ट्रेंडिंग:

>> नेपाल र थाइल्याण्डबीचको सम्बन्ध नयाँ उचाइमाः प्रधानमन्त्री ओली >> फुलबारी खानेपानीमा पदस्थापन >> प्रधानमन्त्रीको भ्रमणको क्रममा थाइल्याण्डमा आधा दर्जन सम्झौता सम्पन्न >> नेपालगञ्ज पुगे प्रचण्ड, तराइ मधेस अभियानमा पुनः सुरू हुदैँ >> लोरेन्स बिस्नोईको नाम लिएर फिरौती रकम माग्ने पक्राउ >> शंकरनगर वनबाटिकामा चुनावी माहौलः अध्यक्षमा त्रिपक्षीय प्रतिस्पर्धा >> संवैधानिक अधिकार प्रयोग गर्दा लोकतान्त्रिक संस्कार र संस्कृति विर्सन मिल्दैनः राष्ट्रपति >> अमेरिकाले इरानको परमाणु कार्यक्रममा बमबारी गरे रक्षामा रूस उभिने >> ओली र मोदी बीच शुक्रबार बैंककमा ‘साइडलाइन’ भेटवार्ता हुने >> हेटौँडाबाट मिनी ट्रकसहित १५ गाई र ३ जना नियन्त्रणमा >> नेपाल र थाइल्याण्डबीच दुईपक्षीय सम्झौता (फोटोफिचर) >> कुलमान र हितेन्द्रदेवकाे सुनवाइ जारी >> अल्लु अर्जुन पहिलो पटक अबकाे नयाँ फिल्ममा दोहोरो भुमिकामा देखिने >> अन्तरिक्षमा कहाँबाट आउँछन् अनौठो रेडियो सिग्नल, वैज्ञानिकले पत्ता लगाए रहस्य >> ऊर्जा मन्त्रालयको हटलाइनमा उजुरी दिनेको सङ्ख्या उल्लेख्य >> युएईका मुस्लिम गोरो देखिन लगाइरहेका छन् खोप, जसकाे ब्यापार नै २२.९ मिलियन >> मानव किन स्वार्थी र घमण्डी बन्दै छ ?  >> बन्द उद्योग पुनः सञ्चालन गर्ने प्रदेश सरकारको तयार छः मन्त्री न्यौपाने >> उपकुलपतिको अन्तर्राष्ट्रिय सम्मेलन हुँदै >> असल अभिभावकको दायित्व र जिम्मेवारी >> प्रदुषित सहरको सूचीमा कहिलेसम्म ? >> ‘देव,दह’ को विकास जोड्दै धार्मिक महोत्सव >> वन डढेर सकिदै गर्दा प्रदेश सरकार बैठकमा व्यस्त >> खानेपानीको आयोजनाः सरकारले करोडौं दियो, समुदायबाट जुटेन >> प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री सिनावातबिच आज भेटवार्ता हुँदै >> पहिलोपटक सहकारी कन्क्लेभ, आर्थिक उन्नतिको सशक्त माध्यम सहकारी >> चोरीको सुन खरिद गर्ने व्यवसायी र चोरीमा संलग्न तीन जना पक्राउ >> लुम्बिनीमा उपकुलपतिको अन्तर्राष्ट्रिय सम्मेलन हुँदै, ११ देशका विज्ञ सहभागी हुने >> २ लाख बढीले लिए एनसेलको सधैं अन रिनुअल प्याक, के के छन् सुविधा ? >> लायन्स क्लब अफ बुटवल सयपत्रीद्वारा आत्मरक्षा तालिम सम्पन्न >> मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक >> आज आइपीएलका सबैभन्दा महंगा खेलाडी आमुने सामुने हुने >> भैरहवा पुग्यो दीपक बोहोराको पार्थिव शरिर, अन्तिम श्रदाञ्जली जारी >> सामाजिक सुरक्षासँग जोडिएका कार्यक्रमको समीक्षा जरुरीः अर्थमन्त्री पौडेल >> अवैध सम्बन्धको आरोपमा इजरायलमा नेतन्याहुका निकट दुई पक्राउ >> मंगलबार पनि घट्यो सेयर बजार >> तीनकुने प्रदर्शनमा गोली लागेर मृत्यु भएका महर्जनको पोस्टमार्टम गरियो ,अन्तिम संस्कार तयारी >> प्रकाशमान सिंह कार्यबहाक प्रधानमन्त्री >> मोदी बिरोधी भन्दै आलोचना भए पछि मोहनलालले मागे माफी >> काठमाडौँको तीनकुनेमा राजावादी प्रदर्शनमा संलग्न थप २० जना पक्राउ >> एपीएफले आफ्ना उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई शुक्रबार सम्मान गर्ने >> यूएईले १६६ जना नेपाली कैदीलाई आममाफी दियो >> राजावादी आन्दोलनको क्रममा साहसिक कार्य गर्ने सुरक्षा गार्डलाई भाटभेटनीले सम्मान गर्ने >> सेवानिवृत्त राष्ट्रसेवक लुम्बिनी प्रदेशमा डासुराम पाण्डे >> भारतको पटना गएका निजगढका व्यवसायी टंकराज उप्रेतीको अवस्था अझै अज्ञात >> प्रधानमन्त्री ओली थाइल्याण्ड प्रस्थान >> दिपक बोहोराको निधनले राप्रपा र राष्ट्रबादी आन्दोलनमा अपुरणीय क्षतिः लिङदेन >> मकवानपुरको दुम्सीखर्क जङ्गलमा प्रहरीको पेस्तोल फेला >> नयाँ दिल्लीमा घर भाडामा लिएर ‘पोर्न मुभी’ बनाउने दम्पति पक्राउ, १५ करोड जफत >> दिपक बोहोराको पार्थिव शरीर भैरहवा लगिने

