© २०२३
बुटवल, २० असोज । चरङे भुमिगत खानेपानी तथा सरसफाई संस्थाले शनिबार वृहत रक्तदान कार्यक्रम गरिएको छ । घरघरमा दशै शुरु भएको बेला अस्पतालमा उपचारमा रहेका बिरामीलाई रगत सहज उपलब्धताका लागि ‘स्वस्थ्य रगत, सबैका लागि’ नारासहित संस्थाले नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीको सहकार्यमा रक्तदान कार्यक्रम गरेको हो ।
कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले रक्तदानको महत्वबारे प्रकाश पारे । ‘रक्तदान गर्दा यसबाट धेरै फाईदा मिल्छ ।’—उनले भने । रक्तदाताको रगत विभिन्न रोगहरुको परिक्षण पछिमात्र विरामीलाई दिईने हुदा पनि रक्तदाता आफनो स्वस्थ्य बारे जानकारी पाउन सक्ने उनले बताए । चाडपर्वको समयमा ब्लड बैकमा रगत अभाव हुने बेला यसरी गरिएको रक्तदानको धेरै ठुलो महत्व रहेको बताए । ग्रामिण क्षेत्रमा रक्तदानको बारेमा भ्रमहरु चिर्ने गरि सचेतनामुलक कार्यक्रमहरु निरन्तर चलाउ जरुरी रहेको उनले बताए ।
कार्यक्रममा संस्थाका अध्यक्ष पोम बहादुर जिसि (पुरन) ले संस्थाबाट सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न कार्यक्रमहरु गर्दै आएको भन्दै रक्तदान एउटा महत्वपूर्ण भएको बताए । कार्यक्रममा धेरै युवा रक्तदाताहरु पहिलोपल्ट रक्तदानमा सहभागी गराउन सफल भएको भन्दै यसलाई निरन्तरता दिने प्रतिवद्धता जनाए ।
कार्यक्रममा संस्थाका सल्लाहकार राम प्रसाद शर्मा, सचिव खिम पुनले शहरबाट नजिक रहेको चरङे पर्यटकिय क्षेत्रको रुपमा विकास हुदै गएको भन्दै पूर्वाधार विकासमा सहकारको ध्यान जानुपर्ने सुझाव दिए ।
नेपाल रेडक्रस सोसाईटी, रक्तसंचार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ५५ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक विश्वास गुरुङले बताए । संस्थाबाट देवदह नगरपालिकामा एक हजार उपभोक्ताहरुलाई खानेपानी वितरण गर्दै आएको छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी