदा कसैलाई गर्दैन । अन्ततः २३ करोड लगानीको यो आयोजनालाई त्यसै गुमराहमा राख्ने हो भने घाटा बुटवलकै लागि हुनेछ । मासु व्यवसायीले अनुगमनका नाममा बुटवल उपमहानगरले ५० हजारसम्म जरिवाना गरिएको गुनासो गरेका छन् । उनीहरूले चित्त दुखाएका छन् । निश्चितरूपमा व्यवसायीले पनि आफ्नो व्यावसायीक मर्यादा र दायित्वभित्र रहेर कारोबार गर्नुपर्दछ । उपभोक्ताको स्वच्छ मासु उपभोग गर्न पाउने अधिकारको ग्यारेन्टी मासु व्यवसायीले गर्नुपर्दछ । बुटवल उपमहानगरले पनि नगरभित्र रहेका सवै व्यवसायीप्रति समान व्यवहार गर्नुपर्दछ । बुटवल उपमहानगर बुटवलका सवै व्यवसायीको अभिभावक हो । उसले त्यो भूमिका निर्वाह गर्नुपर्दछ । तसर्थ विगतमा जे जस्तो सहमति भए, जो जसबाट गल्ती वा कमजोरी भएपनि बधशाला चलाउने बिषयमा सवैको ऐक्यबद्धता प्रकट हुनुपर्दछ । बुटवलको यति ठूलो आयोजना १८ बर्षमा बल्ल निर्माण सम्पन्न भएको छ । यसलाई त्यत्तिकै खेर जान दिनु हुँदैन । स्वयं मासु व्यवसायीको समेत यसमा लगानी भएको छ । सयौं दिदी बहिनीको श्रम परेको छ । तसर्थ यसको संचालनका लागि दुई पक्षबीच सहमति होस् । सहमतिको अर्को विकल्प छैन् । यस बिषयमा दुवै पक्षले आफ्नो ढिपी छोडेर वार्तामार्फत सहमतिको प्रयास गर्नुपर्दछ । बधशाला सञ्चालन गर्ने वातावरण अबिलम्ब बनोस् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?