दसैंलाई खसीबोका बिक्री गर्दै किसान र सहकारी

१९ आश्विन २०८१, शनिबार
१९ आश्विन २०८१, शनिबार

लमही, १९ असोज ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको मुख्य कार्यालय तुलसीपुरमा खसीबोका बिक्री गर्ने किसानहरूको ठूलो भिड लागेको छ ।
कम्पनीले दशैंलाई लक्षित गरेर शुक्रबारदेखि खसीबोका खरीद प्रक्रिया सुरु गरेको हो । किसानहरू खसीबोका बिक्री गर्नका लागि उत्साहित देखिएका छन् । कम्पनीले यस वर्ष दाङबाट चार सय खसीबोका खरीद गरेर काठमाडौं पठाउने योजना छ ।
सहुलियतमा चामल बिक्री गर्दै आएको कम्पनीले किसान तथा सहकारीमार्फत खसीबोका खरीद गर्न लागेको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख तिलक सुनारका अनुसार, यस वर्षको दशैं तिहारका लागि चार सय खसीबोका खरीद गरेर काठमाडौं पठाउने निर्देशन प्राप्त भएको छ ।
गत वर्षको तुलनामा यो वर्ष खसीबोकाको संख्या झण्डै आधाले घटेको छ । गत वर्ष ७ सय ५६ खसीबोका खरिद गरिएको थियो भने यस वर्ष चार सय मात्रै खसीबोका खरीद गर्न लागेको कार्यालय प्रमुख सुनारले बताए ।
यस वर्ष बोकाको खरिद बिक्री मूल्य पनि घटेको छ । कम्पनीले यस वर्ष २० देखि ४० केजीका खसीबोका प्रतिकेजी ५६० रूपैयाँ र १८ देखि ३० केजीका बोकालाई ५४० रूपैयाँमा खरीद गर्दैछ । गत वर्षको तुलनामा यस वर्षको खरिद मूल्यमा कमी आएको सुनारले बताए ।
गत वर्ष जिउँदो खसीको मूल्य २५ केजीभन्दा माथिका प्रतिकिलो ५ सय ६२ रूपैयाँ, २० देखि २५ केजीसम्मको खसी प्रतिकिलो ५ सय ४५ रूपैयाँ र १८ केजी भन्दामाथिको बोका प्रतिकेजी ५ सय ४२ रूपैयाँ मूल्यमा खरिद गरेर काठमाडौं पठाएको थियो । व्यापार कम्पनीले भोलिसम्म खसी–बोका खरिद गरिने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?